नबिल बैंकद्वारा वीभीएस नेपाललाई १ लाख सहयोग प्रदान
काठमाडौं । नबिल बैंकले असार १९ गते बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाल(वीभीएस नेपाल)लाई एकलाख रुपैयां वरावरको आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम आगलागीबाट पीडित बिरामीहरुको उपचार, आहार बिहार, परामर्श तथा फिजियोथेरेपीका निम्ति प्रयोग गरिने जनाइएको छ । बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाल आगलागीबाट हुने हिंसा÷दुर्घटनाका उत्पीडित बिरामीहरुको सुरक्षा, रोकथाम, वकालत, दीर्घकालीन स्वास्थ्यलाभ तथा पुनर्वासको कामहरुमा समर्पित रहदै आएको संस्था हो । स्थापना भएको समयदेखी बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपालले ५१० भन्दा बढी आगलागीबाट पीडित बिरामीहरुलाई चिकित्सा, सर्जिकल र पुनस्र्थापनामा सहयोग उपलब्ध गराएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले उक्त रकम वीभीएस नेपाललाई हस्तान्तरण गर्दै यस्तो पवित्र सेवामा सहभागी हुन पाएकोमा सन्तुष्टी व्यक्त गरेका थिए ।
टाउकोमा गोली लागेका रामजी चेपाङको नर्भिकमा उपचार
काठमाडौं । टाउकोमा गोली हानिएको र अत्यन्त जटिल अवस्थामा गजुरी हस्पिटल धादिङबाट रिफर गरी असार १९ गते नर्भिक इन्टरनेशनल हस्पिटल पुर्याइएका ३६ बर्षिय रामजी चेपाङको स्वास्थ्य अवस्थासुधारोन्मुख रहेको छ । कञ्चटमा गोली हानी टाउकोको दाहिने भाग क्षत–विक्षत भएको, गोलीका छर्राहरु, खोकाहरु मस्तिष्क भित्रसम्म छरिएर रहेको उनको बरिष्ठ स्नायु शल्य चिकित्सक प्राडा राजीव झाको टोलीले सोही दिन सफल शल्यक्रिया गरेको थियो । अर्धचेत रहेको, टाउकोबाट प्रशस्तै रक्तस्राव भएको मस्तिकमा गोली लागेकै कारण निजले बारम्बार वान्ता गर्ने गरेका थिएभने, उनको दाहिने मस्तिष्कको धेरै भाग क्षत–विक्षत भएको अवस्था थियो । उनलाई असार १८ गते बुधवार साँझ ८ः०० बजेतिर गोली हानिए र असार १९ गते विहीबार विहान ५ः२५ बजे नर्भिकको आकस्मिक कक्षमा ल्याइएको थियो । सोही दिन उनको शल्यक्रिया सम्पन्न भएको हो ।
जिल्ला अस्पताल एम्बुलेन्सविहीन, गण्डकी प्रदेश सरकारसँग माग
स्याङ्जा । जिल्ला अस्पतालमा रहेको एम्बुलेन्स करिब एक वर्षदेखि बिग्रिएर थन्किएको छ । सदरमुकाम नजिकै रहेको जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रिएर काम नलाग्ने अवस्थामा पुगे पनि अहिलेसम्म सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । बिरामीको उपचारका लागि एक ठाउँबाट अर्का ठाउँमा लैजानका लागि सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले एम्बुलेन्स व्यवस्था गरिए पनि लामो समयसम्म बिग्रिएर थन्किँदा बिरामीलाई समस्या हुने गरेको छ । पुतलीबजार नगरपालिका ३ का रवीन्द्र श्रेष्ठले एम्बुलेन्सको अभावमा विरामीले सास्ती भोग्नु परेको बताए । जिल्ला अस्पतालमा गएका विरामीलाई थप उपचारको लागि अन्यत्र लैजानु पर्ने अवस्था आउदा एम्बुलेन्स र अन्य सवारी साधनमा लगिएका विरामीलाई अस्पतालले हेर्ने दृष्टीकोणमा समेत फरक हुने गरेको श्रेष्ठ बताउँछन् । जटिल स्वास्थ्य अवस्था भएका बिरामीलाई एम्बुुलेन्समा अक्सिजन लगाएर पनि लैजानु पर्ने हुन्छ तर टयाक्सीमा यो सुविधा हुदैन यसले गर्दा पनि एम्बुुलेन्सको अभावमा विरामी मर्कामा परेको श्रेष्ठले बताए । जिल्ला अस्पतालका प्रमुख चिकित्सक अमृत पोख्रेलले करिब एक वर्षदेखि एम्बुुलेन्स बिग्रिएर प्रयोगविहीन अवस्थामा रहेको बताएका हुन् । पोख्रेलले भने, “यहाँ उपचारका लागि आउने बिरामीहरु अन्यत्र रिफर गर्नुपर्ने अवस्था आयो भने ट्याक्सी खोजेर जाने गरेका छन् ।” अस्पतालका समस्या समाधानका लागि सबैले आश्वासन मात्रै दिने गरेको र अहिलेसम्म कहीँ कतैबाट त्यस्तो सहयोग नभएको उनले बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्माले एम्बुलेन्स बेलाबेलामा मर्मत गरेर जेनतेन सञ्चालनमा ल्याइए पनि पछिल्लो समय धेरै बिग्रिन थालेपछि मर्मत गर्न नसकिएको स्पष्ट दिए । शर्माले भने“ एक पटक मर्मत गर्दा डेढ दुई लाख खर्च हुन्छ, मर्मत गर्यो, फेरि केही दिनमा बिग्रिएर हैरान पारेपछि मर्मत गर्न छाडिएको हो, अहिले त्यसै थन्किएर बसेको छ ।” मर्मतसम्भार गरेर पार लाग्ने नदेखिएपछि गण्डकी प्रदेश सरकारसँग एम्बुुलेन्स माग गरिएको जानकारी उनले दिए ।