कोभिड-१९: वाग्मतीका सबै जिल्लामा आइसोलेशन

काठमाडाैं । वाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना भाइरस (कोभिड-१९) प्रकोपबाट प्रभावित भई आकास्मिकरूपमा आएका बिरामीलाई तत्काल उपचारमा ल्याउन उपत्यकाबाहेक प्रदेशका १० जिल्लाको अस्पतालमा आइसोलेशन कक्ष पूर्ण तयारीका साथ राखिएको जनाएको छ । ती जिल्ला अस्पतालमा छुट्टाछुट्टै प्रकोष्ट कक्षमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मी, मास्क, प्रविधियुक्त पोशाक र उपकरणसहित सतर्कमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. अर्जुन सापकोटाले बताएका छन् । उनका अनुसार, ती अस्पतालको प्रकोष्ठ कक्षमा आवश्यक पर्ने प्रविधियुक्त पोशाक, मास्क एवं विभिन्न उपकरण खरिद गरी सम्बन्धित अस्पतालमा पठाउने कार्य भइरहेको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निर्देशनबमोजिम जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा सम्बन्धित गाउँपालिका, थाहा नगरपालिका र नगरपालिकाको स्वास्थ्य चौकी, उपचौकी र प्राथमिक उपचार केन्द्रका स्वास्थ्यकर्मीले सम्बन्धित गाउँटोलका स्थानीय जनताको घरदैलोमा पुगी कोरोना भाइरस रोगको प्रभावबाट बच्ने विषयमा प्रदेशका १० वटै जिल्लामा अहिले जनचेतनामूलक अभियान सञ्चालन भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख निर्देशक रमेश अधिकारीले बताएका छन् । काठमाडौं उपत्यकाको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु सरुवा रोग अस्पताल, ललितपुर र भक्तपुर जिल्ला अस्पतालमा आइसोलेशनका लागि छुट्टाछुट्टै प्रकोष्ठ कक्ष स्थापना भइरहेको स्वास्थ्य निर्देशनालयले जनाइएको छ । प्रदेश राजधानी हेटौँडामा कोरोना भाइरसबाट बच्ने उपायबाट सजक रहे पनि बजारमा मास्कको अभाव भएकाले पर्याप्त उपलब्ध गराउन वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयलाई अनुरोध गरिससकेको मकवानपुरका प्रजिअ नारायणप्रसाद भट्टले बताएका छन्। वाग्मती प्रदेशमा काठमाडौं, ललितपुर र भक्तपुरसहित १३ जिल्ला समेटिएका छन् । रासस

बेलायती स्वास्थ्य मन्त्रीलाई कोरोना सङ्क्रमण, हालसम्म ६ जनाको मृत्यु

काठमाडौं । बेलायतका स्वास्थ्य मन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको सङ्क्रम भएको छ । बिरामी स्वास्थ्य हेर्ने कनिष्ठ स्वास्थ्यमन्त्री डोरिज अहिले घरभित्रै अलग्गै बसिरहेको अधिकारीले जनाएका छन् । हालसम्म बेलायतमा ३ सय ८२ जनामा सङ्क्रमण भएको र ६ जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संघले जनाएको छ । उनलाई के कसरी कोरोना भाइरसको सङ्क्रमण भयो भन्ने बारेमा स्पष्ट हुन नसकेको र अनुसन्धान भइरहेको अधिकारीको भनाइ छ । बेलायतमा अहिलेसम्म ३ सय ८२ जनामा सङ्क्रमण भएको र छ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अष्ट्रेलियामा भने सङ्क्रमितको सङ्ख्या ११२ पुगेको छ । स्वास्थ्य विभागले बुधबारसम्म थप १२ जना थपिएर सङ्क्रमितको सङ्ख्या ११२ पुगेको बताएको छ । मृत्यु हुनेको सङ्ख्या भने तीन मात्रै रहेको पनि विभागले उल्लेख गरेको छ । यसैबीच अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना सङ्क्रमण नियन्त्रण र उपचारका लागि १.५५ अर्व अमेरिकी डलर छुट्याइएको घोषणा गरे । उनले सरोकारवालासँग छलफल गरेर कोरोना नियन्त्रण र उपचारका लागि विभिन्न प्याकेज तयार पारिएको पनि जानकारी दिए । यसैगरी दक्षिण कोरियामा थप २ सय ४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै देशभरी कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७ हजार ७ सय ७५ पुगेको छ । अष्ट्रेलियामा भने बुधबारमात्र १२ जना थपिएर सङ्क्रमितको सङ्ख्या १ सय १२ पुगेको बताएको छ । मृत्यु हुनेको सङ्ख्या भने ३ मात्रै रहेको रहेका छन् । त्यसैगरी थप ६ जनाको मृत्यु भएको छ भने कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ६१ पुगेको छ । स्वास्थ्य अधिकारीका अनुसार कोरोना भाइरसबाट सङ्क्रमितमध्ये ४१ जना निको भएर घर फर्किएका छन् । जापानमा पनि कोरोना भाइरसका कारण मृत्यु हुने र सङ्क्रमितको सङ्ख्या थप बढेको छ । जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले दिएको विवरणका अनुसार सङ्क्रमितको सङ्ख्या बढेर ५ सय ६८ पुगेको छ । उनीहरुले कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको जनाइएका छन् । कोरोनाको सुरुवात भएको देश मानिने चीनमा भने अहिले नयाँ बिरामी थपिनेक्रम घटेको छ । केही दिनअगाडिसम्म दैनिक सयौं बिरामी थपिने गरेकोमा बुधबार थप २४ जना नयाँ बिरामी भेटिएका छन् । त्यसैगरी थप २२ जनाको मृत्यु भएको जनाइएको छ । उता अमेरिकामा सङ्क्रमितको सङ्ख्या १ हजार नाघेको छ । स्वास्थ्य अधिकारीका अनुसार कूल संक्रमितको सङख्या १ हजार १ पुगेको हो भने मृत्युहुनेको सङ्ख्या २८ पुगेको छ । त्यस्तै वासिङट्नमा २ सय ६०, न्यूयोर्कमा १ सय ७३, क्यालिफोर्नियामा १ सय ४४ जनामा कोरोना भाइरस सङ्क्रम भएको पुष्टी भएको जनाएको छन् । रासस/सिन्ह्वा

प्रधानमन्त्रीकी मृगौला दाता समिक्षा भइन् डिस्चार्ज

काठमाडौं । प्रधानमन्त्रीकी मृगौला दाता समिक्षा  संग्रौला डिस्चार्ज भएकी छिन् । संग्रौला बुधबार डिस्चार्ज भएकी हुन् । प्रधानमन्त्री सल्लाहकार विष्णु रिमालले ट्वीटर मार्फत उनी डिस्चार्ज भएको जानकारी दिएका हुन् । गत बुधबार समीक्षाले प्रधानमन्त्रीलाई मृगौला दान गरेकी हुन् । उनले आफ्नो बायाँतर्फको म्रगौला ओलीलाई दिएकी हुन् ।