नेप्से प्राङ्गणमा १२ सय किलोको ‘बुल’ निर्माण हुँदै, फोटो फिचर
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेको प्राङ्गणमा बुलको संकेत जनाउने साँढेको प्रतिमा तयार हुँदैछ । सेयर बजारमा बुल अर्थात् बढेको बजारलाई साँढेले र बियर अर्थात् घटेको बजारलाई भालुले चिनाउने गरिएको छ । बढेको बजारलाई चिनाउने साँढेको प्रतिमा नेप्सेको प्राङ्गणमा बन्ने भएको हो । उक्त बुल ८ फिटको उचाइ र १२ फिटको लम्बाई भएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए । उनका अनुसार बुल ६ सय केजीको बन्नेछ । ‘यसको उचाइ ८ फिट र लम्बाई १२ फिट हो,’ उनी भन्छन्, ‘६ सय केजीको बनाउने भनिएको हो तर काम गर्दै जाँदा दोब्बर अर्थात् १२ सय केजीसम्मको बन्ने जानकारी कालिगढहरूले हामीलाई दिएका छन् ।’ पराजुलीले उक्त प्रतिमा दशैं अगाडि नै निर्माण सक्ने गरी काम भइरहेको बताएका छन् । उक्त बुल धलोट (पहेलो देखिने धातु) बाट निर्माण भइरहेको उनले बताए । उनका अनुसार हाल सो बुल ललितपुरका कालिगढले निर्माण गरिरहेका छन् । बुल निर्माण मात्रै छुट्टै ‘प्रोजेक्ट’ नभएको उनी बताउँछन् । बुल निर्माण नेप्सेको पुरानो भवन भत्काउन, गाडेर्न बनाउन, नेप्सेको गेट बनाउन, नेप्से सप्लाई हुने बत्तीको काम लगायतका सबै काम एउटै प्रोजेक्ट रहेको उनले बताए । उनका अनुसार सो प्रोजेक्ट १ करोड ४८ लाखमा ठेक्का लागेको हो । बुल निर्माण पनि सोहीअन्तर्गत रहको पराजुलीले जानकारी दिए । बुल निर्माण गरिरहेका कालिगढका अनुसार भने ७० प्रतिशत काम सम्पन्न भएको छ । दशैं अघिसम्म नै काम सम्पन्न गर्ने गरी तयारी भइरहेको कालिगढले पनि बताएका छन् । ‘साँढेको माथिल्लो भाग जोड्न बाँकी छ’, कालिगढले भने, ‘पूरै साँढेको पिस जोडिएपछि त्यसलाई सफा गरेर पोलिस गरिन्छ र त्यसपछि फिनिसिङ गरेपछि मात्रै बल्ल काम पूरा हुन्छ ।’ काम अगाडि नै सकिनु पर्ने भए पनि बुल बनाउने काम निकै कठिन भएकाले त्यो काम पूरा हुन केही समय लागेको नेप्सेका प्रवक्ता पराजुलीले बताएका छन् ।
यस्ताे छ नाडा अटो शोको तयारी (फोटो फिचर)
काठमाडौं । भदौ ११ गतेदेखि १६ गतेसम्म भृकुटीमण्डपमा हुने नाडा अटो शोका लागि आयोजक टिमले तीव्र रूपमा तयारी सुरु गरेको छ । नाडा अटोमोबाइल्स एसोसिएसनले प्रदर्शनीस्थलमा स्टल बनाउने काम ७० प्रतिशतभन्दा बढी सकिएको बताएको छ । भोलिसम्म अटो शोका लागि सम्पूर्ण तयारी पूरा भइसक्ने आयोजकले जनाएको छ । यस पटकको अटो शोमा चारपांग्रे २४, दुईपांग्रे १९ र हल्का व्यावसायिक सवारी साधनका १२ गरी ५५ ब्रान्डका गाडी प्रदर्शनीमा राखिनेछन् । गाडी विक्रेता बाहेक लुब्रिकेन्ट, टायर, ब्याट्री र ग्यारेज उपकरणका स्टल पनि राखिनेछन् । अटो शोमा ७ वटा बैंक तथा वित्तीय संस्थाले पनि सहभागिता जनाउने नाडाले जनाएको छ । तस्बिरहरू ः साैगात पुडासैनी
विशाल पाटनमा सेता भेडाहरू (फोटोफिचर)
काठमाडौं । बर्खाको समय । जताततै हरियाली छ । त्यही हरियालीमा मनमोहक दृश्यहरू देखिन्छन् ।वन जंगलत र डाँडाँपाखातिरको हरियालीमा देखिने दृश्यहरूले जोकोहीलाई पनि आकर्षित गर्छ । वनपाखाका चरन क्षेत्रमा रहेका पाटन क्षेत्रहरू यतिखेर असाध्यै लोभलाग्दा हुन्छन् । तिनै पाटन तथा चरण क्षेत्रमा आहार खोजिरहेका पशुचौपायाहरूको बथानले पनि धेरैको ध्यान तान्छ । यस्तै, पाटनमा चरिरहेका सेडा भेडाहरूको बथानको दृश्यले यतिखर धेरैलाई आकर्षित गर्ने गरेको छ । यस्तै, तस्बिरहरू आज हामीले प्रस्तुत गरेका छौं । बुकी पाटनमा भेडा गोठाला : रुकुमपूर्व, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षको दहखर्कको बुकी पाटनमा बुधबार भेडा चराउँदै ७२ वर्षीय गोठाला रनबहादुर बिक । गर्पाछेडाको भेडी गोठ : पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको समुन्द्र सतहदेखि चार हजार मिटर उचाईको गर्पाछेडाको डाँडामा रहेको भेडी गोठ । म्याग्दी, बागलुङ, पूर्वी रुकुमका किसानले पशुलाई पोसिलो घाँस खुवाउन ढोरपाटनको बुकी पाटनमा लगेका छन् । बुकीको चरनमा चौपाया : पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षमा फुलेका बुकी र चर्दै गरेका पशु चौपाया । ढोरपाटनको पाटनहरुमा बुकी फुल्न थालेपछि मनमोहक देखिएको छ । ध्याले पाटनमा चर्दै गरेका भेडा : जाजरकोटको बारेकोट गाउँपालिका-४ ध्याले पाटनमा चर्दै गरेका भेडा । जाजरकोट र जुम्लाबाट यहाँ भेडाहरु चरनका लागि ल्याउने गरिन्छ । भेडा चराउँदै किसान : महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका –६ स्थित वन क्षेत्रमा भेडा चराउँदै एक किसान । चरन क्षेत्रमा जाँदै भेडा : मुस्ताङको लेतेस्थित लेकाली चरन क्षेत्रमा जाँदै गरेका घुम्ती गोठका भेडाका बथान । बुकिमा चर्दै गरेका घोडा : रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाको चार हजार पाँच सय मिटरभन्दा माथि बुकिमा चर्दै गरेका घोडा, खच्चड । सुनदह र भेडी बथान : रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ स्थित चार हजार चार सय ३५ मिटरको उचाइमा रहेको सुनदह र सुनदहको पाटनमा चरिरहेका भेडी बथान । यतिबेला पुथा उत्तरगङ्गा गाउँपालिकाका विभिन्न ठाउँबाट ठुलो संख्यामा भेडा चराउन पाटनतिर ल्याएका छन् । फोटो: रासस