यस्ताे छ नाडा अटो शोको तयारी (फोटो फिचर)

काठमाडौं । भदौ ११ गतेदेखि १६ गतेसम्म भृकुटीमण्डपमा हुने नाडा अटो शोका लागि आयोजक टिमले तीव्र रूपमा तयारी सुरु गरेको छ । नाडा अटोमोबाइल्स एसोसिएसनले प्रदर्शनीस्थलमा स्टल बनाउने काम ७० प्रतिशतभन्दा बढी सकिएको बताएको छ । भोलिसम्म अटो शोका लागि सम्पूर्ण तयारी पूरा भइसक्ने आयोजकले जनाएको छ । यस पटकको अटो शोमा चारपांग्रे २४, दुईपांग्रे १९ र हल्का व्यावसायिक सवारी साधनका १२ गरी ५५ ब्रान्डका गाडी प्रदर्शनीमा राखिनेछन् । गाडी विक्रेता बाहेक लुब्रिकेन्ट, टायर, ब्याट्री र ग्यारेज उपकरणका स्टल पनि राखिनेछन् । अटो शोमा ७ वटा बैंक तथा वित्तीय संस्थाले पनि सहभागिता जनाउने नाडाले जनाएको छ । तस्बिरहरू ः साैगात पुडासैनी 

विशाल पाटनमा सेता भेडाहरू (फोटोफिचर)

काठमाडौं । बर्खाको समय । जताततै हरियाली छ । त्यही हरियालीमा मनमोहक दृश्यहरू देखिन्छन् ।वन जंगलत र डाँडाँपाखातिरको हरियालीमा देखिने दृश्यहरूले जोकोहीलाई पनि आकर्षित गर्छ । वनपाखाका चरन क्षेत्रमा रहेका पाटन क्षेत्रहरू यतिखेर असाध्यै लोभलाग्दा हुन्छन् । तिनै पाटन तथा चरण क्षेत्रमा आहार खोजिरहेका पशुचौपायाहरूको बथानले पनि धेरैको ध्यान तान्छ । यस्तै, पाटनमा चरिरहेका सेडा भेडाहरूको बथानको दृश्यले यतिखर धेरैलाई आकर्षित गर्ने गरेको छ । यस्तै, तस्बिरहरू आज हामीले प्रस्तुत गरेका छौं । बुकी पाटनमा भेडा गोठाला : रुकुमपूर्व, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षको दहखर्कको बुकी पाटनमा बुधबार भेडा चराउँदै ७२ वर्षीय गोठाला रनबहादुर बिक । गर्पाछेडाको भेडी गोठ : पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको समुन्द्र सतहदेखि चार हजार मिटर उचाईको गर्पाछेडाको डाँडामा रहेको भेडी गोठ । म्याग्दी, बागलुङ, पूर्वी रुकुमका किसानले पशुलाई पोसिलो घाँस खुवाउन ढोरपाटनको बुकी पाटनमा लगेका छन् । बुकीको चरनमा चौपाया : पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षमा फुलेका बुकी र चर्दै गरेका पशु चौपाया । ढोरपाटनको पाटनहरुमा बुकी फुल्न थालेपछि मनमोहक देखिएको छ । ध्याले पाटनमा चर्दै गरेका भेडा : जाजरकोटको बारेकोट गाउँपालिका-४ ध्याले पाटनमा चर्दै गरेका भेडा । जाजरकोट र जुम्लाबाट यहाँ भेडाहरु चरनका लागि ल्याउने गरिन्छ । भेडा चराउँदै किसान : महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका –६ स्थित वन क्षेत्रमा भेडा चराउँदै एक किसान । चरन क्षेत्रमा जाँदै भेडा : मुस्ताङको लेतेस्थित लेकाली चरन क्षेत्रमा जाँदै गरेका घुम्ती गोठका भेडाका बथान । बुकिमा चर्दै गरेका घोडा : रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकाको चार हजार पाँच सय मिटरभन्दा माथि बुकिमा चर्दै गरेका घोडा, खच्चड । सुनदह र भेडी बथान : रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ स्थित चार हजार चार सय ३५ मिटरको उचाइमा रहेको सुनदह र सुनदहको पाटनमा चरिरहेका भेडी बथान । यतिबेला पुथा उत्तरगङ्गा गाउँपालिकाका विभिन्न ठाउँबाट ठुलो संख्यामा भेडा चराउन पाटनतिर ल्याएका छन् । फोटो: रासस

संरक्षणको पखाईमा कचन कवल (तस्बिरहरू)

काठमाडौं । कचन कवल (नेपालीः कचन कावल) कोशी प्रदेशको कचन कावल गाउँपालिका (पहिले, केचना गाविस) मा अवस्थित एक ठाउँ हो । समुन्द्री सतहबाट ७० मिटर (२३० फिट) मा रहेको यो ठाउँ पहिले नेपालको सबैभन्दा होचो स्थान थियो । तर, नेपाल सरकार र केही अन्य संस्थाहरूले २०१७ मा गरेको नयाँ सर्वेक्षण अनुसार धनुषाको मुखियापट्टी मुशरनिया ५९ मिटरमा रहेको जिल्लालाई नेपालको नयाँ होचो ठाउँको रूपमा घोषणा गरिएको छ । तर, अहिले कचन कवलको संरक्षण हुन सकेको छैन । संरक्षण हुन नसक्दा कचनकवलको सौन्दर्यता मासिँदै गएको छ । यस क्षेत्रको संरक्षण हुन नसके सीमा मिचने सम्भावना रहने स्थनीयहरु बताउँछन् । भारतको सीमाना नजिकै रहेकाले पनि यस क्षेत्रको आवश्यक संरक्षण हुन जरुरी छ । यस गाउँपालिकाको सीमाना पूर्वमा भारत, पश्चिममा बह्रदाशी गाउँपालिका र भारत, उत्तरमा हल्दिबारी गाउँपालिका र भद्रपुर नगरपालिका तथा दक्षिणमा भारतसम्म फैलिएको छ । मनसुनी हावा पानी (अर्ध उष्ण र उष्ण हावा पानी पनि भनिन्छ ) पाइन्छ । तापक्रमः गृष्मऋतु ३६ डिग्री से। सम्म हुन्छ भने शीतकालमा औसत न्यूनतम तापक्रम १० डिग्री सेल्सियससम्म ओर्लिन्छ । वर्षा ऋतुमा हिन्द महासागरको बंगालको खाडीबाट आउने मनसुनी हावाबाट (मे देखि सेप्टेम्बर) यहाँ सरदर १३८ सेन्टिमिटरसम्म वर्षा हुन्छ । न्युज एजेन्सी नेपाल