नेपाली कांग्रेसको १४ औँ महाधिवेशन (फोटोफिचर)
काठमाडाैं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन शुरु भएकाे छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले १४औँ महाधिवेशनको उद्घाटन गरेका छन् । आजदेखि तीन दिनसम्म चल्ने महाधिवेशनमा चार हजार ७०० प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीसहितका पदाधिकारी र १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन हुनेछ । कोषाध्यक्ष भने केन्द्रीय समितिले चयन गर्नेछ । महाधिवेशनको बन्द सत्र शनिबार भृकुटीमण्डपको हलमा हुनेछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मङ्सिर २४ गते विहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते विहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ । उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
यस्तो छ कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशनको तयारी
काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुँदैछ । मंसिर २४ गते कांग्रेस महाधिवेशनको उद्घाटन हुने र २७ गते मतदान हुने कार्यतालिका छ ।
यस्तो देखियो नाडामा चौधरी र थापाको चुनावी माहोल (फोटोफिचर)
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वको लागि निर्वाचन सुरु भएको छ । नाडाको नयाँ नेतृत्वका लागि व्यवसायी करण चौधरी र ध्रुब थापाले उम्मेदवारी दिएका छन् । चौधरी र थापा समूह प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । नाडाको नयाँ नेतृत्वको लागि तीन हजार २ सय नाडाका सदस्यले मतदान गर्दैछन् । यो निर्वाचनले १ जना अध्यक्ष र १७ जना कार्यसमिति सदस्य छान्नेछ । नाडाको कार्यसमिति सदस्य २७ जनाको हुनेछ ।