क्यान महासंघको १३ औं कार्यसमिति निवार्चनका लागि सुनैना घिमिरे पाण्डे प्यानलको उम्मेदवार

काठमाडौं । आगामी मंंसिर ७ गते सम्पन्न हुने कम्प्यूटर एशोसियसन नेपाल (क्यान) महासंघको १३ औं कार्यसमिति निर्वाचनको लागि सुनैना घिमिरेले उम्मेदवारी दिएकी छिन् । घिमिरेले पाण्डे प्यानलबाट उम्मेवारी घोषणा गरेकी हुन् । केही दिन अघि नै नवराज कुँवरको प्यानलले सोही निर्वाचनको लागि उम्मेदवारी घोषणा गरेको थियो । सोही अवसरमा राजधानीमा आयोजित कार्यक्रममा क्यान महासंंघका पूर्व अध्यक्ष, संस्थापक, वर्तमान अध्यक्ष तथा वर्तमान कार्यसमितिका पदाधिकारीहरू उपस्थित रहेका थिए । अध्यक्षको दाबेदार सुनैना घिमिरले कार्यक्रममा आफ्ना भावी योजनाका बारेमा जानकारी गराइन् । यस्तै, क्यान महासंघका निवर्तमान अध्यक्ष इन्जिनियर बिनोद ढकालले प्यानलमा जुझारु भएकाले नयाँ कार्यसमितिले प्यानलाई थप उचाइमा पुयाउने बताए । यस्तो छ सुनैना घिमिरे पाण्डे पक्षको चुनावी एजेण्डा: क्यान महासंघ अन्र्तगतका केन्द्र तथा जिल्ला शाखाहरुमा रहेका विषयगत, संस्थागत तथा व्यक्तिगत सदस्यहरुको हक अधिकार सुनिश्चित गर्ने तथा सदस्यहरुको समान हैसियत स्थापना गर्न विधान संसोधन गर्ने उनको एजेन्डा रहेको छ । यस्तै, क्यान महासंघको आर्थिक रुपमा सक्षम बनाउने तथा स्रोत पहिचान गर्ने, सूचना तथा संचार प्रविधिको विकास गर्ने, तथ्याङ व्यवस्थापन गर्ने, आधुनिक प्रविधिको प्रयोगमा जोड दिने तथा प्रदेश कार्यालयसम्म भवन निमार्णमा जोड दिने एजेण्डा रहेका छन् । सूचना तथा संचार सम्बन्धि नवीन प्रविधिलाई प्रयोग गरी दीगो विकासको लक्ष्यलाई कार्यान्वयन गर्नेको लागि सहयोगी भुमिका निर्वाह गर्ने एजेण्डा उनको छ । यस्तै,शहरी क्षेत्रमा सूचना प्रविधिको प्रयोगमा सरलता तथा यसको उचित व्यवस्थापन गर्दै ग्रामीण भेगसम्म मोवाइल इन्टरनेट, दूर संचार जस्ता अत्यावश्यक सेवाको पहुँच विस्तार गर्न स्थानीय निकाय र सम्बन्धित सेवा प्रदायक संस्थाहरुसँग सहकार्य गरी कार्य सम्पादन गर्ने उनले बताइन् ।

ज्योति विकास बैंकको सञ्चालकमा मन महर्जन नियुक्त

काठमाडौं । ज्योति विकास बैंकको सञ्चालकमा मन महर्जन नियुक्त भएकी छिन् । कात्तिक २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी महर्जनलाई सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक महर्जनले कात्तिक २७ गतेदेखि नै आफ्नो पदको कार्यभार सम्हालि सकेकी  छिन् ।

एनएमबि बैंकको सञ्चालकमा सैंजु र श्रेष्ठ

काठमाडौं । एनएमबि बैंकको सञ्चालकमा रवि शंकर सैंजु र सुनीती श्रेष्ठ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले सर्वसाधारण सेयरधनीको तर्फबाट रिक्त संचालकमा दुई जनालाई नियुक्त गरेको हो । कम्पनीले रिक्त सञ्चालक पदमा बाँकी अवधिका लागि कोटेश्वरका सैंजु र नयाँ बानेश्वरका श्रेष्ठलाई नियुक्त गरेको हो । बैंकको सञ्चालक समितिको बैठक कात्तिक २४ गते बसेको थियो ।