ओलीको प्लाज्माफेरेसिस शुरु, स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । उपचारको सिलसिलामा सिङ्गापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको जनाइएको छ । सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका छन् । गत शुक्रबार प्लाज्माफेरेसिस प्रक्रिया शुरु गरिएको प्रधानमन्त्रीका निजी चिकित्सक प्राध्यापक डा. दिव्यासिंह शाहलाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिएका हुन् । रगतमा रहेका एण्टीवडीजस्ता हानिकारक तत्व हटाइने यो प्रक्रिया आज र अझ केही दिन निरन्तर रहने छ । उनको उपचार उक्त अस्पतालका विज्ञ चिकित्सकका साथै नेपाली चिकित्सकबाट समेत हुने बताइएको छ । प्रधानमन्त्री ओली मिर्गौला सम्बन्धी उपचारको सिलसिलामा यही भदौ ५ गते सिङ्गापुर प्रस्थान गरेका थिए । यसअघि उनी गत साउन १८ गते सिङ्गापुरको सोही अस्पतालमा उपचार गराइ सुधार भएपछि साउन २७ गते स्वदेश फर्किएका थिए । केही दिनअघि रगतमा एण्टीवडीको मात्रा देखिएपछि उनको मिर्गौलाको क्षमता अभिवृद्धिका लागि पुनः सिङ्गापुर गएका हुन् । प्रधानमन्त्रीको साथमा उनका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. शाह, स्वकीय सचिव राजेश बज्राचार्यलगायतका सदस्यहरु रहेका छन् । रासस

इबोलाबाट कंगोमा एक हजार ९६५ जनाको मृत्यु

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्राणघातक इबोला रोगका कारण अफ्रिकी मुलुक कंगोमा एक हजार ९६५ जनाको मृत्यु भएको जनाएको छ । संगठनले पछिल्ला १० सातामा इबोलाको संक्रमण स्थिर रहेको पनि स्पष्ट गरेको छ । डब्लुएचओका स्वास्थ्य कार्यक्रमका कार्यकारी निर्देशक डा.माइक रायनले मध्य जुनसम्म झण्डै ८० जना नयाँ रोगी फेला परेको जनाए । उनले पछिल्ला दुई तीन सातादेखि नयाँ संक्रमित बिरामीको संख्या घट्दै गएको भन्दै यो प्रवृत्तिमा निरन्तर कमी आउने अपेक्षा गरिएको बताए । डब्लुएचओले यस रोगसँग जुध्न ६७० जनाभन्दा बढी कर्मचारी कंगोमा खटाएको छ । रोगको निगरानी र खोपका कारण यो रोग तिब्र गतिमा अहिले फैलिन नपाएको डाक्टरको भनाई छ । कंगोमा यो रोग सबैभन्दा बढी घातक मानिएको छ । पछिल्लो समय कंगोको उत्तरी शहर मम्बासामा यो रोग देखिएकाले सबैलाई चिन्तित बनाएको डब्लुएचओले जनाएको छ । रासस/सिन्ह्वा

