४४ करोड मूल्य बराबरको परिवार नियोजनका साधन आयात, २६ करोडको कण्डम मात्र

काठमाडौं, १२ साउन । परिवार नियोजनका अस्थायी साधनहरुको प्रयोग बढेको छ । नेपालीले एकै बर्ष ४४ करोड ८४ लाख रुपैंयाँका त्यस्तो साधन प्रयोग गरेका छन् । त्यसमा पुरुषले २६ करोड १५ लाख रुपैंयाँ बराबरका साधन प्रयोग गरेका छन भने महिलाले १८ करोड ६९ लाख रुपैंयाँ बराबरका साधन उपयोग भएको छ । पुरुषले एक वर्षमा १२ लाख ४३ हजार किलो अस्थायी साधन प्रयोग गरेको देखिन्छ भने महिलाले २० लाख २३ हजार किलो अस्थायी साधन उपयोग भएको छ । पुरुषले सबै भन्दा धेरै कण्डम, प्यान्थर, ढाल प्रयोग गरेको देखिन्छ । महिलाका हकमा भने अस्थायी साधनका रुपमा निलोकन ह्वाइट, आइसीयुडी तथा बिभिन्न ट्याबलेटहरुको प्रयोग भएको देखिन्छ । आयात निर्यातको तथ्यांक राख्ने व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले तयार पारेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/७२ मा सो मात्रामा परिवार नियोजनका अस्थायी साधन आयात भएको हो । नेपालले १९ करोड ६४ लाख रुपैंयाँ बराबरको ८ लाख १८ हजार किलो कण्डम तथा प्यान्थर र ढाल लगायतका पुरुषले प्रयोग गर्ने अस्थायी साधन भारतबाट भित्र्याएको छ । त्यस्तै, पाँच करोेड ९१ लाख रुपैंयाँ बरारबका महिलाले प्रयोग गर्ने २० लाख किलो साधन भारतबाट आयात गरेको छ । नेपालले ११ मुलुकबाट पुरुषले प्रयोग गर्ने कण्डम लगायतका साधन आयात गरेको छ । त्यसमा भारत, चीन, बंगलादेश, कोरिया, जापान, मलेसिया, सिंगापुर, नेदरल्याण्ड, थाइल्याण्ड, युके, र अमेरिकाबाट त्यस्ता समान भित्रिएका छन् ।महिलाले प्रयोग गर्ने ट्याबलेट लगायतका समानहरु १७ देशबाट ल्याइएका छन् । जर्मनी, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, हंगेरी, स्पेन, ताइवान, थाइल्याण्ड,इण्डोनेसिया, नेदरल्याण्ड, चीन, बंगलादेश, भारत, बेल्जियम, बेलायत र अमेरिकाबाट महिलाले प्रयोग गर्ने ल्याइएको छ ।

