हृदयरोग विशेषज्ञ डा. कपुरले नेपालका १५० व्यक्तिलाई हृदयरोग अधिवक्ताको तालिम दिने
काठमाडौं। एकजना व्यक्ति हृदयरोगको बारेमा जानकारी भए उनले ५ अन्य व्यक्तिलाई यसबारे बताउन सक्छ। यसरी जब एकले अर्का व्यक्तिलाई हृदयरोगको बारेमा जागरुक बनाउँछ तब यसले रोग ५ देखि ६ प्रतिशतले घटाएको विभिन्न अध्यनहरुले देखाएको गुरुग्राम भारतका मेदान्त अस्पतालका उपाध्यक्ष हृदयरोग विशेषज्ञ डा. रजनिश कपुरले बताए। शुक्रबार एक समारोह बिच बोल्दै डा. रजनिश कपुरले यस्तो बताएका हुन्। यहि उदेश्यको साथ मेडिसिटि अस्पतालको संयोजकतामा डा. कपुरले १ सय ५० व्यक्तिलाई मुटुको अधिवक्ताको लागि तालिम दिने भएका छन् । डा. कपुरले भने, ‘यस अभियानका माध्यमबाट नेपालमा भएका व्यक्तिहरुले छिटो र कुनै लागत बिना नयाँ जानकारी, स्वास्थ्य सेवा राणनितिहरु र कार्यक्रमहरुमा पहुँच पाउनेछन्।’ कपुरको अनुसार नयाँ उपचार विकल्पहरुको जनचेतनाले बिरामीहरुलाई बचाउन सकिन्छ। हृदयरोग सम्बन्धी ज्ञान नहुँदा मानिसहरुले अकालमै ज्यान गुमाउने गरेका छन्। नेपालमा हुने १८ प्रतिशत मृत्यु मुटुरोगको कारण हुने गर्दछ । अस्वस्थ जिवनशैलीको कारण मानिसहरु मुटुरोगको शिकार हुने गरेका छन् । खानपानमा गुलियो, पिरो, नुनिलो कम गर्न, नियमित व्ययाम गर्न, तनाव कम गर्न, धुम्रपान मध्यपान नगर्न जस्ता जिवनशैली अप्नाएर मुटुरोगको शिकार हुनबाट जोगिन सक्छौं। विश्व स्वास्थ्य संगठनको अनुसार विश्वमा ३१ प्रतिशत मृत्युको कारण हृदयरोगको कारण हुने गरेको छ। व्यस्त जीवनशैलीमा कामको तनाव, एउटै ठाउँमा लामो समय सम्मा बस्ने व्यक्तिलाई हृदयरोग हुने सम्भावन हुन्छ। यस्ता परिवारमा कसैलाई हेदयरोग भएको अवस्थामा दोस्रो व्यक्तिलाई हृदयरोग हुने सम्भावना ५० प्रतिशत बढि हुन्छ। मुटुरोगको कुनै पनि लक्षण देखिएको अवस्थामा ईसिजी गर्नु एकदमै आवश्यक हुन्छ र पहिलो ईसिजी सामान्य आएको अवस्थामा पनि दुई पटक सम्म ईसिजी गर्न डाक्टरहरु सुझाव दिन्छन् किनभने कतिपय अवस्थामा पहिलो ईसिजीको नतिजा ठीक नआउन सक्छ।
नेपालमा प्रत्येक १० जना व्यक्तिमा १ जनालाई सिओपिडी दम, करोडौं खर्चदा पनि न्यूनिकरण हुनसकेन
काठमाडौं। विश्वमा नसर्न रोग भयावह अवस्थामा छ । नेपालमा मात्र ६६ प्रतिशत मृत्यु नसर्न रोगको कारण हुने गर्छ । त्यही नसर्न रोग मध्ये सिओपिडी दम राेग पनि एक हाे। याे एउटा दिर्घकालिन श्वासप्रश्वास सम्बन्धी रोग हो जसमा मुख्यतय श्वासप्रश्वास प्रवाहमा समस्या हुन्छ । बिशेषत यो समयसँगै बिग्रदै जाने हुन्छ । तर समयमै उपचार गरेमा यस रोगको रोकथाम र उपचार सम्भव छ । हाल विश्वमा अवस्था हेर्ने हो भने विश्व स्वास्थ्य संगठनको २०१६ को रिपोर्ट अनुसार विश्वमा २५ लाख मानिसहरु सिओपिडी दमबाट प्रभावित छन्। वार्षिक ३१.७ लाख मानिसहरुको मृत्यु यसको कारण हुने गर्छ। हाल सिओपिडी संसारभरको मृत्युको चौथो कारण हो र २०३० सम्म यो तेस्रो कारण बन्ने अनुमान गरिएको छ। अझै ९० प्रतिशत सिओपिडी नेपाल जस्तो कम विकसित मुलुकहरुबाट हुने गरेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट जारी सोधपत्र अनुसार सिओपिडीको व्यापकता प्रति एक लाख व्यक्तीमा ५२.