परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले सुरु गर्यो अनलाईन टिकट सेवा

काठमाडौं । थापाथली स्थित परोपकार प्रसुति गृह तथा स्त्री अस्पतालले अनलाईन टिकट सेवा गरेको छ । घण्टौं लाईनमा बस्नुपर्ने ग्राहकहरूकाे बाध्यतालाई हटाई अस्पतालले आईतबारदेखि उक्त सेवा सुरु गरेको हो । ग्राहकहरुले प्रभु पे एप्स मार्फत उक्त सेवा सुविधा लिन सक्नेछन् । जस मार्फत ग्राहकहरुले अब कुनै झण्झट सजिलै टिकट काट्न सक्ने अस्पतालका निर्दशक डा. जागेश्वर गौतमले बताए । साथै, काटिएको टिकेट सिधै ओपिडीमा पठाईने उनले जानकारी दिए । यस्तै, बेलुका ३ बजेपछिको सेवाको लागि बिरामीहरुले आफ्ना डाक्टर छानेर सेवा लिन सक्नेछन् । यो सेवा लिनको लागि प्रभु पे एप डाउनलोड गनुपर्ने छ । यो एप्स खाेलेर त्यसपछि परोपकार अस्पतालकाे बटममा किल्क गरेर फारम भरी ५० रूपैयाँ बुझाई टिकट काट्न सकिने छ । अस्पतालले यसअघि लाईन थेग्न नसकेर टोकन सेवा संचालन गरेको थियो । अस्पतालमा दैनिक ओपीडीमा ७ सय भन्दा बढि मानिसहरु आउने गरेकाे गौतम बताउँछन् ।

नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ्गद्वारा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ्ग एजुकेशनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पूर्वाञ्चल विश्वद्यिालय तथा सि.टी.ई.भि.टी.बाट सम्वन्धन प्राप्त गरी वि.एस.सी. नर्सिङ्ग, पि.वि.एन.एस. तथा पि.सी.एल नर्सिङ्गमा अध्ययन÷अध्यापन हुने नर्भिक इन्स्टिच्यूट अफ नर्सिङ्ग एजुकेशनको दशौ वार्षिकोत्सवको उपलक्ष्यमा सो कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस सोसाइटी, भक्तपुरको प्राविधिक सहयोगमा यस कलेजमा अध्ययनरत विभिन्न कार्यक्रमका विद्यार्थी तथा कर्मचारी गरी ५६ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रसको मानव जीवनको लागि वहुमुल्य वस्तु रगतको कमीबाट कुनैपनि व्यक्तिले मृत्युवरण गर्नु नपरोस भन्ने हेतुले “रक्तदान जीवनदान” को नारालाई सफल बनाउन यस कलेजले आफ्नो दशाैं वार्षिकोत्सवको उपलक्ष्यमा ५६ पिन्ट रगत नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखालाई हस्तान्तरण गरियो । सो अवसरमा इन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत श्री कुलानन्द शर्माले सामाजिक सेवा अन्तर्गत मानवीय सेवालाई ख्याल गरी इन्स्च्टियूटको दशौ वार्षिकोत्सवको अवसर पारेर रक्तदानको कार्यमा सहभागी भई मानव जीवनको बहुमूल्य वस्तु रगतले कसैको जीवन बचाउन सकिने कार्यमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले प्राविधिक सहयोग गरेकोमा धन्यवाद दिएका छन् । सोही अवसरमा हाल विश्वलाई नै आतङ्कित बनाइरहेको कोरोना भाइरस नामक रोगको विषयमा र उक्त रोगबाट बच्ने उपायहरु तथा त्यस्तो रोग लागिहालेमा रोगथामको उपायको विषयमा व्यानर तथा पोस्टर समेतको वितरण गरी यस कलेजमा अध्ययन अध्यापन गर्ने विद्यार्थी तथा शिक्षक शिक्षिकाहरुबाट अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।

मानव कर्मचारीभन्दा रोबोटसँगको सामिप्यतालाई बढी रुचाउँदै बिरामीहरु

