धुपको धुवाँ चुरोट भन्दा पनि खतरनाक

भारत। धुप हाम्रो घरमा प्रयोग हुने एकदमै महत्वोपूर्ण वस्तु हो। शान्ती र समृद्धिको प्रतिकको रुपमा पनि लिईने धुपको सुगन्धले भित्रैबाट आनन्द महशुस गराउँदछ। तर एक अध्यनबाट वैज्ञानिकहरुले धुपले स्वास्थ्यलाई धेरै नै असार गर्ने बताएका छन्। २०१५ मा स्प्रिङरको जर्नल पर्यावरणीय रसायनशास्त्र पत्रमा प्रकाशित भएको चिनको अध्ययनले धुप र चुरोटको धुवाँको दाँजोमा धुपमा बढी खतरनाक रसायनहरु भएको बताएको थियो। अध्ययनले धुपमा पाइने केही रसायनहरु चुरोटमा पनि पाईने बताएको छ। अध्ययनले धुपको नजिक लामो समय सम्म रहँदा शरीरको डिएनएमा नै परिवर्तन ल्याउने र यसमा विभिन्न प्रकारका विषाक्त पदार्थहरू जस्तै मुटाजेनिक, जेनोटोक्सिक र साइटोटोक्सिक हुने र यसले क्यान्सर र फोक्सोको रोगहरु लाग्ने अनुसन्धानकर्ताहरु बताउँछन्। यस्तै धुपको धुवाँ श्वासप्रश्वास नलीमा जम्मा भई त्यसभागमा जलन हुने अध्यनले बताउँदछ। यसमा साना-साना ६४ भन्दा बढी कणहरु भएको कारण यो स्वास्थ्यको लागि हानिकारक भएको अनुसन्धानकर्ताहरुको भनाई रहेको छ। टाईम्स अफ ईण्डियाको सहयोगमा

चालु आर्थिक बर्षमा १ हजार ५७ मुटुको शल्यकृया, १ लाख भन्दा बढीलाई ओपिडी सेवा

काठमाडौं। चालु आर्थिक बर्षमा १०५७ बिरामीको मुटुको शल्यकृया भएको छ। सोमबार संसदमा प्रकाशित आर्थिक सर्वक्षणले आर्थिक बर्ष २०७५/७६ को फागुन महिना सम्मामा १०५७ बिरामीको मुटुको शल्यकृया भएको देखाएको हो। सर्वक्षण अनुसार यसमा १५ बर्ष मुनिका ६०१ बालबालिकाको र ७५ बर्ष भन्दा माथिको ४५६ बिरामीको मुटुको शल्यकृया भएको देखाएको हो। आर्थिक बर्ष २०७५/७६ को फागुनसम्म १ लाख ४ हजार ४ सय ७४ मुटुको बिरामीहरुलाई बहिरङ्ग मार्फत स्वास्थ्य सेवा उपलब्ध गराईएको छ। त्यस्तै ११८८ बिरामीको विभिन्न खाले मुटुको शल्यकृया तथा ५१२९ बिरामीको क्याथल्याब मार्फत उपचार गरिएको छ। यस अवधिमा १२५७ विद्यार्थीको एन्जियोप्लास्टिक र १९३५ बिरामीको क्याथल्याब गरिएको छ। यस्तै ४४३३ विपन्न नागरिकले मुटुको उपचारको लागि औषधी उपचार खर्च पाएका छन्।

ज्योति लाइफका ग्राहकलाई लुम्बिनी हस्पिटलमा विशेष छुट

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स र बुटवल स्थित लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्ड बाहक तथा निजका परिवारका सदस्यहरुले अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् । सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र अस्पतालका कार्यकारी निर्देशक भीम तुलाचनले हस्ताक्षर गरेका छन् ।