सलाम एयरको कार्यक्रममा ७५ जनाले गरे रक्तदान

काठमाडौँ । आइएमई ट्राभल्स जिएसए भई विगत सेप्टेम्बरदेखि संचालनमा रहेको सलाम एयरको आयोजनामा लाजिम्पाटस्थित कार्यालय प्रङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा कूल पचहत्तर (७५) जनाले रक्तदान गरेका थिए । दुर्लभ रक्त समुह भएका भोला सापकोटा, पर्यटन व्यवसायी तथा उक्त व्यवसायसँग सम्बद्ध कर्मचारी लगायत सलाम एयर तथा आइएमई ट्राभल्सका कर्मचारीहरुले रक्तदान गरेका थिए । रक्तदान जस्तो पबित्र सामाजिक कार्यमा सरिक हुने सवैलाई अध्यक्ष ढकालले धन्यवाद दिए । सलाम एयरलायन्सले आफ्नो सामाजिक उत्तरदायित्वको भावनालाई मध्येनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको आइएमई ट्राभल्स तथा सलाम एयर काठमाडौँका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले बताए ।

एनसीसी बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा विशेष छुट

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) र ह्याम्स अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरmलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र ह्याम्स अस्पतालका तर्फबाट अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरmले ह्याम्स अस्पतालका सेवाहरmमा विशेष छुट पाउनेछन् । बैंकका ग्राहकहरmले उक्त छुट बैैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

ग्रीनसिटी अस्पतालमा निशुल्क शल्यक्रिया, रविनाले पाइन् नयाँ जीवन

काठमाडौँ । आठ बर्षसम्म जीबन मरणको संघारमा रहेकी दाङ्ग जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ की रविना योगीले मलद्धारको शल्यक्रिया भएपछि नयाँ जीबन पाएकी छन् । आर्थिक अवस्था अत्यन्त कमजोर रहेको परिवारको सदस्य रहेकी योगीको अबस्थाको जानकारी पाउना साथ बसुन्धरा स्थित ग्रीनसिटी अस्पतालले आफ्नै अस्पतालमा बोलाई उनको निःशुल्क अप्रेशन गरिदिएपछि उनको परिवारले आफनो छोरीले नयाँ जीवन पाएको बताएको छ । बरिष्ठ वालशल्य चिकित्सक डा. गेहराज दाहालको नेतृत्वमा एनेस्थेसियामा डा. आशिष अमात्य र स्टाफ नर्सहरुको टोलीले पाँच घण्टा लगाएर उनको मलद्धारको अप्रेशन गरिएको थियो । त्यसअघि उनलाई अन्य बिभिन्न अस्पतालमा उपचारका लागि लगिएको तर अप्रेशन सफल हुन नसकेको योगीका परिवारले बताएका छन । ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले यस्तो खालको सेवागर्ने अबसर अस्पताले पायो भने जुनसुकै बेला तयार रहेको बताए । ग्रीनसिटीले यसअघि आर्थिक विपन्नताका कारण लामो समयसम्म उपचार नपाएका मलद्वार विहिनदुई दलितवालिकाहरु ९ महिना उमेरकी लोकमाया सुनार र १३ वर्षिया लिला विकको निःशुल्क उपचार गरेको थियो । कुपण्डोलको सडकमा खुट्टा सुनिएको अबस्थामा मागेर बसेका दष्टिबिहीन दम्पत्ति सन्त मुखिया र उनकी श्रीमतीलाई १५ दिन सम्म अस्पतालमै भर्ना गरी पुर्ण स्वास्थ्य बनाएर पठाइएको थियो भने अहिले सम्म १८ वटा मुटुको अप्रेशन निुशुल्क गरिएको अस्पातालले जनाएको छ ।