मध्यरातमा सय वर्षकै दुर्लभ चन्द्रग्रहण, के गर्न हुन्छ ? के गर्न हुन्न ?
काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमाका तथा दिन अर्थात् साउन ११ गते शुक्रबारका दिन तदनुसार २७ र २८ जुलाई २०१८ आजको दिन ‘खग्रास चन्द्रग्रहण’ २१ औं शताब्दीको सबैभन्दा लामो ‘खग्रास चन्द्रग्रहण’ लाग्ने भएको छ । आजको यो ‘खग्रास चन्द्रग्रहण’ नेपाल, भारत सहित अटलान्टिका, अस्ट्रेलिया, रुस, युरोप लगायत केहि अफ्रिका र उत्तरी अमेरिका सहित विश्वका अधिकांश ठाउँबाट देखिने भएको छ । आजको यस चन्द्रग्रहण केहि समय तामा जस्तै रातो र केहि समय रातो देखिने भएकाले यस खग्रास चन्द्रग्रहणलाई ‘ब्लडमून’ भनिएको छ । यस्तो संयोग १०० वर्षभन्दा पछि आएको हो । समयावधि: आज हाम्रो देश नेपालमा रातीको १२र०९ मिनेटमा स्पर्श हुनेछ र रातीको १ बजेर १५ मिनेटदेखि सम्मिलन अर्थात् पूर्ण खग्रास प्रारम्भ भर्इ रातीको २ बजेर ८ मिनेटमा मध्य हुने र रातीको २ बजेर ५९ मिनेटमा उन्मिलन अर्थात् खग्रासको अन्त्य हुँदै रातीकै ४ बजेर ६ मिनेटमा मोक्ष हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि ३ घण्टा ५७ मिनेटको हुनेछ भने ग्रस्तोदित खग्रास १ घण्टा ४४ मिनेटको हुनेछ । सूतक समयः शास्त्रले बताए अनुसार सूर्यग्रहणमा ४ प्रहर अर्थात् १२ घण्टा र चन्द्रग्रहणमा ३ प्रहर अर्थात् ९ घण्टा पूर्ण सूतक प्रारम्भ हुन्छ । त्यसैले साउन ११ गतेका दिन दिउँसो ३ बजेर ९ मिनेटदेखि बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरू विवेकशिल प्राणिहरूलार्इ भोजन निषेध गरिएको छ । के गर्ने ? के नगर्ने ? ग्रहणको समयमा भोजन निषेध हुनुका साथै कल कारखाना, उद्योग धन्दा, सहित पकाउने, भूट्ने, बनाउने, काट्ने, बिभिन्न औजारको प्रयोग गर्ने, भूमी खनन गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण कागजातहरू आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध गरिएको छ । यसका साथै विशेषगरी ग्रहणको समयमा गर्भवती महिलाहरू घर बाहिर निस्कनु हुँदैन, यदि निस्कनै परेमा तुलसीपत्र, कुश, चन्दन साथमा राखेरमात्र घर बाहिर निस्कनु पर्दछ । ग्रहणको स मयमा ग्रहण स्पर्शभए संगै नदी, तलाउ, पोखरी, तिर्थस्थान, खोला, समुन्द्र आदिमा स्नान गर्ने र त्यसै पूण्यकाल अर्थात् ग्रहणको समयमा यथाशक्ति एवं भक्तिले जनावर, चराचुरूङ्गी, नीमुखा प्राणि तथा असहाय प्राणिहरूलार्इ दान तथा सहयोग गर्नु निक्कै राम्रो मानिन्छ । यसकासाथै ग्रहणकालमा आफ्नो दिक्षा मन्त्रहरू छ भने जप गर्नु, नभए भगवानको मूल मन्त्रहरूको जप तथा ध्यान, होम आदि गर्नाले हजारौँ गुणा बढी फल मिल्ने शास्त्रोक्त वचन छ । यदि आफ्नो राशिको महादशा, अन्तर्दशा थाहा छ भने त्यसको जप गर्नाले ग्रहपीडा कमभर्इ नवग्रहको समिक कृपा प्राप्त हुनेछ । कुनै जातकको जन्म कुण्डलीमा चन्द्रग्रहण योग परेको छ भने त्यस्ता जातकले