उठ्दैछन् भत्केका सम्पदाहरु (फोटोफिचर)
फसिदेग शिलु महादेव भक्तपुर । काठमाडौं । विनाशकारी भुकम्पले राजधानीका सम्पदा भत्काएको ७ वर्ष हुन लागिसक्यो । सरकारले औचित्य सकिएको भन्दै पुर्ननिर्माण प्रधिकरण खारेज गरिसक्यो । तर राजधानीको सम्पदा अझै पुननिर्माण भइरहेको छ । ललितपुरको ठेचो,बुङमती, पाटन, काठमाडौंको वसन्तपुर,जैसीदेवल, भक्तपुरको दरवारपरिसर र दत्तात्रय वरपर धमाधम मन्दिर पाटीपौवा पुननिर्माणको काम भइरहेको देख्न सकिन्छ । सम्पदाको निर्माण अनि पुननिर्माण सजिलो पक्कै छैन । आस्था,विश्वाससँगै ऐतिहासिक एवं पुरातात्विक महत्वलाई जस्ताको तस्तै राख्न चुनौतिपूर्ण छ । पुराना पुस्ता वितेसँगै सम्पदा पुननिर्माणमा सघाउने कालिगढको समेत अभाव रहेको निमार्णमा संलग्नहरु बताउछन् । परम्परागत प्रविधि र शीपको हस्तान्तरण र पुस्तान्तरण नहँुदा, मठ मन्दिर जीवित नै रहँदा यसमा प्रयोग गरिएको कला तथा प्रविधिको विवरणहरु संग्रह नगरिनुले पनि सम्पदा निर्माणमा ढिलाई भइरहेको छ । तस्वीरः न्यूज एजेन्सी नेपाल तलेजुभवानी र जगन्नाथ मन्दीर काठमाडौं । यक्षश्वर महादेव भक्तपुर । ब्र्म्हायणी मन्दीर ठेंचो । हनुमान ढाेका । पाटन दरवार । पशुपतिनाथ भक्तपुर । माजु देवल पाटन । लक्ष्मीनरसि मन्दीर भक्तपुर । जैशीदेवल काठमाडौं ।