स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा ज्ञवाली
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. प्रदिप ज्ञावली नियुक्त भएको छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले डा. ज्ञावलीलाई सदस्य सचिवमा नियुक्ति गरेको हो । उनी यसअघि परिषदमा कार्यकारी सदस्य भइसकेका थिए । डा. ज्ञावली त्रिवि महाराजगञ्ज मेडिकल क्याम्पसका सह प्राध्यापक हुन्।
नेपाल चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्की निर्वाचित
काठमाडौं । नेपाल चिकित्सक संघको अध्यक्षमा डा. लोचन कार्की निर्वाचित भएका छन् । डा. कार्की सबैभन्दा बढि मत सहित अध्यक्ष पदमा निर्वाचित भएका हुन् । जम्मा ६ हजार १ सय ५७ मतमा डा. कार्कीले ४ हजार १ सय ११ मत ल्याएका थिए । संघमा एक जना सदस्य बाहेक सबै पदमा डा. लोचन कार्कीको लोकतान्त्रिक समुह विजयी भएको छ । १३ सदस्यीय कार्यसमिति रहेको चिकित्सक संघको वरिष्ठ उपाध्यक्षमा शिवप्रसाद श्रेष्ठ ३ हजार ५९५ मत ल्याइ विजयी भए। त्यस्तै उपाध्यक्षमा ३ हजार ९४५ मतसहित अनिलविक्रम कार्कीले जितेका छन्। महासचिवमा भने बद्री रिजाल निर्वाचित भए। उनले २ हजार ४३१ मत पाए । यस्तै काेषाध्यक्षमा ३ हजार २७८ मतसहित प्रकाश बुढाथोकीले जित हासिल गरेका छन् । गत शुक्रबार देखि सुरु भएको मतगणना मंगलबार बिहान सिद्धिएको हो । कसले कति भाेट ल्याए ? अध्यक्ष १. डा. लोचन कार्की – ४१११ [निर्वाचित] २. डा. पुष्पमणि खराल १९७९ वरिष्ठ उपाध्यक्ष डा. रक्षा श्रेष्ठ २२६२ डा. शिवप्रसाद श्रेष्ठ – ३५९५[निर्वाचित] उपाध्यक्ष डा. अनिलविक्रम कार्की ३९४५[निर्वाचित] डा. रञ्जीतकुमार झा १९५४ महासचिव डा. अजयकुमार मिश्र ८६९ डा. बद्री रिजाल २४३१[निर्वाचित] डा. दीपेन्द्र पाण्डे १३०१ डा. मधुर बस्नेत – १३७८ कोषाध्यक्ष डा. प्रकाश बुढाथोकी ३२७८[निर्वाचित] डा. सञ्जीतकुमार साह २५७९ सहसचिव डा. निरजकुमार सिंह ३७९०[निर्वाचित] डा. शैलेन्द्र झा १८९४ सहकोषाध्यक्ष डा. विश्वाराज दवाडी ३९३५[निर्वाचित] डा. उदयनारायण सिंह १९४२ सदस्यहरु १. डा. अमित चतुर्वेदी १५७४ २. डा. विक्रान्त ढकाल २५८६ ३. डा. विपेश आचार्य २८८०[निर्वाचित] ४. डा. दीपकप्रसाद कोइराला १८६८ ५. डा. जगदीशचन्द्र विष्ट १२४९ ६. डा. लिजन महर्जन २८७२[निर्वाचित] ७. डा. नन्दकुमारी गुरुङ ३३१६[निर्वाचित] ८. डा. प्रमोद जोशी २७९६[निर्वाचित] ९. डा. प्रवीणकुमार गिरी ७४७ १०. डा. राकेश कुमार साह २३१३ ११. डा. रितेश थापा ३७१७[निर्वाचित] १२. डा. सञ्जीव तिवारी ३००४[निर्वाचित] १३. डा. सुमान काफ्ले २२२६ १४. डा. त्रिभुवन चन्द्र झा १८१३
भान्सामा पाईने यी पाँच खाना खाँदा धेरै ताैल घटाउन सकिन्छ
