कर्मचारी सञ्चय कोषका कर्मचारीलाई चरक मेमोरियल हस्पिटलमा विशेष छुट
काठमाडौँ । पोखराको चरक मेमोरियल हस्पिटल प्रालि र कर्मचारी सञ्चय कोष बीच सम्झौता भएको छ । कर्मचारी सञ्चय कोषका सम्पूर्ण कर्मचारी तथा सञ्चयकर्ताले चरक मेमोरियल हस्पिटल पोखरामा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतामा कर्मचारी सञ्चय कोषको तर्फबाट पोखरा शाखाका शाखा प्रमुख दिलिपराज पौडेल र चरक मेमोरियल हस्पिटलको तर्फबाट अध्यक्ष डा. बद्री पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यो सम्झौता अनुसार चरक मेमोरियल हस्पिटल पोखरामा उपचार गराउँदा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा कर्मचारीहरुले सम्पूर्ण प्रकारका उपचार शुल्कमा १० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट प्राप्त गर्ने बताइएको छ । यो सम्झौताले कर्मचारी सञ्चयकोषका ६ लाख सञ्चयकर्ता तथा कर्मचारीहरु लाभान्वित हुने बताइएको छ ।
२२ महिने बालकको चुडिएको २ औँला मेडिसिटीमा जोडियो
काठमाडौँ । नेपाल मेडिसिटी अस्पतालमा २२ महिने बालकको मोटरसाईकलको चेनले च्यापिएर चुडिएको औंलाहरु जोडिएका छन् । करिव ९ घण्टा लामो शल्यक्रिया पश्चात बालकको चोरी र साइली औला जोडिएको अस्पतालका प्लाष्टिक सर्जन डा. संगम रायमाझीले जानकारी दिए । चोरी औँला भनिने इन्डेक्स फिंगर सतहवाट चुडिएको थियो भने माझी तथा साईली औला बिचबाट चुडिएको थियो र रक्तसञ्चार रोकिइ सकेको थियो । दुर्घटना भएको ५ घण्टा भित्रमै शल्यक्रिया शुरु गरिएको चिकित्सकको भनाई छ । वहाँको अनुसार चोरी औला तल्लो भगवाट चुुडिए पनि अन्य औला भन्दा यो सुरिक्षत रहेको थियो । के गरियो औँलामा ? १ंं सर्वप्रथम चोरी औलालाई काटियो र रिप्लान्टेसन शुुरु गरियो । २. त्यसपश्चात, औलाको नसा (फ्लेक्जोर टेन्डोन)संग मात्र जोडिएको साइली औलामा रक्तसञ्चार शुुरु गरियो । ३. माझी औलाको रक्तनलीमा धेरै चोट लागेकाले सो औलाको भने उपचार हुन सकेन । अस्पताल तथा चिकित्सकहरुका लागि चुनौतीः १. जम्मा २२ महिनाको बच्चा भएकाले संरचना निकै सानो रहेको र माइक्रोस्कोपबाट हेरेरनै शल्यक्रिया गर्नु परेको । २. काटिएको भन्दा पनि पेलिएको घाउ भएकाले रिप्लान्टेसन कठिन बनेको । जनचेतनामूलक जानकारी १. औलाको प्रत्यारोपण दूर्घटना ६ घण्टा भन्दा पछाडिपनि सम्भव रहेको तर त्यसका लागि चिसोमा राखिएको हुनुपर्ने । २. टुक्रिएको भागलाई सुख्खा झोलामा बन्द गरी चिसो पानीमा डुबाएर अस्पताल पु¥याउनु फाइदाजनक । ३. यस किसिमको उपचार उपलब्ध हुने स्थानबारे जानकारी राख्ने । उपचारमा संलग्न चिकित्सकहरुमा प्लाष्टिक तथा कस्मेटिक सर्जन डा.संगम रायमाझी, एनेस्थेसोलोजिष्ट डा. असिम रेग्मी तथा नर्सहरुमा सज्जा पन्त, सुनिता राई, राधिका खत्री, रबिना चौधरी, रबिना चौधरी, मुना गुुरुङ्ग रहेका थिए । यस किसिमका शल्यक्रियाहरु गर्दा साधारणतया ६ देखि १० घण्टासम्म समय लाग्छ । निकै चुनौतिपूर्ण भएपनि यी शल्यक्रियाहरु विश्वभर रुचाइन्छन् । ललितपुर स्थित नेपाल मेडिसिटी अस्पताल यस शल्यक्रियाका लागि सक्षम रहेको छ । नेपाल मेडिसिटीमा यसअघि बुढि औला जोडिएको, औलाको टुप्पो जोडिएको तथा चुडिएको हातनै जोडिएको छ जसको अवस्था अहिले सामान्यतर्फ फर्किसकेको छ ।
मुक्तिनाथका ग्राहकलाई चिरायु अस्पतालमा विशेष छुट
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्ष्टिच्युट, बसुन्धाराबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा चिरायु अस्पतालको तर्फबाट सञ्चालन निर्देशक चण्डेश्वर वैद्य र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट बजारीकरण विभाग प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले चिरायु अस्पताल बसुन्धारामा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।