काठमाडौं– तराई द्रुतमार्गको डिपिआर संशोधन, दुई अर्ब दुई करोड लाग्ने
काठमाडौं । काठमाडौं तराई–मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) संशोधन गरिएको छ । लागत समय र लागत मूल्य घट्ने गरी द्रुतमार्गको प्रतिवेदन संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौँ–तराई –मधेश द्रुतमार्गको डिपीआर संशोधनको निर्णय गरेको हो । झण्डै दुई अर्ब दुई करोड लाग्ने र निर्माणको समय पनि घट्नेगरी द्रुतमार्गको डिपीआर संशोधन भएको मन्त्री ज्वालाले बताए । उनले भने, ‘सुरुङ मार्ग थपिँदा सडकको लम्वाइ र मूल्य दुबै घट्यो ।’ काठमाडौँ–मधेश ‘लाइफ लाइन’ का रुपमा रहेको द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । विसं २०७४ वैशाख २१ देखि निर्माण सुरु गरिएको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग हालसम्म २५ दशमलव ५४ प्रतिशत मात्र प्रगति भएको र विसं २०८३ साल चैत मसान्तसम्म सक्ने लक्ष्य लिइएको छ । दु्रतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टी जनाए । द्रुतमार्गको काम द्रुतगतिमा हुनुपर्ने भए पनि प्रगति हेर्दा आशावादी नभएको नेपाली सेनाका अधिकारीलाई मन्त्री ज्वालाले बताएको थियो । प्रतिवेदन संशोधन भएपछि लागत मूल्य पनि घट्ने भएको छ । दुई खर्ब १३ अर्ब नौ करोड ५३लाखको लागत रहेकामा संशोधनपछि दुई खर्ब ११ अर्ब नौ करोड ३० लाख आयोजनाको लागत रहने भएको छ । रासस
बेनी–जोमसोम सडकको बैसरीमा अवरुद्ध सडक १२ दिनपछि खुल्यो
म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तरगत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोला क्षेत्रमा अवरुद्ध सडक बाह्र दिनपछि सञ्चालन भएको छ । सडक माथिबाट पहिरो खसेका कारण बैसरी अँधेरीखोलामा आवरुद्ध भएको ७६ किलोमिटर दुरीको उक्त सडक आज बिहान १० बजेदेखि सञ्चालनमा आएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । आयोजनाका सुपरभाइजर ईन्द्रसिंह शेरचनले पानी व्यवस्थापनका साथै थुप्रिएको पहिरो हटाएर यातायात सञ्चालन गरिएको जानकारी दिए । ‘सडक खुलेपछि रोकिएका सवारी साधन गन्तब्यतर्फ लागेका छन्,’ उनले भने ‘मौसममा सुधार आएपछि सडक मर्मत र पहिरो पन्छाउने काम गर्न सकियो ।’ ‘डोजरको सहायताले छरिएको पानीको स्रोतलाई एकितृत गरी खोला बगाएर झारिरहेका छौँ,’ बेनी जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले भने, ‘करिब दुई सय मिटर लामो पहिरो यसरी नै बगायो । माटो जति पानीले बगाउने र खस्न सक्ने ढुङ्गा डोजर लगाएर खसालेका छौँ । अडिन सक्नेलाई चलाएको छैन् । गेगर बगाएपछि पहिरो खस्ने ठाउँमा चटृान भेटिएको छ ।’ भूमिगत पानीका कारण सिर्जना भएको पहिरो रोकथामका लागि आयोजनाले नयाँ अभ्यास गरेको उनले जानकारी दिए । पहिरो व्यवस्थापन गर्न प्रयोग भएको खोल्साको पानीलाई पाइपमार्फत सुरक्षितरुपमा खोल्साबाट बगाइएको छ । पहिरो पन्छाउनका लागि साउन २८ गतेदेखि ३२ गतेसम्म बेनी–जोमसोम सडकको घुमाउनेताल–बेगखोला खण्डमा पूर्णरुपमा यातायात बन्द गरिएको थियो । बैसरीको पहिरोले सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको थियो । बेनीदेखि पोखरेबगरतर्फ जाँदै गरेको ग १ ज ६८२० नम्बरको जिप गुडिरहेको अवस्थामा पहिरोमा परेर चालक अन्नपूर्ण गाउँपालिका–७ महभिरका ४० वर्षीय लुकजन शेरपुजा घाइते भएका थिए । पहिरोले पुरेको जिप निकालिएको छ । सवारी धनीसमेत रहेका शेरपुञ्जाको अहिले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । रासस
काठमाडौं–तराई द्रुतमार्गको डिपीआर संशोधनः लागत र समय घट्यो, सुरुङ थपियो
फाइल फाेटाे काठमाडौं । काठमाडौं–तराई मधेश द्रुतमार्गको डिपीआर संशोधन भएको छ । लागत समय र मुल्य घटनेगरी द्रुतमार्गको डिपीआर संशोधन भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले काठमाडौं–तराई मधेश द्रुतमार्गको डिपीआर संशोधन गरेको हो । ‘करिव २ अर्ब २ करोड लागत मुल्य र निर्माणको समयपनि घट्नेगरी द्रुतमार्गको डिपीआर संशोधन भएको छ’ मन्त्री ज्वालाले भने, ‘सुरुङ मार्ग थपिदा सडकको लम्वाई घट्यो र मुल्य दुवै घट्यो ।’ काठमाडौं–मधेश लाइफ लाइनका रुपमा रहेको द्रुतमार्ग नेपाली सेनाको ब्यवस्थापनमा निर्माण कार्य भइरहेको छ । २०७४ साल बैशाख २१ देखि निर्माण कार्य शुरु गरिएको काठमाडौं तराई मधेश द्रुत मार्ग हालसम्म २५.५४ प्रतिशत मात्र प्रगति भएको छ । २०८३ साल चैत्र मसान्तसम्म सक्ने लक्ष्य लिइएको द्रुतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टी जनाउँदै आएका छन् । ‘द्रुतमार्गको काम द्रुत गतिमा हुनुपर्ने हो तर प्रगति हेर्दा आशावादी छैन’ नेपाली सेनाका अधिकारीहरुसँग मन्त्री ज्वालाको भनाई थियो । डिपीआर संशोधन भएपनि लागत मुल्य पनि घट्ने भएको छ । २ खर्व १३ अर्ब ९ करोड ५३ लाख रुपैयाँको लागत रहेकोमा संशोधनपछि २ खर्व ११ अर्ब ९ करोड ३० लाख रुपैयाँ आयोजनाको लागत रहने भएको छ । केही सुरुङ, केही ग्यालरी सुरुङ बन्ने भएका छन् ।