सेञ्चुरी कमर्सियल बैंक र ब्लु क्रस अस्पतालबीच सेवा सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र ब्लु क्रस अस्पतालका कार्यकारी व्यवस्थापन समितीका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् । बैंकले आफ्ना खातावाला, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शयेर धनिहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता अनुसार बैंैकको खातावाला, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शयेरधनिहरुले अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान, अपरेशन, रेडियोलोजी, बेड चार्ज तथा अन्य जांचमा १२ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकले उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२९ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।
प्रभु इन्स्योरेन्स र चिरायु हस्पिटल एण्ड मेडिकलबीच नगद रहित सम्झौता
काठमाडौं । प्रभु इन्स्योरेन्स र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटबीच नगद रहित सेवा सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले तथा चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटको तर्फबाट हस्पिटल डाइरेक्टर सन्जिव राजभण्डारीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बीमा गराउने ग्राहकहरुले चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युटमा भर्ना भई औषधोपचार गराउँदा साथमा नगद नभएता पनि बीमा लेखको सिमासम्म नगद रहित सुविधा प्राप्त गर्न सक्नेछन् ।
ग्लोबल आइएमई बैंक र काठमाण्डाैं भ्याली हस्पिटलबीच १५ प्रतिशत छुट सम्झौता
काठमाडाैं । ग्लोबल आइएमई बैंक र काठमाण्डाैं भ्याली हस्पिटलबीच १५ प्रतिशत छुट सम्झौता भएकाे छ । ग्लोबल आइएमई बैंक र काठमाण्डौ भ्याली हस्पिटलबीच गते अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हाे । उक्त सम्झौतापत्रमा काठमाण्डौ भ्याली हस्पिटलका प्रमुख कार्यकारी अधिकृत श्यामकुमार श्रेष्ठ र ग्लोबल आइएमई बैंकका कार्ड बिक्रि, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात काठमाण्डौ भ्याली हस्पिटलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट,प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५प्रतिशत सम्म छुट पाउने छन् । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्यारउने उद्देश्यले १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर, ११५ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।