वल्र्ड मर्चेन्टको सीईओमा पुष्पप्रसाद श्रेष्ठ चयन
काठमाडौँ । वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा पुष्पप्रसाद श्रेष्ठ चयन भएका छन् । २०७३ साल माघ १२ गतेदेखि रिक्त रहेको सीइओ पदमा श्रेष्ठ नियुक्त भएका हुन् । भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले भदौ १० गतेदेखि लागु हुने गरी श्रेष्ठलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव भरतबहादुर थापाले जनाएका छन् । वल्र्ड मचेन्ट समस्याग्रस्त अवस्थाबाट साउन १५ गतेदेखि फुकुवा भएको हो ।
सेञ्चुरी बैंकको डेपुटी सीईओमा मनोज न्यौपाने नियुक्त
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा मनोज न्यौपाने नियुक्त भएका छन् । साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले हाल प्रमुख व्यवसाय अधिकृत पदमा कार्यरत न्यौपानेलाई साउन २८ गते देखिनै लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । २ वर्षदेखि सेन्चुरी बैंकको प्रमुख व्यवसाय अधिकृत पदमा कार्यरत न्यौपानेले लक्ष्मी बैंक लिमिटेडबाट बैंकिङ्ग सेवा प्रारम्भ गरेका हुन् । हिमालयन बैंक लिमिटेड तथा सनराईज बैंक लिमिटेडमा गरी करिब १५ वर्षको बैंकिङ्ग कार्यानुभव हासिल गरेका छन् । न्यौपाने बैंकको प्रमुख सूचना अधिकारी पनि हुन् । न्यौपानले काठमाडौं विश्व विद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् । उनको लगनशीलता, बजार पहुँच, बैंकिङ्ग तथा वित्त बजार सम्बन्धी ज्ञान तथा प्रभावकारी नेतृत्वमा बैंक आगामी दिनहरुमा अझ गतिशील भई सफलताका साथ अगाडि बढ्ने बैंक सञ्चालक समितिको विश्वास छ ।
शिवम् सिमेन्टका सिईओ देवकोटाको राजीनामा स्वीकृत, मारुलाई नयाँ जिम्मेवारी
काठमाडौँ । शिवम् सिमेन्टका कार्यकारी सञ्चालक रघुनन्दन मारुले प्रमुख कार्यकारी अधिकृत(सिईओ) समेतको जिम्मेवारी सम्हाल्ने भएका छन् । उक्त उद्योगका सिईओ सजन देवकोटाले साउन २१ गते दिएको राजीनामा साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । सिईओ देवकोटाको राजीनामा स्वीकृत गर्दै सोही दिनदेखि रिक्त रहेको सिईओको जिम्मेवारी हाललाई कार्यकारी सञ्चालक मारुलाई दिने निर्णय भएको कम्पनी सचिव लेखनाथ अर्यालले जनाएका छन् ।