काठमाडाैं । श्रम बजारमा योगदान गर्न सक्ने उमेर समूहको सिमित उपलब्धता तथा बुढ्यौलीमा प्रवेश गरिरहेका जनसंख्यामा आएको वृद्धिका कारण जापानका अस्पताल एवं विविध स्वास्थ्य केन्द्र, कार्यालय, शैक्षिक संस्थाहरु तथा अन्य विभिन्न क्षेत्रहरुमा रोबटको प्रवेश बढ्दो छ । समान समस्यासँग जुधिरहेका अन्य राष्ट्रहरुले जापानले के सिक्न सक्दछ ? जापानको सिनागावा, टोकियोस्थित एक विशालएवं सानदार स्वास्थ्य स्याहार केन्द्रको लञ्च ब्रेक समयको दृष्य हो यो । कार्यालयका केहि कर्मचारीहरु खानाखान बाहिरीरहेका छन् भने अन्य केहि कर्मचारीहरु खाना खाइसकेर कार्यालयतर्फ भित्रिरहेका छन् । आकर्षक सिसाको द्धारभित्र प्रवेश गरि रहँदा उनीहरुले प्रवेश स्थलमा ईमान्दारीतापूर्वक पूर्ण मौनताका साथ सबै कुराको निरिक्षण गरिरहेका दुईजना सुरक्षा गार्डलाई कटेर अगाडी बढिरहेका छन् । यदि तपाईँले यी सबै नियाली रहनु भएको छ भने अहिलेसम्मको कुनै पनि दृष्य तपाईँलाई असाधारण नलाग्न सक्छन् जबसम्म कम्पनीमा नियमित रुपमा पहरा दिन उभिरहेको ती दुईमध्ये एक पहरेदार रोबाेट भएको तपाईँले खुट्याउन सक्नुहुन्न । सर्सस्ती हेर्दा ठ्याक्कै मानवझैँ देखिने यस अमानव पहरेदारको नाम ‘उगो’ हो । प्रहरीले लगाउने नीलो क्यापमा सजिएको र खुट्टातर्फको भागमा चक्का जडित यस रोबोटको जम्मा उचाइ औसत मानिसको झैँ पाँच फिटको छ । करिब आधा कार्यालय दिनसम्म धान्ने ब्याट्रिले प्रदान गरेको ‘जिवनशक्ति’ को आडमा हेर्दा माया लाग्दो उगोले प्रत्येक दिनद्धारपालको काम गर्नेमात्र नभइ हरेक दुई घण्टाको अन्तरालमा कार्यालयको नियमित चौकीदारी (पट्रोलिङ्ग)पनि गर्दछ । यसका अलावायस अमानविय यन्त्रले आवश्यक बटन दबाएर कार्यालयको लिफ्ट पनि दक्षता पूर्बक संचालन गर्दछ । प्रायजसो उगोको डिजिटल अनुहारमा देखिने कार्टुनको जस्ता दुईवटा ठूल्ठूला निला आँखा कार्यालय समयभित्र भने जापानीज भाषामा लेखिएको ‘अन ड्यूटी’लिपिले प्रतिस्थापित हुने गर्दछ । ‘तपाईं’ त्रसित वा सशंकित नहुनुहोस् भनेर रोबोटलाई आकर्षक देखिनु महत्वपूर्ण छ,” उगोको निर्माता स्टार्ट अप कम्पनी मिरा रोबोटिक्सका प्रमुख कार्यकारी अधिकृत केन मात्सुई भन्छन् । हालका लागि पुलिस बोट मिरा रोबोटिक्सले जापान भित्र निर्माण गरेको रोबोटको मात्र दुईमध्ये एक महत्वपूर्ण नमूना संस्करण हो जसको इनबिल्ट क्यामराले सुरक्षा गार्डहरुलाई रोबोटको दृष्टिकोणमार्फत सुरक्षा वा बाहिरी परिवेशको निरिक्षण गर्न सघाउ पुर्याउँदछ । तथा पीमात्सुईले उनको कम्पनीद्धारा निर्मित रोबोट उत्पादनमा चीनिँया तथा दक्षिण कोरियाली कम्पनीहरुले चासो देखाएको जनाएका छन् र उनीहरु यस्ता रोबोटलाई व्यक्तिगत आवास तथा विद्यालयहरुको सरसफाइको काममा खटाउन इच्छुक छन् । सन् २०२० को गृष्मकालीन ओलम्पिकका लागि गत वर्ष प्रसिद्ध कार उत्पादक टोयोटाले सार्वजनिक गरेको राबोट । सो खेलको क्रममाजापानी अटोमोबिलले मावन सहायतामा संचालितहुने रोबोटको पनि उत्पादन गर्ने जनाएको छ। पत्रपत्रिका, विश्लेषक तथा राजनीतिज्ञहरुले पछिल्लो समय मानिसलाई जागिर क्षेत्रबाट बिस्थापित गर्ने रोबोटको निर्माणमा क्रान्ति आएको चेतावनी दिएता पनि रोबोट निर्माताहरुले भने उनीहरुको