चन्द्रमा तथा शिवजीको उपासना गर्नाले अत्यन्त लाभकारी हुनेछ । यसका अतिरिक्त वाकसिद्धि, साधना आदिकोलागि पनि पूण्यकाल अर्थात् ग्रहणको समय उपयुक्त मानिन्छ । ग्रहणको पूण्यकालमा ब्रह्माचर्याको पालना गर्दै मनमा गलत विचार आउन नदिर्इ सकारात्मक विचारको मनन, चिन्तन गर्ने, धार्मिक गीत सङ्गीत तथा भजन गाउने वा सुन्ने, वेद, पुराण, उपनिषद्, गीता इत्यादि धार्मिक ग्रन्थको अध्ययन गर्दै मनलार्इ प्रसन्न बनाइराख्नु अत्यन्तै लाभदायक हुनेछ । ग्रहण प्राकृतिक घटना हो, त्यसैले ग्रहण तथा सूतकबाट भयभित हुनुहुँदैन । यसलार्इ सम्यक रूपले सकारात्मक पक्षबाट लिनुपर्दछ । यस खग्रास चन्द्रग्रहणले मनुष्यजीवन, जीवजन्तु तथा पर्यावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले ग्रहण तथा सूतकबाट भयभित नभर्इ ग्रहणलार्इ सम्यक रुपले सकारात्मक पक्षबाट लिन आवश्यक छ । ग्रहणको समयमा हाम्रो घरमा विकिरण तथा नकारात्मक उर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्नुहुँदैन, यसकासाथै दूध, दही, घ्यू, पानी, अचार आदि छ भने त्यसमा तुलसीपत्र वा कुश राख्नाले त्यस्ता खानेकुरालार्इ खराब नगर्ने शास्त्रीय मान्यता छ । यसका साथै घरको मुख्य द्वारमा या खानेकुरा छेउमा शुद्ध गार्इको गोबर राख्नाले ग्रहणबाट निस्कने विकिरण तथा नकारात्मक उर्जालार्इ रोक्ने काम गर्दछ, अतः गार्इको गोबर राख्नु राम्रो मानिन्छ । यसपटकको खग्रास चन्द्रग्रहण उत्तरषाढा र श्रवण नक्षत्रमा परेको हुनाले आउने ६ महिनासम्म उत्तरषाढा र श्रवण नक्षत्रमा कुनैपनि शुभकार्य वर्जित हुन्छ र यसका साथै उत्तरषाढा र श्रवण अर्थात् मकर राशिमा ग्रहणको योग परेककाले विशेषगरी मकर राशि तथा मकर लग्न भएका जातकलार्इ प्रतिकूल हुने देखिन्छ । यस बाहेकका मेषादि बाह्र राशिको आर्थिक ग्रहणफल यसप्रकार रहेको छ : मेष : आर्थिकस्तर सुध्रिनेछ । भौतिक सुख मिल्नेछ । वृष : व्यवसायमा नोक्सानी हुनेछ । मानहानी हुनेछ । मिथुन : शेयर बजार दुखदायी रहला । कष्ट मिल्नेछ । कर्कट : घरजग्गाको कारोबार कमजोर रहनेछ । स्त्रीपीडा हुनेछ । सिंह : कार्यमा सफलता मिल्नेछ । सुखदायी हुनेछ । कन्या : लगानी डुब्ने भय रहनेछ । चिन्ता बढ्नेछ । तुला : वित्तीय संथाको लगानी कमजोर रहनेछ । व्यथा बढ्नेछ । बृश्चिक : शेयर बजारबाट लाभ मिल्नेछ । श्री : प्राप्ति हुनेछ । धनु : धातुजन्य लगानीबाट नोक्सानी हुने । आर्थिक क्षति हुनेछ । मकर : पाटनरसीपमा गरेको लगानी कमजोर रहनेछ । घात हुनेछ । कुम्भ : खाद्यान्नको लगानी डुब्ने भय रहनेछ । खर्च बढ्नेछ । मीन : रोकिएको अधुरो काम बन्नेछ । आर्थिक लाभ हुनेछ ।
रोनाल्डोलाई कौडीको भाउ बेच्नु दुखद्, मेसीलाई यस्तो हुन दिन्नौं: जोसेफ भिभेस
