तस्विरमा कैद भएका १२ नेवारी बस्ती र तिनका रहन-सहन

ललितपुरको बाँडेगाँउ ।काठमाडौं । बढ्दो शहरीकरणले उपत्यकाको नेवारी बस्तीहरु मासिदै गएका छन् । यस्तै २०७१ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुतात्विक महत्वका धरोहरहरुलाई त तहसनहस बनायो । काठमाडौ उपत्यका अर्थात नेवार यी दुवै पर्याय र परिपुरक हुन् । नेपालको इतिहाँसमा नेवारहरुको योगदान अतुलनीय छ । ऐतिहासिक पुतात्विक महत्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइ रहेको छ । यहाँको बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ । प्रकृति र मानव सृजित विभिन्न हन्डर-ठक्कर खाएर पनि उभिईरहेको उपत्यकाको नेवार बस्तीलाई हामीले तस्विरमा कैद गर्ने कोशिस गरेका छौं । यसैलाई केन्द्रमा राखेर उपत्यकाका खोकना, बुङमती, किर्तिपुर, ठेचो, सिद्धिपुर, लुभु,भक्तपुर, पाटनका विभिन्न स्थानमा गएर खिचिएको तस्विरहरु । यी तस्विरहरुमा नेवार समुदायको रहन-सहन, दिनचर्या, कला-संस्कृतिलाई देखाउन खोजिएको छ । ललितपुरको सिद्धिपुरमा सुकुल बुन्दै महिला । यहाँको सुकुल देशभर प्रख्यात छ । च्यासलको लाक्षी रहेको एक फल्चामा बसेका स्थानीयहरु लुभुको परम्परागत नेवारी बस्ती । यो ऐतिहासिक बस्ती भत्काएर सरकारले सडक निर्माण गर्ने तयारी गरिरहेको छ । किर्तिपुरको नेवारी परम्परा झल्कने लहना भोजनालयमा ओखलमा मसला कुटदै । यहाँ नेवारी संस्कृती झल्कने भेषभुषा र परम्परागत सरसामान प्रयोग गरेर पाहुनालाई सत्कार गरिन्छ । किर्तिपुरको परम्परागत झयालबाट हेर्दै महिला । खोकनामा भुकम्पपछि पुरानै ढाचामा पुर्ननिर्माण गरिएको बस्ती । खोकनाका थकाली । टोलका सबैभन्दा बृद्धलाई थकालीको रुपमा मान्ने चलन छ । हरिसिद्धिको फल्चामा बसेका दौतरी बृद्धा । ठेचो हस्तकलाका परम्परागत सरसामान बनाउदै महिलाहरु । भक्तपुरको दरवार परिसर रहेको एक मन्दिरमा चित्र बनाउदै कलाकार । भक्तपुरको एक घरको झयालमा बसेकी महिला

तस्वीरमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्रीको भेट

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्न नयाँदिल्लीस्थित हैदराबाद हाउस आइपुगेका छन् । तीनदिने भ्रमणका क्रममा शुक्रबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीसँगको भेटवार्ताका लागि हैदराबाद हाउस आइपुगेका हुन् ।  तस्वीर:

बदलिँदै काठमाडौं, अग्लिदै उपत्यका (फोटोफिचर)

काठमाडौं । देशको संघीय राजधानी रहेको काठमाडौंमा गगन चुम्बी घरहरु, भवनहरु बन्नेक्रम तिब्र छ । केही बर्षअघि देखि होटल तथा अपार्टमेन्टका ठूला र अग्ला संरचना बनेसँगै उपत्यकाको चित्र पनि फेरिएको छ । उपत्यकाको धेरै क्षेत्रमा बस्ती विस्तारहँुदा हरिया फाँटहरु मासिएर आधुनिक शहरमा बदलिएको छ । उपत्यका फैलिने सँगै अग्लिन पनि थालेको छ । बदलिएको काठमाडौं अग्लिदै गरेको उपत्यका सबै अग्लो स्थानबाट देख्न महसुस गर्न सकिन्छ । अग्ला सरकारी भवन, सपिङ कम्प्लेक्स, कर्पोरेट अफिस र होटलहरु निमाणाधीन छन् । यीनै बदलिँदै गरेको काठमाडौंको चित्र र अग्लिदै गरेको उपत्यकालाई न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरुले दृष्यमा कैद गरेकाछन् ।