चीनबाट ल्याईएका १७५ नेपालीमा कोरोनाकाे संक्रमण छैन – स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य मन्त्रालयले चीनबाट आएको नेपालीमा कोरोन भाईरस नेगेटिभ भएको आधिकारीक जानकारी दिएको छ । मन्त्रलायले बुधबार पत्रकार सम्मेलन गर्दै चीनबाट आएका १७५ नेपालीमा नतिजा नेगेटिभ भएको जानकारी दिएको हो । ३ दिन अघि सबै वुहानबाट आएका नेपालीहरुको थ्रोट स्वाब चेक गर्न पठाईएको थियो । कोरोनानले १४ दिन सम्म कुनै प्रकारको लक्षण नदेखाए क्वारेन्टाईनमा राखेका नेपालीहरुलाई घर पठाईनेछ । हालसम्म २ सय १० जनामा कारोणको जाँच हुँदा १ जनामा मात्र पोजेटिभ देखिएको छ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्स र टेस्ला डाइग्नोष्टिकबीच सेवासम्बन्धी सम्झौता, फार्मेसीमा १२ प्रतिशत छुट
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स र टेस्ला डाइग्नोष्टिक क्लिनिकबीच सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ। उक्त पत्रमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र टेस्ला डाइग्नोष्टिक क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार ल्याब तथा डाइग्नोष्टिक सेवामा बीमितले १० प्रतिशत र कर्मचारीले १२ प्रतिशत तथा फार्मेसीमा ५ देखि १२ प्रतिशत सम्म छुट पाउने भएका छन्। यस सम्झौताबाट इन्स्योरेन्सका बीमित तथा कर्मचारीले सुलभ दरमा गुणस्तरिय ल्याब तथा डाइग्नोष्टिक सेवा प्राप्त गर्ने विश्वास लिइएको छ।
चीनबाट ल्याइएका नेपालीमा देखिएन कोरोना भाइरस संक्रमण, आजै रिपोर्ट सार्वजनिक गरिँदै
काठमाडौं । चीनबाट उद्धार गरी नेपाल ल्याइएका नेपालीमा कोरोना भाइरस(कोभिड १९) संक्रमण नदेखिएको पुष्टि भएको छ । परीक्षण गरिएका सबैको रिर्पोटको नतिजा नेगेटिभ देखिएसँगै उनीहरुमा उक्त भाइरसको संक्रमण नभएको परिक्षणकर्मीले बताएका हुन् । उनीहरुको नमुना संकलन गरी रिपोर्ट परीक्षण गरिएको थियो । जसमा मंगलबार(हिजाे) बेलुकासम्म परिक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएकाले उनीहरुमा उक्त संक्रमण नभएको पुष्टि भएको हो । साथै, परिक्षण गरिएका सबै रिपोर्टको नतिजा बुधबार(आज) सार्वजनिक गरिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । जनस्वास्थ्य प्रयोगशालाका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक पत्रकार सम्मेलन मार्फत उक्त नतिजा सार्वजनिक गर्नेछ । चीनबाट मंगलबार उद्धार गरी ल्याइएका १ सय ७५ जनालाई भक्तपुरको खरीपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रमा राखिएको थियो । जसमध्ये १ सय ३५ जना पुरुष र ४० जना महिला छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका रञ्जित शाहको नेतृत्वमा गएको टोलीले गत आइतबार नमुना संकलन गरेको थियो ।