४९ प्रतिशत रहेको थियाे र यो पाँचाै नम्बरमा आएको थियो। २०१७ सम्म आईपुग्दा सिओपिडी व्यापकता ६० प्रतिशत भएर दोस्रो नम्बर मा पुगेको छ। यस अन्तरालमा सिओपिडी १५ प्रतिशतले बढेको हो । वायु प्रदुशण, धुम्रपान बढेसँगै यो नम्बर बढ्दै जाने बताईएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले १३ हजार नेपालीहरुमा हाल सालै गरेको खोज अनुसार ४ वटा नसर्ने रोग सिओपिडी, मधुमेह, म्रिगौला सम्बन्धी रोग र रक्त नली सम्बन्धी समस्या देखिएका छन्। यि रोगहरु मध्ये सिओपिडी सबैभन्दा बढी देखिएको छ। ११.७ प्रतिशत मानिसहरु सिओपिडी दम रोगको प्रभावमा छन् जसमा पुरुषहरुमा १२.६ प्रतिशत र महिलाहरुमा ११ प्रतिशत रहेको छ। यधापी यससम्बन्धी मानिसहरुमा जनचेतन भने एकदमै कम रहेको छ। नेपालमा प्रत्येक १० जना व्यक्तीमा १ जनालाई सिओपिडी दम भएको अनुसन्धानले बताउँछ। यस्तै प्रदेश अनुसार कर्णाली प्रदेशका २५ प्रतिशत मानिसमा सिओपिडी दम देखिएको छ अर्थात प्रत्येक ४ जनामा १ जनालाई सिओपिडी दम रोग देखिएको छ। यस्तै दोस्रोमा प्रदेश २ मा १६.४ प्रतिशत अर्थात प्रत्येक ६ जनामा १ जनालाई सिओपिडी दम देखिएको छ। यस्तै तेस्रोमा सुदुरपस्चिम प्रदेशमा १४.३, प्रदेश नम्बर ३ मा ११.७ प्रतिशत, प्रदेश ५ मा ९ प्रतिशत र प्रदेश १ र गण्डकी प्रदेशमा सबैभन्दा थोरै अर्थात ६ प्रतिशतलाई सिओपिडी दम रोग लागेको देखिन्छ। हाल नेपालमा ३४ लाख व्यक्ति सिओपिडी दमबाट प्रभावित छन्। नेपालमा हाल धुम्रपान गर्न व्यक्तिको संख्या दिनहुँ बढ्दो छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुसार नेपालमा प्रत्येक ३ मा १ जनाले धुम्रपान गर्छन वा पहिला गर्थ। हाल धुम्रपान गर्न मानिसको संख्या हेर्न हो भने नेपालमा हाल प्रत्येक ५ जना व्यक्तिमा १ जना अर्थात ३० प्रतिशतले धुम्रपान गर्दछन् । धुम्रपान सिओपीडी हुनुको मुख्य कारण भए पनि अन्य कारणहरु पनि छन् जस्तै अहिले बढ्दै गईरहेको शहरीकरण त्यसका साथसाथै गाउँघरको चुल्होमा प्रयोग हुने बायोमास फियुल, दाउराको प्रयोगले चुल्हामा काम गर्ने महिलाहरुमा सिओपिडी लाग्न सक्ने सम्भावना उच्च हुन्छ। त्यसका साथसाथै बिकास निर्माणका कामहरु भएका ठाउँबाट निक्सने धुलो-धुवाँहरुले त एक त वायु प्रदुशण पनि गरिरहेका छन् र एक त त्यही काम गर्ने कामदारहरुलाई सबैभन्दा बढी असर गरिरहेको छ। वायु प्रदुशणको हिसाबले नेपाल विश्वका ५ खराब मुलुकमा परेको छ। वायु प्रदुशणबाट नेपालमा वर्षनी एक हजार व्यक्तीले ज्यान गुमाउँदै आएका छन्। सिओपिडी दमका मुख्य कारण १। धुम्रपान २। बाह्य वायु प्रदुषण धुँवा, धुलो आदि ३। घर भित्र हुने वायु प्रदुषण चुल्होमा गोइठो, पराल, दाउरा आदिको प्रयोग ४। पेशागत जोखिम ५। बंशानुगत जोखिम सिओपिडी दमका लक्षणहरू मुख्य लक्षणहरू १। स्वास प्रस्वासमा समस्या ( स्वाँस्वाँ हुने २। खोकी ( सेतो वा पहेलो खकार अन्य लक्षणहरू १। छाति घ्यार घ्यार कराउने २। औला वा जिब्रो निलो हुने ३। दुवै खुट्टा सुन्निने ३। पटक पटक छातीको संक्रमण हुने सिओपिडी उपचार पद्दति • नियमित इन्हेलर प्रयोग • नियमित चिकित्षक संग जांच • जोखिम कम गर्ने – धुम्रपान, बायु प्रदुषण, पेशागत जोखिम आदि • अन्य रोगको निदान र उपचार • स्वस्थकर बानी – नियमित व्यायाम स्वस्थकर आहार यस रोग नियन्त्रणको लाग कति बजेट छुट्टाईएको छ ? इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागका अनुसार दम, मुटु, मिर्गौला र मधुमेह रोगबारे सचेतना जगाउनकै लागि चालु आर्थिक वर्षमा मात्र ८ करोड रुपैयाँ विनियोजन भएको छ । सरकारले यस रोगबारे सचेतना कार्यक्रमका लागि ३ वर्ष यता प्रत्येक प्रदेशमा १ करोड र केन्दमा ९४ लाख रुपैयाँ छुट्याएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ५१ वटा जिल्लाहरुमा दमको रोगको विषयमा सचेतनाको कार्यक्रम गरीरहेको दाबी गरेको छ । यधापी सरकारले करोडौं रुपैया छुटाउदै आए पनि यस रोगको बिरामी संख्या बढ्दो छ।
चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा चारजना सिफारिस
काठमाडौं । चिकित्सा शिक्षा आयोगको चारवटा निर्देशक पदमा चारजना वरिष्ठ चिकित्सकको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा प्रा. डा. रमेशप्रसाद आचार्य, प्रा. डा. संगरत्न बज्राचार्य, प्रा. डा. दिलीप शर्मा र प्रा. डा. आरती साह रहेका छन् । आयोगले कात्तिक १९ गते एक सूचना जारी गरी आवश्यक योग्यता पुगेकालाई दरखास्त आह्वान गरेको थियो । ती पदमा २६ ले निवेदन दिएको आयोगले जनाएको छ । तीमध्येबाट चारजनाको सिफारिस भएको बताइएको छ तर यसबारे आयोगले केही सार्वजानिक गरेको छैन । राष्ट्रिय चिकित्सा ऐन, २०७५ ले आयोगमा चार निर्देशक पदको व्यवस्था गरेको छ । आयोगको सूचनामा निर्देशक पदमा आफ्नो व्यक्तिगत सोच, वैयक्तिक विवरणसहित कात्तिक २१ गतेसम्म विवरण बुझाउन भनेको थियो । ती चार निर्देशनालयमा मापदण्ड तथा प्रत्ययन, योजना समन्वय तथा प्राज्ञिक उन्नयन, परीक्षा निर्देशनालय र नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज रहेका छन् । ती पदका समयावधि चार वर्षको रहने ऐनमा नै उल्लेख भएको छ । ऐनमा ‘उपदफा ६ बमोजिम समितिले निर्देशनालय वा बोर्डको कामसँग सम्बन्धित दक्षता र कम्तीमा १५ वर्षको अनुभव प्राप्त प्राध्यापक वा नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा अनुभव भएको, उत्कृष्ट व्यवस्थापकीय सीप तथा कौशल, स्वच्छ छवि र व्यावसायिकता भएका व्यक्तिमध्येबाट उपयुक्त व्यक्तिलाई निर्देशक पदमा नियुक्तिका लागि सिफारिस गर्नेछ’ भनिएको छ । साथै ‘निर्देशक पदको नियुक्तिको लागि उपाध्यक्षसमक्ष नाम सिफारिस गर्न अध्यक्षले तोकेको राष्ट्रिय योजना आयोगको सदस्यको संयोजकत्वमा सम्बन्धित विषयका प्राध्यापक र कुनै एक विज्ञ रहेको तीन सदस्यीय सिफारिस समिति गठन हुने छ’ भन्ने ऐनको प्रावधान रहेको छ । प्रावधानअनुसार आयोगका सदस्य उषा झाको अध्यक्षतामा सिफारिस समिति गठन भएको थियो । निर्देशक पदको नियुक्ति प्रक्रिया शुरु गरिएको १५ दिनभित्र समितिले निर्देशकको नाम उपाध्यक्षसमक्ष सिफारिस गर्नुपर्ने उल्लेख छ । आयोगले कात्तिक १८ गते पूर्णता पाएको थियो । सरकारले आयोगका सदस्य मनोनयन गरेकामा उपकुलपतिमध्येबाट त्रिभुवन विश्वविद्यालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् । स्वास्थ्यसम्बन्धी राष्ट्रिय तहका मेडिकल तथा नर्सिङलगायत आधिकारिक पेशागत सङ्गठनका अध्यक्षमध्येबाट अध्यक्ष एशोसियशन अफ हेल्थ प्रोफेसन्स एजुकेसनिष्ट अफ नेपाल र नेपाल नर्सिङ सङ्घ छन् । यसैगरी, आयोगका सदस्यमा नागरिक समाजका लब्धप्रतिष्ठित कम्तीमा एक महिलासहित दुईमा डा. रमेशकान्त अधिकारी र डा. गीता गुरुङ तथा चिकित्सा शिक्षा विज्ञमध्येबाट समावेशी सिद्धान्तका आधारमा कम्तीमा दुई महिलासहित तीन जनामा प्रा. डा. दिव्यासिंह शाह, प्रा. डा. शैली प्रधान र प्रा. डा. जगदीश अग्रवाल रहेका छन् । रासस