चौधरी फाउण्डेसनले नेपालमा पाँच सय व्यक्तिलाई कृतिम खुट्टा उपलब्ध गराउने
काठमाडौं । चौधरी फाउण्डेसनले नेपालमा कृतिम खुट्टावितरण शुरू गरेको छ । दुर्घटना वा अन्य कुनै पनि कारण खुट्टा गुमाउनु परेका नागरिकहरू यसबाट लाभान्वित हुनेछन् । आईतबार काठमाडौंको नर्भिक इन्टरनेशनल अस्पतालमा आयोजित एक विशेष समारोहकाबीच उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले कृतिम खुट्टा वितरण कार्यक्रमको औपचारिक शुभारम्भ गरे । उक्त अवसरमा नेपालका लागि भारतीय राजदूत मन्जिव सि“ह पुरी, भगवान महाविर विकलांग सहायता समिति (विएमभिएसएस)का फाउण्डर डा. डि. आर. मेहता, समितिका निर्देशक शतिस मेहता लगायतका महानुभावहरूको उपस्थिती रहेको थियो । चौधरी फाउण्डेसनले विएमभिएसएस स“गको सहकार्यमा नेपालमा कृतिम खुट्टा वितरण गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । पहिलो चरणमा काठमाडौंको नर्भिक अस्पतालमा पुस ३० गतेसम्म र दोस्रो चरणमा नवलपुरको गैंडाकोटस्थित सहज अस्पतालमा माघ ३ गतेदेखि ४५ दिनसम्मका लागि यो सेवा उपलब्ध हुनेछ । दुवै ठाउँबाट ५०० व्यक्तिहरूका लागि कृतिम खुट्टा उपलब्ध गराउने योजना छ । यो सेवा पूर्ण रुपमा निःशुल्क उपलब्ध गाइएको छ । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले खुट्टा गुमाएका व्यक्तिहरुका लागि कृतिम खुट्टा उपलब्ध गराउने विशेष सेवा उपलब्ध गराएर चौधरी फाउण्डेसनले संवेदनशिल मानवीय सेवाको काम गरेको बताए । यस्तो सेवालाई थप प्रभावकारी बनाउन सरकारको तर्फबाट आवस्यक सहयोग गर्ने उनले बताए । फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले मानव सेवा आफ्नो व्यवसायको अभिन्न अंग रहेको बताउदै व्यवसायिक सफलताका लागि समाजबाट आफूले धेरै कुरा प्राप्त गरेको भन्दै अब आफ्नो जिम्मेवारी समाजलाई फिर्ता गर्नु रहेको बताए । ‘मलाई नेपाली समाजले धेरै कुरा दिएको छ । त्यसैले यो समाजका लागि योगदान गर्नु मेरो महत्वपूर्ण जिम्मेवारी हो’, अध्यक्ष चौधरीले भने । ‘अहिले म व्यवसायमाभन्दा सामाजिक सेवाकाकामहरूलाई प्राथमिकतामा राखेको छु । कृतिम खुट्टाउपलब्ध गराउने यो अभियान त्यसैको परिणाम हो ।’ अध्यक्ष चौधरीले नेपालमा स्थाई रुपमा कृतिम खुट्टा उपलब्ध गराउने योजना कार्यान्वयनका लागि सरकारस“ग सहकार्यको प्रस्ताव पनि गरेका छन् । सरकारको साथ पाएमा आफुले दिगो रुपमा यो कार्यक्रम नेपालमा संचालन गर्ने र सेवा आवस्यक रहेका सम्पूर्ण नागरिकलाई यो सेवा उपलब्ध गराउन सकिने विश्वास उनले व्यक्त गरे । एक तथ्यांक अनुसार नेपालमा करिब एक लाख मानिसलाई कृतिम खुट्टाको आवस्यकता रहेको छ । ‘खुट्टा गुमाएका व्यक्ति हिडडुल गर्नन सक्ने मात्रै होइन । उसको सारा जीवन नै समस्याबाट गुज्रिएको हुन्छ’ अध्यक्ष चौधरीले भने, ‘उसका लागि खुट्टा पाउनु भनेको जीवनलाई नै उज्यालो बाटोमा प्रवेश गराउनु हो ।’ नेपालका लागि भारतीय राजदूत पुरीले एउटा व्यक्तिले कृतिम खुट्टापाउनु भनेको उसले नया“ जीवन पाउनु त हो नै राष्ट्रले समेत सवल नागरिक पाउनु हो भन्दै यस्तो उत्कृष्ट मानव सेवाको काममा संगल्न भएकोमा चौधरी फाउण्डेसन र बिएमभिएसएसलाई धन्यवाद दिए । कार्यक्रममा विएमभिएसएसका फाउण्डर डा. डि आर मेहताले जयपुर फुट्सका कृतिम खुट्टाहरूबाट विश्वभरका नागरिकहरू लाभाविन्त भएकोमा आफुलाई गौरवको महसुस हुने बताए । जयपुर फुट्स विश्वकै सबैभन्दा ठूलो कृतिम खुट्टा उपलब्ध गराउने सस्था हो । र, यो विश्वब्यापी रुपमा प्रतिष्ठित सस्था पनि हो । अमेरिकी टाईम म्यागेजिन यस सस्थाको सेवालाई विश्वकै उत्कृष्ट सेवा प्रदान गर्ने सस्थाका रुपमा अवार्ड गरेको थियो ।
स्वास्थ्य बीमा प्रभावकारी केन्द्रबिन्दु बन्दै बागलुङ, करिब ३८ हजारबढी आवद्ध
काठमाडौं । नेपाल सरकारद्वारा लागू गरिएको सामाजिक स्वास्थ्य बीमामा बागलुङमा प्रभावकारी बन्दै गएको छ । जिल्लामा विसं २०७३ असारदेखि शुरुवात गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ३८ हजार २७३ स्वास्थ्य बीमामा आवद्ध भएको स्वस्थ्य बीमा बोर्र्ड कार्यालयका दर्ता अधिकारी जमुना शर्माले बताएका छन् । जिल्लाका दश स्थानीय तहमध्ये सबैभन्दा बढी बागलुङ नगरपालिकामा बीमा गर्नेको सङ्ख्या रहेको छ ।सो बीमामा हालसम्म आठ हजार २०४ परिवार आबद्ध भएर प्रभावकारी रुपमा स्वास्थ्य सेवा लिइरहेको बोर्डले जनाएको छ । सो कार्यक्रमले जिल्लामा आर्थिक रूपमा विपन्न र गरीब समुदायका बिरामीले औषधि उपचारमा ठूलो राहत महसुस गर्न थालेका छन् । धौलागिरि अञ्चल अस्पतालमा आउने बिरामी स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि उपचारमा आउनेको सङ्ख्यामा तेब्बरले वृद्धि भएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताएका छन् । अस्पतालमा स्वस्थ्य बीमा गराएका बिरामी दैनिक २०० को हाराहारीमा आउने गरेका भनाई रहेको छ । पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु दुई हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएको हकमा प्रतिसदस्य रु ४२५ का दरले शुल्क बुझाइ बीमा गरेपछि एक वर्षका लागि बीमा गरेका परिवारका सदस्यले वार्षिक रूपमा रु ५० हजारसम्म उपचार खर्च निःशुल्क पाउने नीति छ । बीमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बीमा रकमवापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्थाअन्तर्गत सरकारले अति विपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकमवापतको शुल्क तिरिदिने व्यवस्था रहेको छ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने व्यक्तिले तोकिएको सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य शल्यक्रिया लगायतका उपचार प्राप्त गर्न सक्नेछन् । त्यस्तै, सरकारले तोकेको झण्डै ४८० प्रकारका निःशुल्क औषधि प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य बीमाका लागि जिल्लाका ७२ जना दर्ता सहयोगीले घरघरमा पुगेर सेवा प्रदान थालेपछि नागरिकलाई स्वास्थ्य बीमा गराउन सहज भएको छ । रासस
जाडो मौसममा के खाने ? हेलचेक्राइ नगरौं है !
