यस्तो देखियो नेपाल इन्टरनेशनल फर्निचर एक्सपोको तयारी (फाेटाेफिचर)
काठमाडौं । भृकुटीमण्डपमा सातौं नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकर इन्टरनेशनल एक्सपो पाैष २३ गतेबाट हुँदैछ । यसकाे लागि भृकुटीमण्डपमा तयारी चलिरहेकाे छ । मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टसले संयुक्त रुपमा उक्त एक्सपो गर्न लागेको हो । उक्त एक्सपो पौष २३, २४ र २५ गते हुने आयोजकले जनाएको छ ।
तस्विरमा यस्तो देखियो काठमाडौंको तमु ल्होसार (फाेटाेफिचर)
काठमाडौं । गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । पर्वका अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।
नेकपा माओवादी केन्द्र आठौं राष्ट्रिय महाधिवेशन (फाेटाेफिचर)
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । काठमाडौंका प्रज्ञाभवनमा आयोजित सो राष्ट्रिय महाधिवेशनको अध्यक्षता पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गरेका छन् । शनिबारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा (माओवादी केन्द्र)ले एकाएक महाधिवेशनमा परिणत गर्ने निर्णय गरेकाे हाे ।