धान दिवसमा जे देखियो (फोटोफिचर)

हिलोमा डोरी तान्ने प्रतियोगितामा भाग लिँदै विदेशी रोपाइँ महोत्सवमा रमाउँदै विदेशी पोखरा-२५मा बुधबार आयोजित दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सव तथा असारे रोपाइँ महोत्सवमा रमाउँदै विदेशी पर्यटकहरु। पोखरा-२५मा बुधबार आयोजित दोस्रो राष्ट्रिय हेम्जा हिले महोत्सव तथा असारे रोपाइँ महोत्सवमा हिलोमा बल खेल्दै बालक। हिलोमा बल खेल्दै बालकहरु संखुवासभाको खांदबारी नगरपालिका-८ मा बुधबार धान दिवसको अवसर पारेर धान रोपाइँ गरिँदै धानको बिउ दिँदै एमाले अध्यक्ष ओली मेसिनबाट धान रोप्दै एमालेका अध्यक्ष ओली भक्तपुर सूर्यविनायक नगरपालिकाको सिरूटारमा बुधबार अखिल नेपाल किसान महासंघ,उपत्यका समन्वय समितिद्वारा आयोजित १९ ओैँ राष्ट्रिय राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्वसमा सहभागीहरु। ललितपुरको इमाडोलमा आधुनिक प्रविधिबाट धान रोप्नको लागि ट्र्याक्टरले खेत जोत्दै किसान । धानको विउसँग रमाउँदै बालिका संखुवासभाको खांदबारी नगरपालिका-८ मा बुधबार धान दिवसको अवसर पारेर धान रोपाइँ गरिँदै । कृषि ज्ञान केन्द्र कैलालीको आयोजनामा धनगढीको देवहरिया गाउँमा बुधबार आयोजित राष्ट्रिय धान दिवस समारोहमा सुदूरपश्चिमका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरी (बीचमा)लगायतलाई धानको बेर्ना पोखरा पर्यटन परिषद्को आयोजना, देवीस्थान सेवा समाज पोखरा–२५ हेमजाको स्थानीय आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजित १७औं असारे रोपाइँ महोत्सवको उद्घाटन समारोहका सहभागी । विराटनगर महानगरपालिकाद्वारा १९औंं राष्ट्रिय धान दिवस–२०७९ को उपलक्ष्यमा विराटनगर–१८ स्थित चार लेन सडक नावाघाट टोलमा बुधबार धान रोप्दै महानगरपालिकाका प्रमुख नागेश कोइराला । धनगढीको देवहरिया गाउँमा बुधबार आयोजित राष्ट्रिय धान दिवस कार्यक्रम तथा रोपाइँ महोत्सवमा धान रोप्दै सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीलगायत । तस्विरः रासस

जहाँ ‘भगवान’ पनि सुरक्षित छैनन् (फोटो फिचर)

थापालीस्थ्ति जङ्ग हिरण्य हेम नारायण मन्दिर परिसरमा बनाइएका अव्यवस्थित टहरा । काठमाडौं । देशेको संघीय राजधानी काठमाडौं मन्दिरको पनि राजधानी हो । त्यसैले काठमाडौंलाई मन्दिरै मन्दिरको शहर पनि भनिन्छ । काठमाडौंका पाइला पाइलामा अनेकौँ देवी देवताका मूर्ति भेटिन्छन् । कतै मन्दिर त कतै खुला नै छोडिएका यहाँका मूर्तिहरुको अवस्था धेरै ठाँउमा दयनीय छ, जस्तै काठमाडौं शहरको अवस्था छ । पाटनको मच्छिन्द्र बहाल परिसरमा धर्मकिर्ति महाविहार । मन्दिरले चिनाएको काठमाडौंलाई अब फोहोरले चिनाउन थालेको छ । अज काठमाडौं उपत्यकामा रहेका मन्दिर र मूर्तिहरु फोहोर जत्तिकै छरपस्ट छन् । यहाँ फुटपाथमा पाइलाले ठोकिने भगवनका मूर्ति भेटिन्छन् । कतै रुख उम्रेर ढल्नै लागेको मन्दिर,पानीले खिएका, अविर र अक्षताको असरले प्वाल परेका मूर्ति पनि मन्दिरहरुमा छन् । तर संरक्षण भने अझै भएको छैन । जताततै लापरबाही छ । पाटनको कुटी सौगल पुखुमा महादेवको मूर्ति । मन्दिर अनि मूर्तिको सुरक्षाका लागि डण्डीको बार मात्रै होइन यहाँ चोरीबाट बचाउन काँडेतार नै टाँगिएका भेटिन्छन् । मन्दिर परिसरमा कतै पुनर्निर्माणका क्रममा टहरा बनाइएको छ भने कतै डण्डी बाँधेर छोडिएको देख्न सकिन्छ । पाटन सुन्धारामा पानीले खिइएको मूर्ति । फोहोर अनि झारै झारको बीचमा भगवानको मूर्ति देख्नु यो शहरका लागि नौलो कुरा होइन । एकातिर खुला ठाँउमा मूर्ति बेवारिसे र दयनीय अवस्था देखिन्छ भने अर्कोतर्फ चोरीबाट बचाउन विभिन्न सावधानी अपनाइएको छ । च्यासल ढुंगेधारामा विभिन्न देविदेवताको मूर्तिहरु । यहाँ सिसिटिभी जडान गरिएको छ । चोक चोकमा साइरन राखिएका छन् । तर मूर्तिको र मन्दिरको संरक्षण गर्नभने पहलकदमी हुन सकेको छैन । बज्रवाराही मन्दिरभित्र रहेको मूर्तिहरु । बसन्तपुरको गोरखनाथको मन्दिर ।