काठमााडौं । बार्सिलोनाका सहायक प्रेसिडेन्ट जोसेफ भिभेसले रियल म्याड्रिडले खेलाडी प्रति असभ्य व्यवहार गरेको बताएका छन् । रोनाल्डोलाई रकममा बेचेर क्लबले खेलाडीको अपमान गरेको भिभेसले बताएका हुन् । बार्सिलोनाको टोली अमेरिका भ्रमणमा निस्कनु भन्दा पहिले पत्रकारसँग कुरा गर्दै भिभेसले भने-‘रोनाल्डो प्रति क्लबले जुन व्यवहार गर्यो यो निकै दुखद छ । यसबाट हामीलाई प्रश्न उठेको छ, बार्सिलोनाले मेसीलाई पनि यस्तै गर्छ ? तर म कल्पना सम्म पनि गर्न सक्दिन बार्सिलोनाले खेलाडीलाई अपमान गर्छ । रोनाल्डोलाई जुन व्यवहार गरियो यसबाट म निकै दुखी छु र केहि दिन फुटबलबाट टाढा भए, तर यस्तो अवस्था बार्सिलोनामा कदापी आउन दिन्न । ब्राजिलिय बिगंर बुधबार बार्सिलोना आइपुगेको छ, उनको सम्झौतामा मलाई पश्चाताप छैन । उनले बार्सिनालाई नयाँ शक्ति दिनेछन् ।’ मालकोमलाई इटालियन क्लब रोमाले ३५ मिलियनमा लिइसकेको खेलाडीलाई बार्सिलोनाले ४१ मिलियन तिर्दै क्याटलान तानेको थियो । समान्यतय फुटबलमा भावना पनि जोडिएको हुन्छ । रोनाल्डो यस युगको एक महान खेलाडी हुन् उनले मड्रिडमा ९ वर्ष बिताउँदा ४ वटा च्याम्पियान्स लिग जिताएका थिए । बार्सिलोनाले पछिल्लो समय जाभी हर्नाडेज, इनिस्टा जस्ता खेलाडीलाई ठूलो सम्मानको साथ बिदाई गरेको छ । मड्रिडले भने कासिलास पछि रोनाल्डोलाई अपमान गरी बेचेको छ । रोनाल्डोलाई युभेन्टस्ले ११७ मिलीयनमा अनुबन्ध गरेको थियो ।
शुक्रबार शताब्दीकै लामो खग्रास चन्द्रग्रहण लाग्ने, यी राशीका व्यक्तिले हेर्दा शुभ हुने
काठमाडौं । असार शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ । खग्रास चन्द्रग्रहणको समाप्ति राति २ बजेर ५८ मिनेटमा हुनेछ । राति २ बजेर ८ मिनेटमा ग्रहणको मध्य र ४ बजेर छ मिनेटमा अन्त्य हुने उनले बताए । कूल तीन घण्टा ५७ मिनेट ग्रहण रहनेछ । चन्द्रग्रहणले स्पर्श हुनुभन्दा नौ घण्टाअघि देखि बाल, वृद्ध र रोगी बाहेकलाई शास्त्रीय रुपमा भोजन निषेध गरिएको छ । ग्रहण लागेका बेला हवन, मन्त्र जप, मन्त्र लिने, मन्त्र सिद्धि गर्ने, दान गर्नेलगायत धार्मिक काम गर्न शुभ मानिन्छ । ग्रहण लागेका बेला सुत्न, दिसा, पिसाब, मैथुन गर्न नहुने धर्मसिन्धु, निर्णयसिन्धुलगायत शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए । यसैगरी, तेल लगाउन, खानपिन गर्न, कसैलाई बन्धनमा राख्न र मार्न पनि नहुने व्यवस्था छ । धर्मसिन्धु, निर्णयसिन्धुलगायत ग्रन्थमा भनिएको छ– निद्रायां जायते व्याधि मूत्रे दारिद्रयमाप्नुयात् । पुरीषे कृमियोनिश्च मैथुने ग्रामसूकरः ।। अभ्यञ्जने भवेत् कुष्ठी भोजने स्यादधोगति । वन्धनं च भवेत् सर्पः वधे च नरकं व्रजेत् ।। अर्थात् “सुते रोगी, दिसा गरे कीरा योनीमा जन्म, पिसाब गरे दरिद्रता, मैथुन गरेर गाउँको सुँगुर भई जन्मनुपर्ने, तेल लगाए कुष्ठरोगी, भोजन गरे अधोगति, कसैलाई बन्धनमा राखे सर्प योनीमा जन्म, मारे नरकमा पर्ने शास्त्रीय भनाइ छ”, उनले भने । पूर्णिमा तिथिका दिन सूर्य, चन्द्रमा र पृथ्वी एउटा सरल रेखामा पर्दा