विश्वका ९० प्रतिशतभन्दा बढीले अस्वच्छ स्वास लिन्छन्ः डब्लुएचओ
स्विट्जरल्याण्ड, १२ असोज । विश्वका रहेक दश जनामध्ये नौ जनाले अस्वच्छ स्वास लिनेगरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ । सो सङ्गठनले यस प्रदूषणका विरुद्धमा नाटकियरुपमा काम गर्न पनि सबैलाई आह्वान गरेको छ । प्रदूषित स्वासप्रश्वासकै कारण विश्वमा रहेक वर्ष ६० लाख व्यक्तिको मृत्यु हुने गरेको सो संस्थाको तथ्याङ्क रहेको छ । सङ्गठनको सार्वजनिक स्वास्थ्य तथा वातावरण विभागकी प्रमुख मरिया नेइराले नयाँ तथ्यबाट आफूहरु निकै चिन्तित भएको बताएका छन् । सङ्गठनले तयार पारेको पछिल्लो प्रतिवेदनअनुसार, विश्वका महत्वपूर्ण सहरबजारमा निकै प्रदूषित हावा छ भने, ग्रामीणक्षेत्रमा पनि सन्तोषजनक देखिएको छैन । विश्वका विकसित मुलुकमा भन्दा गरिव मुुलुकमा स्वच्छ हावाको अभाव देखिएको छ । यस प्रदूषणले विश्वका हरेक व्यक्तिलगायत समाजलाई असर पारेको छ । “यो सार्वजनिक स्वास्थ्यको आपतकालिन अवस्था हो,” नेइराले भने, “प्रदूषण नियन्त्रणका लागि तत्काल प्रशस्त काम गर्नु अत्यावश्यक छ ।” विश्वका सबै सरकारी निकायले सडकमा सवारी साधनको सङ्ख्या घटाउनुपर्दछ भने पकाउनका लागि स्वच्छ ऊर्जाको प्रयोग गर्नुपर्दछ,” प्रतिवेदनमा जनाइएको छ । विश्वका तीन हजार ठाउँबाट मगाइएका विवरणका आधारमा प्रतिवेदन तयार पारिएको बताइएको छ । ती विवरणका अनुसार विश्वको ९२ प्रतिशत जनसङ्ख्या गुणस्तरहिन हावा भएको ठाउँमा बसेका छन् । रासस÷एएफपी
एमबिबिएस शुल्क सिफारिस, प्रतिविद्यार्थी ४८ देखि ६२ लाख रुपैयाँसम्म शुल्क लिन सिफारिस
काठमाडौं १०, भदौ । चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तह अध्ययनका लागि गठित समितिले नयाँ शुल्क सिफारिस गरिएको छ। शिक्षा मन्त्रालयद्वारा गत असारमा गठित शुल्क निर्धारण समितिले विभिन्न वर्गीकरणका आधारमा प्रतिविद्यार्थी ४८ देखि ६२ लाख रुपैयाँसम्म शुल्क लिन सिफारिस गरेको समाचार सोमबारको नागरिक दैनिकमा छापिएको छ । न्यूनतम शुल्क ३२ लाख रुपैयाँ भने सरकारी प्रतिष्ठान एवं संस्थामा मात्र लागू हुनेछ । अधिकांश कलेजका सबैजसो सिट ४८ लाख रुपैयाँ शुल्क लिन पाउने गरी सिफारिस गरिएको समितिका एक सदस्यले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष समितिले शनिबारै प्रतिवेदन बुझाएको हो। दाहालले तत्कालै मन्त्रिपरिषद् लगेर प्रतिवेदन लागू गराउने वचन दिइसकेका छन् । समिति संयोजक डा। शिवकुमार राईले भने प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइएकाले मन्त्रिपरिषद्ले पास नगरेसम्म केही बताउन नमिन्ने बताए । गत असार २६ गते मन्त्रिपरिषद् बैठकले डा। शिवकुमार