पुनर्बीमा कम्पनीको सञ्चालकमा पुनः पाण्डे र अर्याल नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा पुनः दिप प्रकाश पाण्डे र डा. डिल्लीराज अर्याल नियुक्त भएका छन् । यसअघि पनि सञ्चालकमा रहेको यी दुईको पदावधि सकिन लागेसँगै कम्पनीले उनीहरुलाई पुनः नियुक्त गरेको हो । नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट कम्पनी सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका दुई सञ्चालक पाण्डे र अर्यालको पदावधि यहि बैशाख २१ गतेदेखि समाप्त हुँदै थियो । यससँगै बैशाख १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले दुई सञ्चालकलाई पुन नियुक्त गर्ने निर्णय गरेको हो । बैठकको निर्णयलाई कम्पनीको अगामी वार्षिक साधारणसभाले अनुमाेदन गर्ने छ । कम्पनीका सञ्चालक पाण्डे शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) हुन् । त्यस्तै, सञ्चालक डा. अर्याल राष्ट्रिय बीमा कम्पनीका सीईओ हुन् ।

नेशनल लाईफ इन्स्योरेन्सको सीईओमा सुरेशप्रसाद खत्रीलाई नियुक्त गर्ने

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेश प्रसाद खत्रीलाई नियुक्त गर्ने भएको छ । बैशाख १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कायम मुकायम कार्यकारी प्रमुख खत्रीलाई सीईओमा नियुक्त गर्ने प्रस्ताव गरेको हो । बैठकले खत्रीलाई आगामी ४ वर्षको लागि कम्पनीको कार्यकारी प्रमुखमा नियुक्त गर्ने प्रस्ताव गरेको हो । साथै, उक्त प्रस्ताव स्वीकृतीको लागि कम्पनीले बीमा समितिमा निवेदन समेत गरिसकेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा भुजेल नियुक्त, आजै सम्हाले पदभार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकाे कम्पनी सचिवमा बिनोदकुमार भुजेल नियुक्त भएका छन् । कम्पनीको ३२०औं सञ्चालक समितिको बैंठकले भुजेललाई कम्पनी सचिवमा नियुक्ति गर्ने निर्णय गरेको हो । नवनियुक्त कम्पनी सचिव भुजेलले आजै अर्थात बैशाख १९ गते नै पदबहाली गरेका छन् । बैठकले कम्पनीमा रिक्त रहेको कम्पनी सचिवमा भुजेललाई नियुक्त गरेको हो ।