७० प्रतिशत नै फेल हुन्छन परिक्षामा, अधिंकाश फेल हुनेमा चिनमा पढेका डाक्टर
काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले विशेषज्ञ दर्ता प्रमाणपत्रको लागि लिएको विशेषज्ञ चिकित्सक दर्ता परिक्षामा करिव ७० प्रतिशत डाक्टरहरु फेल भएका छन् । चिकित्सा शिक्षामा आधारभुत शैक्षिक कार्यक्रम एमबीबीएस पुरा गरेपछि एमडी एमएस एमडिएस विषयमा तीन वर्षे विशेषज्ञता शिक्षा हासिल गरेका २ सय ३७ चिकित्सकहरु मध्ये करिव ७० प्रतिशतले आफनो क्षमता सिद्ध गर्न सकेनन् । ४ महिना अघि लिइएको विशेषज्ञ चिकित्सक दर्ता परिक्षामा समेत करिब ३० प्रतिशत डाक्टरहरु फेल भएका थिए । ‘यसपटक फेल भएकाहरु अधिकांश पहिला पनि अनूतिर्ण भएकाहरु हुन्,’ काउन्सिलका रजिष्टार डा। दिलिप शर्माले भने । काउन्सिल श्रोतको अनुसार यसपटकको परिक्षामा चीनमा अध्ययन गरेका १३२ जना परिक्षामा सरिक भएकोमा १११ जना फेल भए । चीनबाट पढेका मध्ये २० जना मात्र पास गर्न सके भने एकजना परिक्षामा अनुपस्थित थिए । यस्तै बेलारुसबाट पढेर आएका दुईजान, किर्गिस्तानबाट पढेर आएका ६ जान र रुसबाट पढेर आएका १० जान फेल भए । नेपालबाट पढेका १८ जना मध्ये ८ जना फेल भए । फिलिपिन्सबाट पढेका ४० जना मध्ये २१ जना फेल भए । । बंगलादेशबाट पढेर आएका १३ जनामध्ये ४ जना फेल भए । भारतबाट पढेर आएका ५ जनामध्ये एकजना र पाकिस्तानबाट पढेर आएका ६ जनामध्ये एकजना फेल भए । यसपटक रेडियोलजीमा सहभागी ६१ जनामा ५ जनामात्रै पास भएका छन् । गत वर्ष समेत रेडियोलजी विषयको विशेषज्ञ परिक्षा दिने ७३ जनामा १३ जनामात्रै पास भएका थिए । फेल हुनेहरुमा धेरै जसो चीन, फिलिपिन्स, बेलारुस, लगायत बाहिरबाट पढेकाहरु थिए भने यसपटक समेत यस्तै स्थिति देखिएको छ । काउन्सिलले पहिले वर्षमा दुईपटक विशेष चिकित्सक दर्ता परिक्षा लिने गरे पनि यो वर्ष देखि तीनपटक लिन थालेको हो । एमडीरएमएसरएमडिएस विशेषज्ञता हासिल गरेर मुलुकमा आएको एक वर्षसम्म दर्ता परिक्षामा नबसे पनि विशेषज्ञको रुपमा काम गर्न पाइन्छ । विशेषज्ञता प्राप्त गरेको एक वर्ष भित्रमा दर्ता परिक्षामा पास नगरे विज्ञको रुपमा काम गर्न नपाइने प्रावधान छ । विशेष चिकित्सक दर्ता परिक्षा पास नभएर विशेषज्ञको रुपमा काम गर्नेहरु विरुद्घ उजुरी पर्दा कानुन अनुसार कारवाही हुने औल्याउँदै डा। शर्मा भन्छन, ‘हाल परिमार्जन गर्न लागिएको काउन्सिलको ऐन, आचार संहितामा यस्तो काम गर्दा दर्ता खारेज गर्नेसम्मको प्रावधान छ ।’ हाल मुलुकमा जम्मा करिव १९ हजार चिकित्सक काउन्सिलमा दर्ता रहेकोमा करिव ६ हजारभन्दा बढी विशेषज्ञ चिकित्सकका रुपमा दर्ता छन् । कान्तिपुर दैनिकबाट ।
राजधानीमा फैलियो झाडापखाला, वर्षायामसँगै पानीको कारणले नित्याउँदै महामारी
बर्षायामसँगै शुरु हुने झाडापखालाका विरामी काठमाडौंमा बढेका छन् । राजधानीमा प्रत्येक दिन झाडापखाला तथा आउँ (रगतमासी) का बिरामी बढ्दै गएका छन् । दुई सातादेखि काठमाडौंलगायत बर्षात शुरु भएका क्षेत्रमा पानीका कारण झाडापखाला र आउँमसीका विरामी बढेको टेकु अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले जानकारी दिए । विगत बर्ष झैं काठमाडौंमा हालसम्म हैजाका विरामीभन्दा सिबेला ब्याक्टेरियाका कारण हुने आउँका विरामी ह्वात्तै बढेका छन् ।
स्पीड वे फाउण्डेसनद्धारा लिखु गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण
काठमाडौं । स्पीड वे कार्गो प्रा. लि. को संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नें आङ्गिक संस्था स्पीड वे फाउण्डेसनले लिखु गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । उक्त फाउण्डेसनले लिखु गाउँपालिकामा अवस्थित क्षेत्रपालमा.वि.मा आयोजित कार्यक्रममा सो गाउँपालिकाको लागी एम्बुलेन्स हस्तान्तरण गरेको हो । पुर्व अर्थमन्त्री डा. रामशरण महतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा फाउण्डेसनका अध्यक्ष राजु श्रेष्ठ तथा अमेरिकी नागरिक मार्टिन ट्युनिसले सयुंक्त रुपमा क्षेत्रपाल सामुदायिक संस्थाका अध्यक्ष विष्णुलाल श्रेष्ठलाई एम्बुलेन्सको प्रतिकात्मक चावी हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै फाउण्डेसनका अध्यक्ष राजु श्रेष्ठले हस्तान्तरण गरिएको एम्बुलेन्स त्यस क्षेत्रका जनसमुदायको स्वास्थ्यको लागी हित कर हुने र सो को सहि सदुपयोग हुने आशय व्यक्त गरेका छन् । साथै, राजु श्रेष्ठले त्यस गाँउपालिकाका समुदायको स्वरोजगार मार्फत आर्थिक स्थिती सुधार गरुन् भन्ने हेतुले त्यस गाउँपालिकाको लागी बहुउदेश्यीय तालिम केन्द्रको लागी ५ रोपणी जग्गा उपलब्ध गराई चाँडै नै निर्माण थालनी गर्ने घोषणा पनि गरेका छन्