सबैको लघुवित्तको नायब महाप्रबन्धकमा श्रेष्ठ नियुक्त, लघुवित्त क्षेत्रमा २४ वर्षको अनुभव
काठमाडाैं । सबैको लघुवित्त वित्तीय संस्थाले नायब महाप्रवन्धक (डेप्युटी जनरल मेनेजर) पदमा पवनकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । नवनियुक्त श्रेष्ठलाई सबैको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले पद तथा गोपनियताको सपथ गराएका थिए । श्रेष्ठ निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमा २२ वर्ष काम गरी प्रादेशिक स्तरको तत्कालीन आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड र चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड सफल मर्जर पश्चात बनेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडमा नायब कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका श्रेष्ठसँग निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाबाट करिअर सुरु गरी लघुवित्त क्षेत्रमा २४ वर्षको कार्य अनुभव रहेको छ । नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको सबैको लघुवित्तको हाल ३२ वटा जिल्लामा ५५ वटा शाखा सञ्जालबाट ४२ हजार ३९५ घरधुरीहरुमा सेवा प्रदान गर्दै आई रहेको छ । यस वित्तीय संस्थाले २ अर्ब ३५ करोड रूपैयाँ लगानीमा रहेको रकम र ६९ करोड ८८ लाख रूपैयाँ बचत परिचालन गरी रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले बताए ।
नेपाल बैंकर्स संघको उपाध्यक्षमा अनिल उपाध्याय, सदस्यमा सन्तोष कोइराला र दीपक कुमार दे निर्वाचित
काठमाडौं । नेपाल बैंकर्स संघ(एनबीए) को उपाध्यक्षमा अनिल कुमार उपाध्याय निर्वाचित भएका छन् । मंगलबार सम्पन्न संघको वार्षिक साधारणसभाले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपाध्यायलाई संघको उपाध्यक्ष पदमा चयन गरेको हो । साथै, सभाले माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र नेपाल एस.बि.आई. बैंकका सीईओ दीपक कुमार देलाई संघको कार्यकारिणी समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेको छ । वार्षिक कार्यक्रमका प्रमुख प्रमुख अतिथी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र आर्थिक अवस्थाका बारेमा जानकारी दिंदै मूल्य वृद्धि दर नियन्त्रण भित्र रहेको, चालु खाता र शोधान्तर अवस्था वचतमा रहेको तथ्याङ्क प्रस्तुत गर्दै विदेशी मुद्राको संचिति पनि निकै राम्रो अवस्थामा रहेको बताए । गभर्नरले नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई प्राथमिकतामा राखेको जानकारी गराउँदै ‘क्युआरकोड’ भुक्तानीलाई थप प्रभावकारी ढङ्गले अघि बढाउन बैंकहरुलाई निर्देशन दिनुका साथै बैंकहरु मर्जरमा जान चाहेमा राष्ट्र बैंकले आवश्यक सहजीकरण गर्ने आश्वासन समेत दिए । संघले प्रत्येक वर्ष बैंकिङ्ग क्षेत्रमा योगदान दिनुहुने व्यक्तित्वलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष नेपाल राष्ट्र बैंकको पूर्व गभर्नर तथा तथा नबिल बैंकको पूर्व अध्यक्ष सत्येन्द्र प्यारा श्रेष्ठलाई सम्मानित गरेको छ । सम्मान-पत्र ग्रहण पश्चात् उनले सबै प्रति कृतज्ञता व्यक्त गर्दै अहिलेको चुनौतीपूर्ण अवस्थावाट वाहिर आउन एकजुट भएर लाग्नुपर्ने बताए । यस्ताे बन्याे एनबीएकाे नयाँ कार्यसमिति
पूर्व अर्थमन्त्री डा.खतिवडा अमेरिकाकोे राजदुतमा नियुक्त
काठमाडौं । पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा अमेरिकाकाे राजदूतमा नियुक्त भएका छन् । उनलाई आज राष्ट्रपति कार्यालयले अमेरिकाको आवासिय राजदुतमा नियुक्त गरेको हो । यसअघि मन्त्रिपरिषद् बैठकले उनलाई अमेरिकाको लागि राजदुतमा नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदकाे सिफारिस अनुसार राष्ट्रपति कार्यालयले उनलाई अमेरिकाकाे लागि राजदूतमा नियुक्त गरेकाे हाे । ‘नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा डा. युवराज खतिवडालाई सुयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासिय राजदूतमा नियुक्त गरिएको छ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।