चन्द्रागिरीमा २५ शैयाको सामुदायिक अस्पताल बन्दै, लगानी ७ करोड, २ वर्षमा सञ्चालन

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा ७ करोडको लगानीमा २५ शैयाको सामुदायिक अस्पताल बन्ने भएको छ । चन्द्रागिरी  नगरपालिका वडा नं ८ बौथली चोकमा मातातीर्थ सामुदायिक अस्पताल बनाउन लागिएको हो । प्रदेश सरकार, चन्द्रागिरि नगरपालिका र जिल्ला समन्वय समितिको सहकार्यमा अस्पताल निर्माण हुन लागेको हो । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर ८ का अध्यक्ष सन्तोस खड्काका अनुसार अस्पतालबाट सबै किसिमको सेवा सुविधा प्रदान हुनेछ । सामुदायिक अस्पताल ५ रोपनी क्षेत्रफलमा अस्पताल बन्ने उनले बताए । अस्पताल निर्माणका लागि राष्ट्रिय निर्माण कम्पनीले ठेक्का पाएको र २ वर्षमा अस्पताल निर्माण भई सञ्चालनमा आउने छ । चन्द्रागिरि नगरपालिका स्थित बौथलीचोकमा रहेको हेल्थपोस्टलाई अस्पतालका रुपमा बिस्तार गर्न लागिएको हो । चन्द्रागिरि नगरपालिकामा कुनैपनि समुदायिक र सरकारी अस्पताल नभएकाले स्थानीय स्तरमा नै राम्रो सेवा प्रदान गर्नेको लागि अस्पताल निर्माण हुन लागेको हो । हस्पिटल बनेपछि वडा नं १ खेदि १५ सम्मका सबैले सेवाग्राहीहरुले सजिलै सेवा पाउने वडाध्यक्ष खड्काले विश्वास व्यक्त गरे । चारै नाकामा प्रसुति हस्पिटलको शाखा खुल्दै यता, काठमाडौं उपत्यकाबाट बाहिर निस्कने तथा भित्र छिर्ने ४ वटै मुख्य नाकाहरुमा हस्पिटल बन्ने भएको छ । काठमाडौको पूर्वतर्फ भक्तपुरको साँगा, पश्चिमतर्फ थानकोट, उत्तरतर्फ नागार्जुन र दक्षिणतर्फ दक्षिणकाली क्षेत्रमा हस्पिटल बन्ने भएको हो । प्रसुति गृहको शाखाका रुपमा पहिलो चरणमा चन्द्रागिरि नगरपालिका अन्तर्गत रहेको थानकोट क्षेत्रमा हस्पिटल बनाइने बताइएको छ । उक्त हस्पिटलका लागि प्रसुति गृहका प्रमुख जागेश्वर गौतमको नेतृत्वमा गएको जर्मन विज्ञ टोलीले सम्भाव्यता अध्ययन समेत गरेको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले बताए । उक्त हस्पिटलका लागि नगरपालिकाले प्रसुति गृह अस्पताल र शहरी विकास केन्द्रसँग समन्वय गरी निर्माण कार्य अघि बढाउने जिम्मेवारी पाएको छ । उक्त हस्पिटलमा प्रारम्भमा प्रसुति सेवा मात्र उपलब्ध हुने भएपनि बिस्तारै जनरल ओपिडी, आँखा, दाँत, क्षयरोग लगायतका सेवा समेत उपलब्ध गराइने छ ।    

ज्योतिलाईफका ग्राहकलाई समर अस्पताल जनकपुरमा विशेष छुट

काठमाडौँ । ज्योतिलाइफ इन्स्योरेन्स र जनकपुर स्थित समर अस्पतालबीचस्वास्थ्य सेवामा साझेदारी गर्ने सम्झौता भएको छ । उक्त सम्झौतामा ज्योतिलाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले अस्पतालबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् । सम्झौतापत्रमा ज्योतिलाईफइन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र समर अस्पतालका प्रबन्ध निर्देशक डा. सुजित यादवले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता ज्योतिलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रदेश नं २ का क्षेत्रीय प्रबन्धक दिपेन्द्र यादवले आदान प्रदान गरेका थिए ।

एनआईसी एशियाका ग्राहकलाई सीपी हस्पिटल धनगढीमा २० प्रतिशत छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र सीपी हस्पिटल, प्रालि धनगढी चटकपुरबीच सम्झौता भएको छ । बैंकका कर्मचारी, बैंकका डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई सीपी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख टेकराज भट्ट र सीपी हस्पिटलको तर्फबाट हस्पिटलका प्रशासन निर्देशक विकास मौनीले हस्ताक्षर गरेका हुन् ।