राईको संयोजकत्वमा सातसदस्यीय चिकित्सा शिक्षा शुल्क निर्धारण समिति गठन गरेको थियो । समितिले अधिकतम सिट संख्या १ सय १५ हुने कलेजका लागि ४८ लाख रुपैयाँ निर्धारण गरेको हो । कलेजको नियमित लागत, छात्रवृत्ति लागतसमेत हेरेर शुल्क निर्धारण गरिएको समितिको दाबी छ । स्रोतका अनुसार समितिले छात्रवृत्ति, रेगुलर र कमर्सियल गरी तीन प्रकारका सिट तोकेको छ जसअनुसार कम्तीमा कुल सिटको १÷३ मात्रै कर्मसियल हुने र ती सिटमा ४८ लाख शुल्कमा २५ प्रतिशतसम्म थप गरेर ६२ लाखसम्म लिन सकिने समितिले सुझाव दिएको छ । कर्मसियल सिटका लागि छुट्टै परीक्षा लिनसमेत समितिको सिफारिस छ। यसअघि त्रिवि पूर्वउपकुलपति केदारभक्त माथेमा प्रतिवेदनले उपत्यकाबाहिर र भित्र दुई आधारमा शुल्क तोक्न भनेकोमा यो आधार वैज्ञानिक नभएको समितिको निष्कर्ष छ । चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलले उपत्यकामा ३५ लाख र उपत्यकाबाहिर ३८ लाख शुल्क सिफारिस गरेको थियो । सो शुल्कसीमा एक वर्षमा र त्यसपछि प्रत्येक दुई वर्षमा आर्थिक वृद्धिदरका आधारमा बढाउँदै लैजाने सिफारिस कार्यदलको थियो तर समितिले यो सर्त र सुझावभन्दा बाहिर गएर सिफारिस गरेको देखिएको छ । समितिमा यसपटक निजी कलेज सञ्चालक नै सदस्य भएर आएका थिए । सरकारले समिति बनाएपछि केही चिकित्सकले सुरुमै बस्न इन्कार गरेपछि समिति परिमार्जन गरिएको थियो । अघिल्लो वर्ष शुल्क सुझाव अटेर गरेका निजी क्षेत्र पनि समितिमा सम्मिलित भएकाले यसपटकको लागू हुने सरकारी बुझाइ छ ।
अब महिला विना नै पुरुषले बच्चा जन्माउन सक्ने ! बैज्ञानिकले गरे सफल परिक्षण
काठमाडौं, १० असोज। अब महिलाविना पनि बच्चाको कल्पना गर्न सकिने भएको छ। बैज्ञानिकहरुले महिला विना नै पुरुषले बच्चा जन्माउन सक्ने सम्भावना बढ्दै गएको बताएका छन् । मुसामा गरिएको एक अध्यनबाट यस्तो सम्भावना दिएको बैज्ञानिकहरुको भनाइ छ। केवल शुक्राणुको मद्दत लिएर यो परीक्षण गरिएको थियो । नेचर कम्युनिकेशन जर्नलमा प्रकाशित शोधको निष्कर्षमा भविष्यमा बच्चा पाउनका लागि महिलाको आवश्यकता नपर्ने सम्भावना औल्याइएको छ। बाथ युनिभर्सिटीका बैज्ञानिकहरुले एक अनषेचित अण्डाको प्रयोग गरेर रसायनको मद्धतबाट नक्कली भ्रुण पैदा गरेका थिए । यो नक्कली जिवित भ्रुणमा आम कोशिकामा जस्तै विभाजन हुने पक्रिया देखियो । शोधकर्ताहरुले मुसामा सफल भएको यो परीक्षण मानिसमा पनि सुदुर भविष्यमा लागु हुन सक्ने बताएका छन् । यो प्रक्रियामा कुनै पनि शुक्राणुबाट भ्रुण पैदा गर्नका लागि महिलाको आवश्यकता पर्दैन । भ्रुण उत्पादनका लागि रसायनको प्रयोग गर्न सकिने बैज्ञानिकहरुको आशा छ । एजेन्सीको सहयोगमा