नीजि मेडिकल कलेजले तीन दिन पर्खने, चौथो दिनदेखि कडा आन्दोलन

काठमाडौं, ५ साउन । नीजि मेडिकल कलेजहरुले आफ्ना माग पुरा गराउन तीन दिने अल्टिमेटम दिएका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गनर्दै उनीहरुले आन्दोलनको रुप परिवर्तनका लागि ३ दिन पर्ख र हेरको नीति अवलम्बन गर्ने बताएका हुन् । सरकारले आफ्ना माग प्रति वेवास्था गरेको बताउँदै उनीहरुले अब कडा आन्दोलन थाल्ने घोषणा समेत गरे । एशोशिएसन अफ प्राईभेट मेडिकल कलेजले नेपालको चिकित्सा क्षेत्रमा देखिको अन्तरद्धन्द्ध र त्यसको समाधानका लागि सरकारले संवाद आरम्भ गर्नुपर्ने बताएको छ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एशोशिएसन अफ प्राईभेट मेडिकल कलेजका अध्यक्ष डाक्टर भोला रिजालले व्यक्ति उठाएर उग्र आन्दोलन गर्ने र जनताले स्वास्थ्य शिक्षा पाउनु हुदैन भन्ने मान्यताको बिरोध गरे । अनसनले नै सबै माग पुरा हुनेभए आफुहरुका लागी पनि अनसन ठुलो कुरा नभएको बताए । बिराट मेडिकल कलेजका अध्यक्ष डाक्टर ज्ञानेन्द्रमानसिंह कार्कीले गोविन्द केसि कुनै कोणबाट सहि नभएको आरोप लगाए । नीजि क्षेत्रलाई मासेर लाखौँको रोजगारी खोस्ने अनी मेडिकल कलेजको सिट कटौंति गर्न लगाएर स्वदेशमा पढ्ने विद्यार्थीको अधिकार खोस्ने व्यक्ति कहि कतैबाट राष्ट्रको हितमा हुनै नसक्ने उनको आरोप थियो । एशोशिएसनले पत्रकार सम्मेलन मार्फत ८ वटा मागहरु अगाडि सारेको छ । उसले सिट संख्या कटौति गर्न नहुने, विदेशी विद्यार्थीहरुलाई समेत स्वदेशमा पठन पाठन गर्ने वातावरणको सृजना गर्नुपर्ने लगायतका माग अघि सारेको हो ।

काभ्रेमा एक हजार ८०० बालबालिकामा कुपोषण

बनेपा, ४ साउन । भूकम्पपछि काभ्रेपलाञ्चोकमा झन्डै एक हजार ८०० बालबालिकामा कुपोषणको समस्या देखिएको छ । कुपोषित बालबालिकामध्ये शीघ्र कुपोषित ९कडा कुपोषण० भएका बालबालिका ९८ जना रहेका छन् । विगत एक महिनादेखि जिल्लाका विभिन्न गाविस र नगरपालिकामा भएको सर्वेक्षणमा बसाइँसराइ र पोषिलो खानेकुराको अभावमा ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा त्यस्तो समस्या देखिएको गैर सरकारी संस्था नेपाली प्राविधिक समूह (एनट्याग) का जिल्ला संयोजक रवी न्यौपानेले जानकारी दिए । “अहिले पनि हाम्रो काम जारी छ, सम्भवतः तीन सातामा काम सकिएला, त्यसैले यो सङ्ख्या अझै बढनसक्छ” उनले भने । जिल्ला संयोजक न्यौपानेले भूकम्पअघि पनि कुपोषणको समस्या बालबालिकामा रहेको तर भूकम्पपछि अझै बढेको उल्लेख गर्दै ९०० जना सुत्केरी तथा गर्भवतीमा पनि कुपोषणको समस्या देखिएको जानकारी दिए । सुत्केरी तथा गर्भवतीमा देखिएको कुपोषण मध्यम खालको हो । उनका अनुसार बालबालिकाको तौल, उचाइ र पाखुराको नापका आधारमा बालबालिकामा कुपोषण भएको पत्ता लगाइएको हो । जिल्लाका ३६ वटा स्वास्थ्य केन्द्रमा प्राविधिक समूहको सहयोगमा खाना वितरण गरेर उपचार थालिएको छ । शीघ्र कुपोषित (कडा कुपोषण) भएका बालबालिकाको जिल्ला अस्पताल मेथिनकोटमा विशेष उपचार केन्द्र स्थापना गरेर उपचार भइरहेको छ । जिल्लाका ३६ हजार २७५ हजार बालबालिकामा कुपोषणको परीक्षण गरिने एनट्यागले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख डा। अर्जुन सापकोटाले भूकम्पपछिको खानपान र जीवनशैलीका कारण बालबालिकामा कुपोषण देखिएको विश्लेषण सुनाए। “भूकम्पले निम्ताएको सङ्कट र गरिबी नै कुपोषणको प्रमुख कारण हो,” उनले भने । रासस