श्रृजनाले मानिसलाई जागिरक्षेत्रबाट बाहिर्याउने नभई उल्टै मानिसको परिपूरकको रुपमा योगदान गर्ने स्पष्ट पारेका छन् । जापानमा रोबोटको उपस्थिती कुनै आश्चर्यको विषय हैन । पछिल्लो समयत झन् धेरैभन्दा धेरै क्षेत्र तथा बर्गले रोबोट यूगलाई सहर्ष स्विकारिरहेका छन्, चाहे त्यो उपनगर क्षेत्रमा अवस्थित नरसिङ्ग होमहरु हुन् या अबको केहि वर्षभित्र रोबोटको निर्माणमा १०० अर्ब येन (करिब १० करोड अमेरिकी डलर) खर्च गर्ने घोषणा गरिसकेको जापानी सरकार नै किननहोस् । यतिसम्म कि कति कम्पनी वा कार्यालयहरुले त नयाँ कर्मचारी नियुक्ती गर्ने प्रक्रियालाई छिटो वा प्रभावकारी बनाउन तथा उत्कृष्ट मानव शंसाधन हासिल गर्नका लागि रोबोटीक सहकर्मीको प्रलोभन समेत देखाउन थालेकाछन् । सन् २०२० को ओलम्पिक टोयोटाजस्ता कम्पनीहरुले खेल हेर्न आउने दर्शकसँग अन्तरक्रिया गर्ने तथा खेलाडी तथा प्रतिपर्धीहरुलाई विभिन्न कार्यमा सहायता गर्ने मावनको स्वरुपतथा स्वभावसँग मिल्ने रोबोटको उत्पादन तथा प्रदर्शनी गर्ने मञ्चको रुपमा लिइरहेको अवस्थामा यति बेला जापानले विश्वकै ध्यान आकर्षित गरिरहेको छ। र यहाँनिर चाख लाग्दो कुरा के छ भने संसारभरी नै बढ्यौलीमा प्रवेश गरिरहेका जनसंख्यादरमा आएको वृद्धि तथा बढ्दो स्वसंचालनको प्रक्रिया (अटोमेसन) को कारण आजको जापानको रोबोटमैत्री बर्तमान बाँकी विश्वको भविष्य हुन सक्ने वास्तविकतालाई नकार्न सकिन्न । यस पुलिस रोबोटले विभिन्न कोठामा रहेका मानव निरिक्षकहरुका लागि कान र आँखाको काम गर्दछ । चीन तथा दक्षिण कोरियाजस्ता राष्ट्रहरुले यस्तो प्रविधीमा चासो देखाएका छन् । बुढ्यौली उन्मुख जनसंख्या, नयाँ प्रविधी टोकियोस्थित सिल्भर विङ्ग नरसिङ्ग होमको साझाकक्षमा करिब दुई दर्जन बृद्धबृद्धा बसिरहेका छन् । कोठाको बिचमा उनीहरुलाई समूह खेल तथा ब्यायाम अभ्यास सिकाउनको लागि एकजना कर्मचारीका साथसाथै ‘पिपर’नाम गरेको एउटा रोबोट उभिएको छ । पिपर “सहिपात्र चिन्नुहोस्” नामक खेल खेलाउन तयार छ जसअन्तर्गत कोठामै एउटा ठूलो पर्दामा देखाइएका चीनिँयापात्रहरुमध्ये पिपरको निर्देशनअनुसार बृद्धबृद्धाहरुले ठूलो आवाजमा सहि पात्र को हो चिन्नुपर्नेछ । यस नरसिङ्ग होममा भर्ना भएका अधिकांश बृद्धबृद्धाहरु डिमेन्सिया रोगबाट पिडित छन् । “डिमेन्सिया रोगी बृद्धबृद्धाहरुलाई उनीहरु अहिले कहाँ छन् र उनीहरुले मानव कर्मचारी वा रोबोटमध्ये कोसँग संवादगरिरहेका छन् भनेर हामी सोधिरहेका छाैं,” सिल्भर विङ्गका निर्देशक किमियाइ सिकावा भन्छन्, “भर्ना भएका हरेक ब्यक्तिको ब्यक्तिगत जानकारी सम्झन मानव कर्मचारीहरुलाई निकै गाह्रो हुने भएकोले हामीले यहाँ गैरमानव यन्त्रको प्रयोग गरेका हाैं ।” त्यसो त नरसिङ्ग होमको यस साझा कक्षमात्र हैन जहाँ रोबोटलाई काममा लगाइएको छ । अस्पतालको माथिल्लो तल्लामा मानव कर्मचारीहरुले रोबोटिक एग्जोस्केल्टनलाई प्रयोगमा ल्याएका छन् जुन शरिरको कम्मर वा ढाडको पछाडीको तल्लो भाग अलचिलो वा कठोर भएर हिँडडुल वा बस्न तथा सुत्न अप्ठेरो भएका बिरामीहरुको सहजताको लागि प्रयोग गरिन्छ । “बुढौलीतर्फ उन्मुख जनसंख्यामा वृद्धि, न्यून सन्तान उत्पादन