सूर्य र चन्द्रमा १८० डिग्रीमा हुन्छ । त्यसबेला सूर्य र चन्द्रमाको बीचमा पृथ्वी पर्छ । त्यस्तो अवस्थामा पृथ्वीको छायाँले चन्द्रमा ढाकिन्छ । पृथ्वी ठूलो भएकाले छायाँले चन्द्रमा पूरै ढाकिने भएकाले प्रायः खग्रास चन्द्रग्रहण लाग्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शुक्रबारको चन्द्रग्रहणमा विभिन्न राशि भएका मानिसलाई फरक फरक फल दिने समितिले स्वीकृत गरेका पञ्चाङ्गमा उल्लेख गरिएको छ । मेष राशि भएकालाई सुख, वृषलाई माननाश, मिथुनलाई कष्ट, कर्कट स्त्री पीडा, सिंह सुख, कन्या चिन्ता, तुला व्यथा, वृश्चिक स्त्री प्राप्ति, धनु क्षति, मकर घात, कुम्भ व्यय र मीन राशि भएका मानिसलाई लाभ मिल्नेछ । यस आधारमा शुक्रबार रातिको चन्द्रग्रहण मेष, सिंह, वृश्चिक र मीन राशि भएकाले हेर्नु हुने समितिका सदस्यसचिव ढुंगेलले बताए । अन्य आठ राशि भएकाले हेर्न नहुने समितिको ठहर छ । चन्द्रग्रहणका अवसरमा देशका विभिन्न स्थानमा हुने मौसमको पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको छ । शुक्रबार बेलुकीदेखि शनिबार बिहानसम्म सार्वजनिक अनुमान गरिएको मौसमको विवरणअनुसार दीपायलमा पूर्ण बदली भई हल्का वर्षा हुने सम्भावना छ । यसैगरी, वीरेन्द्रनगरमा पनि सामान्य एवम् पूर्ण बदली भई मध्यम वर्षा हुने सम्भावना छ । काठमाडौंमा पनि बदली भई हल्का वर्षा हुने अनुमान विभागले गरेको छ । धरानमा पनि बदली भई मध्यम वर्षा एवम् भारी वर्षा हुने सम्भावना छ । पोखरामा भने बदली भई हल्का वर्षा हुने सम्भावना रहेको विभागकी मौसमविद् विभूति पोखरेलले बताए । मौसम सफा भएका स्थानमा खग्रास चन्द्रग्रहण देख्न सकिने जनाइएको छ । शुक्रबार राति करीब एक घण्टा ४३ मिनेटसम्म लाग्ने खग्रास चन्द्रग्रहण अंग्रेजी पात्रोअनुसार एक्काइसौँ शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । ग्रहणको समयमा देखिने गाढा रातो रंगको चन्द्रमाको दृश्य खगोल तथा अन्तरिक्ष विज्ञानमा रुचि राख्नु हुने सबैका लागि एक सुनौलो तथा अभूतपूर्व अनुभव हुने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिएका छन् । खग्रास चन्द्रग्रहण अवलोकन गर्न चाहनेले निर्धक्क भएर आफ्नो घर अथवा खुल्ला चौरबाटै नाङ्गो आँखाले अवलोकन गर्न सक्नेछन् । वैज्ञानिक मतअनुसार चन्द्रग्रहण हेर्दा हानि नहुने उनले बताए । राति १२ बजेर ९ मिनेटमा शुरु हुने ग्रहणले चन्द्रमालाई ढाक्दै जाने क्रममा १ बजेर १५ मिनेट जाँदा पूरै ढाक्नेछ । अवलोकनकर्ताले १ बजेर १५ मिनेटदेखि एक घण्टा ४३ मिनेटसम्म अर्थात् दुई बजेर ५८ मिनेटसम्म चन्द्रमालाई तामा रंगमा देख्नेछन् । यस अवधिलाई खग्रास भनिन्छ । त्यसपछि ग्रहण क्रमशः कम हुँदै राति ४ बजेर ४ मिनेटमा सकिनेछ । टेलिस्कोपबाट हेर्न चाहने व्यक्तिले शुक्रबार राति साढे ११ देखि साढे चार बजेसम्म विशेष व्यवस्था गरिएको सोसाइटीले जनाएको छ । रासस