काठमाडौं ।शरिरको माटो वा तौल बढी भएर धेरै मानिसहरु चिन्तित हुन्छन् । धेरैले शरिरको तौल घटाउन खोज्दा पनि तौल घट्दैन । यही पीर धेरैमा हुन्छ । तौल घटाउन सोच्दा जति सजिलो लाग्छ तर यो साचे भन्दा निकै नैै गाह्रो काम हो । तपाईको तौल घट्नुमा धेरै कुराहरुले प्रभाव पार्ने गर्दछ । त्यसमध्ये तपाईको पाचन शक्क्ति (मेटाबोलिजम) पनि एक हो ।मेटाबोलिजम एउटा विधी हो । जसले तपाईले खाएको खानालाई उर्जामा रुपान्तरण गर्दछ । धेरै मेटाबोलिजम हुँदा शरीरमा बोसो जम्मा हुँदैन । जसले तपाईलाई चाँडो तौल घटाउन मद्धत गर्दछ । कुनै पनि प्रकारको शारीरिक गतिवधिमा संलग्न भएर मेटाबोलिजमको गति बढाउन सकिन्छ । अधिक मात्रामा शारीरिक अभ्यास गर्दा यसले शरीरमा क्यालोरी र बोसो घटाउन मद्धत गर्दछ । तर, सहि खाना खाएर पनि हामीले शरीरमा भएको क्यालोरीलाई छिटो घटाउन सक्छौं । हामीले ताैल घटाउनका लागि निम्नलिखित खानाहरु खान सक्छौं । १. क्यापसाईसिन क्यापसाईसिन भेडे खुसार्नी, रातो खुसार्नीहरुमा पाईने एक तत्व हो।जसले मसालेदार स्वाद दिन मद्धत गर्दछ । क्यापसाईसिनलाई तपाईको खानामा समावेश गराउँदा यसले तपाईको शरीरको क्यालोरी पगाल्ने दर बढाएर पाचन शक्(मेटाबोलिजम) बढाउन मद्धत गर्दछ । २० भन्दा बढि अनुसन्धानकर्ताहरुले क्यापसाईसिनको प्रयोगले तपाईको शरीरको ५० क्यालेरी पगाल्न मद्धत गर्छ । २. कालो कफी कफीलाई त्यति स्वस्थ पेय पदार्थको रुपमा लिईदैन तर ताैल घटाउने कुरामा यो एकदमै राम्रो पेय पदार्थ हो । केही अध्ययनले कफिमा भएको क्याफिनले शरीरको मेटाबोलिजम ११ प्रतिशत बढाउने देखाएको छ । दिनहुँ २७० मिलिग्राम क्याफिन सेवन गर्दा दैनिक सय क्यालोरी पगाल्न मद्धत गर्दछ । ३. एप्पल साईडर भिनेगर दिनहुँ एप्पल साईडर भिनेगर सेवन गर्नाले तपाईको शरीरको बोसो घटाउन मद्धत गर्दछ । विभिन्न जनावरमा गरिएको अध्यनले एप्पल साईडर भिनेगरले शरीरको उर्जाको रुपमा परिणत हुने बोसोको मात्रा बढाउँदछ । दिनहुँ १ चम्चा एप्पल समईडर भिनेगर आधा गिलास पानिमा राखेर पिउनुहोस् । ४. नरिवलको तेल नरिवलको तेलमा मिडियम चेन ट्राईग्लाईसेरिड हुन्छ जसलाई तौल घटाउनको लागि निकै महत्वपुर्ण तत्वको रुपमा लिईन्छ । केही अनुसन्धानकर्ताहरुके अनुसार दिनहुँ ३० मिलिलिटर नरिवलको तेलको सेवनले अत्याधिक मोटो व्यक्तिहरुको कम्मरको साईज घटाउन मद्धत गर्दछ । ५ . प्रोटिन युक्त खानेकुरा प्रोटिनले शरीरको मांसपेशिहरुको निमार्णको लागि मात्र नभएर क्यालोरी पगाल्नको लागि पनि काम लाग्दछ । माछा, अण्डा, दुग्ध जन्य पदार्थ, काजु जस्ता प्रोटिन युक्त खानेकुराहरु खाँदा त्यसले केही घण्टाको लागि तपाईको पाचन शक्क्ति बढाउन मद्धत गर्दछ । प्रोटिन युक्त खानेकुराहरुले तपाईलाई लामो समयसम्म पेट भरि राख्न मद्धत गर्दछ जसले तपाईलाई बढि खानबाट बचाउँछ ।