दर र परिणाम स्वरुप घट्दो जनसंख्याको कारण जापानले बृहत जनसांख्यिकिय चुनौतीको सामना गरिरहेको छ । यसले जापानमा रोबोट वा स्वचालित प्रविधीको प्रयोगलाई बढावा दिएको छ जुन समान समस्याबाट गुज्रिरहेको पश्चिमा राष्ट्रहरुका लागि राम्रो शिकाइको राम्रो अवसर हुनसक्दछ,” नर्वेको सेन्टर फर टेक्नोलोजी र सोसाइटीका रोबोट सोधकर्ता, रोजर ए सोरा भन्छन्, “बृद्धबृद्धा स्याहार केन्द्र तथा अस्पतालहरुमा स्वास्थ्य सेवा कर्मचारीहरुको गम्भिर कमी देखिनथालेको छ । यिकामगर्नका लागि पहिलेको जस्तो पर्याप्त मानव जनशक्तिको अभाव रहेको छ ।” ह्योगो नरसिङ्ग होमले ‘बकबके पारो’ नाम गरेको सहित अन्य धेरै रोबोटलाई काममा लगाएको छ । यहाँ भर्ना भएका बिरामीहरु बकबके पारोलाई खुब मन पराउँछन् किनकी यो सुन्दर र सफा छ, उसले मानवझै“ खानाको अपेक्षा राख्दैन भने उससँगको भौतिक अन्तरक्रियाले बिरामीहरुमा एलर्जी पैदा गराउँदैन । तथापी यस नरसिङ्ग होममा सबैभन्दा धेरै चर्चित रोबोटको संस्करण भनेको टेलेनोइड हो । झट्ट हेर्दा बच्चाजस्तो देखिने यस रोबोटको खुट्टा छैनन्, छन् त केबल सानाहातहरु । कर्मचारीहरुले एकै स्थानमा बसेर विभिन्न स्याहार कोठामा रहेका बिरामीहरुसँग यसै रोबोटको सहाराले संवाद गर्दछन् । नरसिङ्ग होममा २७ वर्षदेखि कार्यरत एक कर्मचारी मिनामीओकाबेले जसै टेलेनोइडमार्फत जापानीलोक संगीत बजाउँछन्, तब डिमेन्सियाबाट ग्रसित एक बृद्धा बिरामीले सो रोबोटलाई आफ्नाे अंगालोमा बाँध्न थाल्छिन् । बच्चालाई जस्तो काखमा राखेर चम्किोलो मुहार लगाउँदै ती बिरामी बृद्धा भन्छिन्, ‘एक पटकफेरी गीत गाउन, बाबु ।’ ओकाबेलेले अधिक समय चुपचाप बस्ने यी बिरामी बृद्धा टेलेनोइडसँग गफ गर्न रमाउने बताउँछन् । “यस्तो देख्दा हामीलाई पनि रमाइलो लाग्दछ,” उनी भन्छन्, “बिरामीहरुले रोबोटसँग हामी मानव कर्मचारीहरुसँग भन्दा छुट्टै तरिकाले ब्यवहार गर्छन् ।” कतिपय अवस्थामा त बृद्ध बिरामीहरुले मानव कर्मचारीसँगभन्दा रोबोटसँगको  सामिप्यतालाई बढी रुचाएका छन् । अन्य राष्ट्रहरु भन्दा जापानमा बुढ्यौलीतर्फ उन्मुख जनसंख्याको दर तीव्र भएको कारण त्यहाँको सरकारले रोबोटको विकासलाई प्राथमिकतामा राखेको बीबीसीले जनाएको छ । आफ्नै स्वरुपको नक्कल गरी रोबोट निर्माण गरेर बिख्याती कमाएका हिरोसी इसिगुरोले जापानमा चाँडै नै सबैतिर रोबोटिक समाधान लागू हुने बताएका छन् । सिल्भर विङ्गकाइ सिकावाले मानिसहरुमा आएको स्वास्थ्य परिवर्तन तथा सोका लागि आवश्यक स्याहारका विधीमा आउने परिबर्तनलाई पहिचान गर्ने वा प्रक्षेपण गर्नसक्ने क्षमता सहितको सामाजिक रोबोेटको निर्माणका लागि प्रमुख अनुसन्धान अघि बढिरहेको बताए । उदाहरणको लागि, डिमेन्सियाका बिरामीमा आएको सुधारलाई पहिचान गर्न मानव स्वास्थ्य स्याहारकर्ता र बिरामीबीचको संवादलाई रेकर्ड गर्ने रोबोटले गम्भिर संकेतहरुको पनि अवलोकन गर्ने र आर्टिफिसीयल इन्टेलिजेन्सको प्रयोग गरी सो तथ्यांकको लक्षणसम्बन्धी सुरुवाती डाटावेससँग तुलना गर्ने, रोगको सुरुवाती तथा बर्तमानको अवस्थाबिचको सहसम्बन्ध निकाल्ने तथा रोग झन् बिग्रेर जाने जोखिमयुक्त सम्भावनाको गणना गर्ने ।