एनआईसी एशियाका ग्राहकलाई चिरायु हस्पिटलमा २० प्रतिशत छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्यूट प्रालि बसुन्धरा, काठमाडौंबीच सम्झौता भएको छ । बैंकका कर्मचारीलाई चिरायु हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट र बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र चिरायु हस्पिटलको तर्फबाट हस्पिटलका निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेका हुन् ।

जनता बैंकका ग्राहकलाई ओम हस्पिटलमा विशेष छुट

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चाबहिलबीच बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुलाई स्वस्थ्य सेवामा छुट सम्बन्धि संझौता सम्पन्न भएको छ । संझौता पत्रमा हस्पिटलका प्रबन्ध संचालक बाबुकाजी कार्की र जनता बैंक चाबहिल शाखाका शाखा प्रबन्धक सुरेश गौतमले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालबाट बिशेष छुट प्राप्त गर्नेछन् ।

बेलुका ७ देखी १० बजे रुँदा सबैभन्दा बढी वजन घट्ने

काठमाडौं। एसियावानले सार्वजनिक गरेको नयाँ अध्ययन अनुसार मानिसहरूले रुदाँ र भावनाहरूलाई पोख्दा वजन घट्ने देखिएको छ। यो सम्भव छ र यसको पछि वैज्ञानीक कारणहरु पनि रहेका छन्। जब हामी रुन्छौं हाम्रो शरीरबाट कन्ट्रोसिल नामको हार्मोन निस्कन्छ। यो हार्मोन शरीरबाट बढी मात्रामा निस्कँदा यसले शरीरमा भएको बोसोलाई पगाल्ने गर्दछ। साथै तनाव-दुखका कारण निस्किएका आसुँले हाम्रो शरीरबाट विषाक्त पदार्थहरू हटाउन मदत गर्दछ जुन वजन घट्नको लागि राम्रो तरिका हो। यो अध्ययनको निष्कर्ष प्रसिद्ध जैव रसायनज्ञ विलियम फ्रेीले समर्थन गरेका छन्। यदी तपाई त्यस्तो व्यक्तीमा पर्नुहुन्छ जो सजिलाई रुदैनन् भने यो त्यस्ता व्यक्तीको लागि भने यो तरिका वजन घटाउनको लागि काम गर्दैन। अध्ययनको अनुसार यदि तपाई भित्री मनबाट दुखी भएर रुनुभएको छ भने मात्र तपाईले आफ्नो शरिरको बोसो पघाल्न सक्नुहुन्छ। आँसु तीन प्रकारका हुन्छन् : बेसल, रिफ्लेक्स र साइकिक। बेसल आँसुले हाम्रो आँखालाई रसिलो राख्न मद्दत गर्दछ, रिफ्लेक्स आँसु धुवाँ-धुलो र प्रदुशणको कारण हुने गर्दछ र साईकिक आँसुहरु मानव भावनासँग जोडिएका हुन्छन्। यसको अर्थ मात्र साईकिक आँसुले मात्र तपाईको वजन घटाउन मद्त गर्द्छ। जब हामी तनावमा हुन्छौं तब हाम्रो मुटुको धड्कन बढेर जान्छ। मुटुको धड्कन बढ्दा हृदय मांसपेशिहरुले शरीरको क्यालोरीलाई घटाउन मद्त गर्दछ। त्यस्तै साँझको ७ देखी १० बजेको समय रुनको लागि धेरै राम्रो रहेको बताईन्छ किनभने यो समयमा भावनामा डुबेर रुँदा धेरै मात्रामा कन्ट्रोसिल हार्मोनहरु निस्कन्छ। (टाईम्स अफ ईण्डियाबाट नेपालीमा उल्था गरिएको)