काठमाडौं। दिनदिनै जाडो बढ्दै छ र यो अहिले प्राय मानिसको तनावको बिषय बनेको छ। जाडो मौसम सुरु भएलगत्तै हामी सबैलाई रुघा, खोकी, ज्वरोजस्ता रोगहरूले सताउने गर्दछ। यो जाडो मौसममा प्राय सबैमा देखिने समस्या हो। जाडो मौसममा के खाने भन्ने कुरामा धेरै अन्विज्ञ छन्। त्यसैले पनि मानिसहरु आफ्नो शरीरलाई तागत दिने कुराको थाहा नभएर बिरामी पर्ने गरेका छन्। त्यसैले जाडो मौसममा खाने कुरा ध्यान दिन एकदमै जरुरी छ। एकदम बढी चिसोले हाम्रो प्रतिरक्षा प्रणालीलाई कमजोर बनाईरहेको हुन्छ। त्यसैले यस मौसमा जिंक पर्याप्त भएका खानेकुरा जस्तै छा, अन्डा र चिज पनि खानुपर्छ । यस्तै, स्वस्थ र सक्रिय प्रतिरक्षा प्रणालीका लागि शरीरलाई आइरन पनि उत्तिकै आवश्यक छ । यसबाहेक बी– १२ पर्याप्त भएका खानेकुरा निरन्तर रुपमा खान जरुरी छ। यो समयमा तातो झोल पदार्थहरुलाई हामीले प्राथमिकतामा राख्नुपर्छ। जाडो मौसममा शरीरलाई न्यानो राख्न धेरै शक्ति चाहिन्छ । यसका लागि पर्याप्त मात्रामा कार्बोहाइड्रेट अथवा शक्तिबद्र्धक खाना खानुपर्ने चिकित्सकको सुझाव छ । शरीरलाई जाडो मौसममा धेरै पोषणको आवश्यकता हुन्छ। यी आहाराको सेवनले तपाईंको शरीरलाई तातो राख्नुका साथै शरिरलाई अन्य रोगहरूबाट लड्न सहायता मिल्ने गर्दछ । १. च्याउ : च्याउले तपाईंको प्रतिरक्षा प्रणालीलाई बढाउने गर्दछ । यसमा पाइने बिटा ग्लुकनले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने कार्य गर्दछ। २. लसुन : चिसो भगाउनका लागि लसुनलाई निकै राम्रो मानिन्छ । यसले कुनैपनि रोगको संक्रमण हुनबाट बचाउँछ भने भाइरससँग पनि लड्न सहयोग गर्दछ । ३. चिकन सुप : चिसो हावाबाट बच्नका लागि चिकन सुपलाई निकै राम्रो मानिन्छ । ठूलो कचौरा एक कचौरा चिकन सुप पिउनाले पेट पनि भरिन्छ र तपाईंलाई चिसो र ज्वरोबाट बचाउँछ । ४. पालुङगो : पालुङ्गोमा निकै धेरै एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल पाइने हुनाले यसले प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने गर्दछ । ५. गाजर : चिसो मौसममा गाजरलाई आफ्नो डाइटमा पक्कै पनि समावेश गर्नुहोस् । यसले शरीरमा जन्मने भाइरसलाई नष्ट गर्ने गर्दछ । ६. कोको : काँचो कोको विन्सले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने गर्दछ । यदि तपाईं यसको सट्टा कोको फ्लेभरको चकलेट खानुहुन्छ भने यसले केहि काम गर्दैन । ७. मरिच : चिसो मौसममा रुघा, खोकी र ज्वरोसँग लड्नका लागि तपाईंले आफ्नो खानामा कालो मरिच समावेश गर्न आवश्यक छ । ८. अदुवा : चिसो मौसममा अदुवाले पुर्याउने फाइदाको बारेमा हामी सबै जानकार छौँ त्यसकारण अदुवा हालेको चिया अवश्य पिउनुहोस् । ९. दही : दहीमा निकै स्वस्थ ब्याक्टेरिया पाइने भएकोले यसले तपाईंको पेटलाई निकै फाइदा पुराउँछ । चिसो मौसममा तपाईंले चिसो दहीको सट्टा तातो दही खानुहोला । १०. चिया : चिसो मौसममा हर्बल टी पिउनुहोस् । जो मानिसहरू चिसो मौसममा चिया पिउँछन् उनलाई हत्तपत्त कुनै पनि रोगले छुँदैन ।