९० प्रतिशत निर्माण सम्पन्न हुँदा यस्तो देखियो चोभारको सुख्खा बन्दरगाह (फोटो फिचर)
काठमाडौं । चोभारमा निर्माणाधिन सुख्खा बन्दरगाह असार मसान्तपछि सञ्चालन गर्न सकिने भएको छ । इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभारको सुक्खा बन्दरगाह यही असार मसान्तभित्र सम्पन्न गरीसकिने बताए । बन्दरगाहको काम ९० प्रतिशत सम्पन्न भइसकेको, बन्दरगाह सञ्चालनका लागि पूर्वाधार बनिसकेको र साथै केही बाँकी रहेका काम पनि यसै आर्थिक वर्षभित्रैमा सम्पन्न गरिसकिने उनले बताए विरगञ्ज, विराटनगर, भैरहवा र नेपालगञ्जमा क्लियर नगरी सामग्री एकैचोटी काठमाडौंमै क्लियर गर्न सकिने हुँदा बन्दरगाहले व्यापारलाई सहजीकरण र सामानको ढुवानी ओसार–पसार गर्ने मूल्यलाई घटाउन योगदान गर्ने उनकाे भनाइ छ । बन्दरगाहको लागत अनुमान भने १ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।
नेपाल ओलम्पिक कमिटि र केल्मी बीच सम्झौता भएको बखतका केही झलक (फोटो फिचर)
काठमाडौं । नेपाल ओलम्पिक कमिटि र केल्मीको आधिकारीक विक्रेता कामरु ट्रेडिङ्गबीच शुक्रबार प्रायोजन सम्विन्धि सम्झौता भएको छ । टोकियो ओलम्पिक २०२० सहभागी हुने नेपाली टोलीको लागि केल्मी ब्राण्डको खेल पोशाक, किडब्याग, स्पोर्टस् सुज, मोजा, टोपी, रुमाल लगायत प्रायोजन गर्ने भएको हो । सम्झौता पत्रमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र कामरुको तर्फबाट निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गरे ।