ब्राजिलमा हुने कोपा अमेरिका जित्न मेसी र गर्डिवाला चाहिन्छ: अर्जेन्टिना फुटबल एशोसियसन

काठमाडौं । अर्जेन्टिना फुटबल एशोसियसनले प्रशिक्षक जोर्जे साम्पोलीलाई बर्खास्त गरेपछि नयाँ प्रशिक्षकको खोजी सुरु गरेको छ ।एशोसियसनले प्रशिक्षकको लागि पहिलो प्रथमिकतामा इंग्लिस क्लब म्यान्चेस्टर सिटीका प्रशिक्षक पेप गर्डिवालालाई राखेको छ । एशोसियसनले लियोनल मेसिको सम्बन्ध गर्डिवासँग राम्रो रहेको बताउँदै उनलाई प्रशिक्षक बनाउन प्रयास थालेको छ । मेसि र गर्डिवालाले बार्सिलोनामा ४ वर्ष सँगै बिताएका थिए । उनीहरुबिचको सम्बन्ध अझै पनि उत्कृष्ट रहेको छ । गर्डिवालालाई प्रशिक्षक बनाउन अर्जेन्टिनालाई सजिलो छैन । उनी सिटीमा उच्च सुविधाकासाथ आक्रामक फुटबल खेलाइरहेका छन् । उनले सन् २०१७ १८ को प्रिमियर लिग समेत सिटीलाई जिताइसकेका छन् । उता एशोसियसनले भने पुरै शक्ति लगाएर गर्डिवालालाई प्रशिक्षक बनाउने तयारी थालेको छ । केहि समयअघि मात्रै गर्डिवालाले अर्जेन्टिानाका प्रशिक्षक बन्ने इच्छा प्रकट गरेको एशोसियसनले दाबी गरेको छ । कोपा अमेरिका सन् २०१९ मा ब्राजिलमा हुदैं छ । प्रतियोगितामा १२ देशले सहभागिता जनाउने छन् ।

आइसल्याण्डका फुटबल प्रशिक्षक हलग्रिमसन राजिनामा दिदैं दन्त चिकित्सामै फर्किए

काठमाडौं । आइसल्याण्डका मुख्य फुटबल प्रशिक्षक हेइमिर हलग्रिमसनले राजिनामा दिएका छन् । उनले प्रशिक्षकबाट राजिनामा दिदैं पुरानै पेशा दन्त चिकित्सकमा फर्किएका हुन् । हलग्रिमसनले २०१६ को विश्वकप र २०१८ को विश्वकप खेलाएका थिए । ३ लाख जनसंख्या रहेको आइसल्यान्डले युरो र विश्वकप राम्रो प्रर्दशन गरेर चर्चा बटुलेको थियो । राजीनामा पछि उनले भनेका छन्यो-‘ सजिलो पेशा होइन, यो पेशामा जति जोखिम अरु कुनै पेशामा छैन, म पहिले केहि दिन बिदामा बसेर फेरी पुरानै पेशामा फर्कन चाहान्छु ।’ ५१ वर्षिय हलग्रिमसनको सम्झौता अवधि सन् २०१८ को अन्तसम्म रहेको थियो तर उनले सो अगावै राजिनामा दिएका हुन् । आइल्यान्डले यरो कपको अन्तिम १६ मा इंल्यान्डलाई हराउदैं क्वाटरफाइनलमा प्रवेश गरेको थियो । विश्वकपमा पनि अर्जेन्टिनालाई बराबरीमा रोकेको थियो ।

३० हजार घुस लिएपछि इलेक्ट्रिसियन श्यामकिशोर भगत विरुद्ध मुद्दा दायर

काठमाडौं । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कलैया, बारामा कार्यरत इलेक्ट्रिसियन श्यामकिशोर भगत विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भगतले ३० हजार घुस लिएको पुष्टि गर्दै मुद्दा दायर गरको हो । भतले राइस मिल स्थापनाका लागि मिटर जडान गर्ने कार्यका लागि सेवाग्राहिसँग घुस मोपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिइ गएको टोलीले नियन्त्रणमा र्लिएको थियो । उनीमाथी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम कसुर गरेको देखिन आएकोले निजलाई बिगो ३० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र सोही दफाको उपदफा १ को देहाय ख बमोजिम कारबाहि हुनेछ ।