दशैंका लागि सुकिला नोट साट्न सर्वसाधारण पुगे राष्ट्र बैंक (तस्बिरहरू)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारदेखि सुकिला नोट वितरण गरेकाे छ । राष्ट्र बैंकले दशैंका लागि भनेर असोज १३ गतेदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गर्न लागेकाे हाे । दसैंमा माग हुने साना दरका नोट सटहीको लागि केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरूबाट सुकिला नोट सटहीको व्यवस्था गरेकाे राष्ट्र बैंकले जनाएको छ । प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकको भनाइ छ । साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । ५ रुपैयाँ, १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १०० रुपैयाँ दरका सुकिला नोट सटही गर्न पाइने छ । कुल १८ हजार ५ सय रुपैयाँको नोटमात्र साट्न पाइने छ । ग्राहकले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । यसपटक राष्ट्र बैंकले दशैंका लागि भनेर नयाँ नोट भने वितरण नगर्ने भएको हो ।
पहिलो स्याउ मेला असाेज १७ गतेदेखि सुरु, यस्ता छन् परिकार (तस्बिरहरू)
काठमाडौं । काठमाडौंमा स्याउ मेलाको आयोजना गरिने भएकाे छ । मंगलबार ठमेलको होटल मनाङमा गरिएकाे पत्रकार सम्मेलनमा असाेज १७ गतेदेखि स्याउ मेलाकाे आयाेजना हुने जानकारी दिइयाे । होटल मनाङकाे सहकार्यमा किसान भेन्चरले स्याउ मेलाकाे आयाेजना गर्न लागेकाे हाे । आयोजकका अनुसार याे नेपालको पहिलो स्याउ मेला हो । मेला तीन दिन चल्नेछ । नेपाल किसान भेन्चरकी अपरेसन मेनेजर मेलीना राईले नेपाली स्याउलाई प्रवर्द्धन गर्न मेलाकाे आयाेजना गरेको बताइन् । उनले भनिन्, ‘कतिपय हामी नेपाली जनतालाई नै थाहा छैन- नेपालमा कस्तो स्याउ फल्छ भनेर । नेपालमै राम्रो स्याउ फल्दाफल्दै पनि विदेशबाट आयात भइरहेको छ । नेपाली स्याउकाे प्रवर्द्धन गर्न स्याउ मेलाकाे आयाेजना गरेका हाैं । ‘ स्थानीय किसानसँग स्याउ खरिद गरेर उपभाेक्ता, आपूर्तिकर्ता र उद्याेग विशेषज्ञसँग सिधा सम्पर्क बनाउनू यस मेलाकाे मुख्य उद्देश्य रहेकाे राईले जानकारी दिइन् । मेलामा स्याउ उत्पादनदेखि बजारसम्म पुर्याउन कृषकले भाेग्नुपरेका चुनाैतीहरू पनि उजागर गरिने उनले बताइन् । स्याउ मेलाकाे मुख्य नारा ‘याे दशैं स्याउसँग मनाऊँ’, खुसी बाँडाैं, स्वस्थ खानेकुरा खाऔं’ रहेकाे छ । मेलामा जुम्ला, हुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, जाजरकाेटसहित विभिन्न जिल्लाबाट ल्याइएका ५० मेट्रिक टन स्याउ प्रदर्शनीमा राखी बिक्री गरिने आयाेजकले जनाएकाे छ । मेलामा एप्पल क्रीस्पी, एप्पल पाई, एप्पल ब्रेड, पियोर एप्पल जुस र एप्पल खम्बुच्चा लगायतका परिकारहरू पनि प्रस्तुत गरिनेछ । गत असारमा किसान भेन्चरले प्रथम आँप मेलाकाे आयाेजना गरेकाे थियाे । यी हुन् स्याउ मेलामा प्रस्तुत गरिने परिकारहरू:
खुल्यो धरहरा, दैनिक ६ सयले चढ्न पाउने
धरहरा । तस्बिर : साैगात पुडासैनी/विकासन्यूज काठमाडौं । धरहरा खुलेको छ । नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको हाे । ०७२ को महाभूकम्पमा धरहरा ढलेपछि छेउमा अर्काे धरहरा बनाइएकाे हाे । साेही धरहरा सर्वसाधारणका लागि खुलेको हाे । संविधान दिवसकाे अवसर पारी धरहरा खुला पारिएकाे हाे । सहरी विकास तथा भवन निर्माण विभागले सर्वसाधारणले धरहरा नि:शुल्क रूपमा चढ्न पाउने जनाएकाे छ । प्रत्येक दिन ६ सयजनाले धरहरा चढ्न पाउने जनाइएकाे छ । यसैगरी, प्रत्येक घण्टा एक सयजनालाई धरहरा चढ्न टिकट दिइनेछ । ०७५ को कात्तिकमा धरहरा पुन:निर्माण सुरु भएकाे भएपनि पूर्णरूपमा अझै बनिसकेकाे छैन । तत्कालीन प्रधानमन्त्री केपी ओलीले ०७८ काे वैशाखमा धरहरा नबन्दै सर्वसाधारणका लागि खुला गरेको घोषणा गरेका थिए । धरहरा २ वर्षमै निर्माण सम्पन्न हुनेगरी पुन: निर्माण सुरु भएको थियो । नवनिर्मित धरहरा अहिले ४२ रोपनीमा फैलिएकाे छ । पहिला धरहरा पाँच रोपनी क्षेत्रफलमा फैलिएको थियाे । धरहराबाट खिचिएका तस्बिर