गर्मी महिनामा फाउन्डेसन र बिबि क्रिमको प्रयोग कम गरौं, छालाको स्याहार यसरी गरौँ

काठमाडौं। सुन्दर छाला हरेक व्यक्तीको चाहना हो। आजको सोसियल मिडिया प्रेमी युगमा आफ्नो स्वरुप र सुन्दरताले जति प्राथमिकता पाएसँगै सुन्दर र स्वस्थ छाला प्रतिको मानिसहरुको सचेतना पनि बढ्दो छ। यधापी बढ्दै गएको वातवरण प्रदुषण र मौसमी विविधताले छालालाई थप असर पार्दै पनि गईरहेको छ। त्यसैले यस्तो वातवरणमा छालालाई स्वच्छ एवम् सुन्दर राख्न मानिसहरुले धेरै कुरामा ध्यान दिनु पर्छ। मानिसको खानपान, जीवनशैली, व्यवसाय, योग, घामको एक्सपोजर लगायत् दैनिक जीवनमा प्रयोग हुने कस्मेटिक्स् र क्रिमहरुको छालामा महत्वपुर्ण भूमिका छ। कस्मेटिक (cosmeceutical) र पोषणयुक्त आहार Neutraceutical को व्यापार चुलिएको औद्योगिक युगमा सहि खानेकुरा र कस्मेटिक्स् छान्न गाह्रो छ। अहिले बजारमा मकेअप र क्रिमहरु च्याउझैँ उत्पादन र बिक्री भैरहेका छन् तर यि सबै क्रिमहरु भने पक्कै पनि लाभदायी छैनन्। विशेष गरी गर्मी महिनामा फाउन्डेसन र बि.बि क्रिमहरुको व्यापक प्रयोगले गर्दा डन्डीफोर, चाया, पोतो र एलर्जी निम्त्याउँछन्। हिजोआज बजारमा उपलब्ध धेरै क्रिममा स्टिरोइड नामको कडा केमिकल मिसिएको पाइएको छ। मिसावट भएको क्रिम लगाउदा छाला बिग्रिन सक्छ। यसरी बिग्रिएको छाला संवेदनशील हुन्छ र यसलाई चिसो, तातो, हावा र अन्य कुराले छिटो एलर्जी गर्ने किसिमको हुन्छ। त्यसैले सही किसिमको क्रिम र आफ्नो छालालाई सुहाउँदो प्रकारको क्रिम छान्न चिकित्सकको परामर्श लिदा राम्रो हुन्छ। विज्ञापनको पछाडी नलागी आफ्नो छाला र छालाको प्रकृति हेरेर डाक्टरको सल्लाह अनुसारको कस्मेटिक्सको नियमित प्रयोगले धेरै पैसा खर्च नगरी छालाको उचित स्याहार गर्न सकिन्छ। छालालाई आवश्यक सामाग्री : छालाको लागि आवश्यक र अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने क्रिमहरु सनस्क्रिन, फेसवास, भिटामिन सि सिरम ,रेटिनोल र मोइस्चुराइजर् पर्छन्।सनस्क्रिनको नियमित प्रयोगले घामबाट हुने पोतो, दाग एलर्जी, चाउरी र क्यान्सरबाट जोगाउँछ। सम्पूर्ण सरक्षाका लागि ब्रोड स्पेक्ट्रम सनस्क्रिन दिनको ३ पटक १-१ चम्चा अनुपातमा प्रयोग गर्नुपर्छ। धेरै सनस्क्रिनमा सानो पाउडरयुक्त रसायन हुनाले सनस्क्रिन लगाउदा धेरै माड्न हुदैन। कसैकसैलाई माडेर लगाउदा एलर्जी हुन सक्छ। कसरी स्याहार गर्ने ? छालालाई स्वस्थ राख्न जहिले पनि साँझ सफा गरेर धुन पर्दछ र सबै मकेअप पुस्नु पर्छ। दिनभरिको विकारक तत्वले अनुहारका स- साना नली(pores) थुनिने हुनाले फेसवास अत्यनत जरुरी छ। प्रदुषण र धुलोबाट जोगिन फेसवास प्रयोग गर्नुपर्छ। छालाको सतहमा १-२ मिनेट मात्र रहने फेसवासको प्रमुख काम छालाको सफाई गर्नु हो। पानीले मात्रमुख धुँदा सबै विकार र प्रदुषणका कण फाल्न सक्दैन। त्यसैले फेसवास र नरम किसिमका क्लेनजरले पानीले मात्र नजाने तैलिय विकारक केमिकललाई अनुहारबाट फाल्छन्। फेसवास किन्दा आफ्नो छाला अनुसार किन्दा फाइदा छ। तैलिए छाला हुनेले जेल बेसको फेसवास प्रयोग गर्ने र सुख्खा छाला हुनेले क्रिम बेसको फेसवास प्रयोग गर्ने हो। फेसवासले छालाको बिकारसंगै हामीलाई चाहिने छालाको स्वास्थ्यबर्दक प्राकृतिक तेल पनि फाल्न सक्छ।त्यसैले दिनमा एक पटक मात्र साझमा जेन्टल फेसवास प्रयोग गर्नु पर्छ। सकेसम्म छालाको तेलको सतहलाई विगार्ने एसिडयुक्त फेसवास प्रयोग नगरेको राम्रो हो तर धेरै चिल्लो छाला हुने र डन्डीफोर हुने व्यक्तिले यस किसिमका एसिडयुक्त फेसवास प्रयोग गरेमा , त्यसपछि मोइस्चुराइजर् क्रिम लगाउनुपर्छ। यसरी नै राति सुत्ने बेला के-के लगाउने भन्न कुरा धेरैले सोध्छन्। राति मुख धोएर सफा भएपछी भिटामिन सि सिरम लगाउने अनि हाइरोनिक एसिड क्रिम लगाउने हो। २० वर्ष उमेर कटेपछि छालामा कोलाजेन सतह घट्दै जाने हुनाले यो उमेरपछि रेटिनोल अथवा भिटामिन ए क्रिम राति नै लगाउन जरुरी छ। दिनहुँ राति भिटामिन सि युक्त क्रिम लगाउनाले धेरै कोलाजन सतह बनाउने कुरा रिसर्चले देखाएको छ। यसले छालाको सतह बाक्लो र जवान राख्न मद्दत गर्छ। लामो अन्तरालमा चाउरी पर्न दिदैन। यसरी नै छालाका क्रिमहरु लगायत पोषणयुक्त खानेकुराले पनि छालालाई सुन्दर र स्वास्थ्य राखन ठुलो भूमिका निर्वाह गर्छ। सोया मील्क, सोयाविन, क्याल्सियम, आइरन, जिङ्क, प्रोवायोटिक, दहि, वॊलिभ आयल, ग्रीनटी, गाजर, हरियो काउली, बदाम, वाइन, फर्सीको सीड, माछाको तेल, कागती, कटहर, अंगुर इत्यादी खानाले कपाल र छाला स्वस्थ राख्न मद्दत गर्छ भने धेरै कर्बोहाइडेट रहेका खानेकुराले छालाका विभिन्न समस्या निम्त्याउने कुरा रिसर्चहरुले पुष्टि गरेका छन्। यसै गरि अनुहारमा डन्डीफोर आउँदा कहिले पनि कोट्त्त्यौनु हुँदैन, यसो गर्नाले अनुहारमा दाग र खाटा बस्ने हुन्छ र छाला अस्वस्थ देखिन्छ। बरु चिकित्सकको सल्लाह लिएर यी समस्याको समाधान गर्न सकिन्छ। साथै चाया र पॊतोबाट जोगिनको लागि घामबाट बच्नु अत्यन्त जरूरी छ। चिकित्सककै सल्लाह बमोजिमको सामान प्रयोग गर्दा अझ लाभदायी हुने गरेको पाइन्छ। नियमित व्यायम र स्वस्थ खानपानले पनि छालालै स्वस्थ राख्न मद्दत पुर्याउँछ।