सिद्धार्थ बैंकका ग्राहकहरुलाई नेपाल मेडिसिटी हस्पिटलमा १० प्रतिशत छुट
काठमाडौं । सिद्धार्थ बैंक र नेपाल मेडिसिटी हस्पिटल, भैसेँपाटीका बीच बैंकका कर्मचारी तथा कर्मचारीका परिवार, कार्डवाहक तथा कार्डवाहकका परिवार सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स् सुरेशराज महर्जन र नेपाल मेडिसिटी हस्पिटलका तर्फबाट महा प्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् । बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले यस हस्पिटलमा स्वास्थ्य सेवा लिंदा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने सम्बन्धी सम्झौता भएको छ । यस अन्तर्गत बैंकका कर्मचारी तथा ग्राहकहरुले डेविट कार्ड, प्रिपेड कार्ड र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा विशेष छुट उपभोग हुनेछ । सिद्धार्थ बैंकले हाल देशभर १२९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३९ एटिएम र १ हजार १०० भन्दा बढी पिओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
तारकेश्वर नगरपालिकामा ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार
काठमाडौं । तारकेश्वर नगरपालिकाले ८० वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रवाह गर्ने भएको छ । ज्येष्ठ नागरिकमा उमेरसँगै रोगले पनि चाप्ने र टाढा रहेका स्वास्थ्य संस्थासम्म उपचारका लागि जान नसक्ने भएकाले घरैमा पुगेर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले बताए । सो कार्यक्रमका लागि स्वास्थ्यचौकी प्रमुखको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली बनाइएको छ । हरेक वडामा स्वास्थ्य जाँचका लागि आवश्यक उपकरण र औषधिको थप व्यवस्थापन गरिएको प्रमुख गिरीले बताए । नगरपालिकाले स्वास्थ्य सुविधालाई नागरिकको पहुँचसम्म पुर्याउन चार शहरी स्वास्थ्य केन्द्र र प्रत्येक वडामा एक एक स्वास्थ्यचौकी सञ्चालन गरेको छ । स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन यस वर्ष नगरपालिकाले ५० लाख रुपैयाँ छुट्याएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा स्वास्थ्यका १२ कार्यक्रम स्वीकृत गरेको छ । रासस
ज्योति विकास बैंक र ग्राण्डि हस्पिटलबीच सेवा तथा सुविधा सम्बन्धि सम्झौता
काठमाडौं । ज्योति विकास बैंक र ग्राण्डि इन्टरनेसनल हस्पिटल धापासी, काठमाण्डौं बीच सहकार्य सम्झौता भएको छ । बैंकका तर्फबाट बैंकका सहायक महा प्रबन्धक रामहरि आचार्य र अस्पतालका तर्फबाट प्रमुख संचालन अधिकृत अम्रित खन्नाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । हाल बैंकले ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध रहेको छ । आर्थिक वर्ष भित्र थप ८ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.८० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो विकाश बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ । यस बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड र बैंकका कर्मचारीहरुले बैंकको आइडेन्टी कार्ड देखाइ सुविधाको प्राप्त गर्न सकिनेछ ।