भरतपुर लगायत अन्य ४ अस्पताल अब ‘विशिष्ट विशेषज्ञ अस्पताल’

काठमाडौं। सरकारले भरतपुर अस्पताल लागायत अन्य ४ अस्पताललाई ‘विशिष्ट विशेषज्ञ अस्पताल’ का रुपमा स्तरोन्नती गरेको छ। ‘मन्त्रिपरिषद्को फागुन ३ गतेको निर्णयअनुसार भरतपुर अस्पताल चितवन, कोसी अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगञ्ज, भेरी अस्पताल, बाँके र डडेल्धुरा अस्पताल डडेल्धुरालाई केन्द्र सरकारमा राख्ने र विशिष्ठ विशेषज्ञ अस्पतालको रुपमा स्तरोन्नती हुनेछ। अब अस्पतालमा विभिन्न रोगका विशेषज्ञसहितका चिकित्सक र सेवासुविधा सङ्घीय सरकारले उपलब्ध गराउनेछ। मन्त्रालयका अनुसार सबै विशिष्ठ विशेष अस्पताल अब ५०० शैयाका हुनेछन् । सरकारको यो निर्णयसँग प्रदेश तहबाट बनेका विकास समितिहरु खारेज भएर केन्द्र सरकारबाटै नयाँ विकास समिति बन्नेछन्।

किन पिउने नरिवलकाे पानी ? ताैल घटाउनेदेखि डिप्रेसन हटाउनसम्म उपयाेगी

काठमाडौं। पानी पिउँदाको फाइदाको बारेमा सबैजना अवगत नै हुनुहुन्छ। त्यस्तै पानी जस्तै अर्को फाइदाजनक पेय पदार्थ हो नरिवलकाे पानी। नरिवलकाे पानीको अनेकौ फाइदाहरु छन्। डाक्टर नखानु भएको खण्डमा बाहेक बच्चा, गर्भवती महिलादेखि लिएर वृद्धा मानिसहरु सबैले नरिवल पानी पिउन सक्छन् । नरिवल पानीको स्वाद वास्तवमा धेरै ताज़ा र मिठो हुन्छ। नरिवल पानीको स्वास्थ्यमा सकारात्मक प्रभाव १.  कम क्यालोरीयुक्त पेय पदार्थ नरिवल पानी प्रशाेधित फलफुलको जुसको सट्टा राम्रो र स्वस्थ विकल्प हो। चिनी र क्यालोरी कम भएको नरिवलको पानी मधुमेह रोगीहरूको लागि राम्रो औषधि हो। डा. रश्मी सुधा २‍. पाचन बढाउन नरिवल पानीमा फास्फेटेस, डायसेट (एन्जाइमहरूको एक समूह जसले शरीरको चिनीलाई टुक्राएर माल्टोज बनाउने गर्छ), फोलिक एसिड, र अन्य एंजाइमहरूको उत्कृष्ट स्रोत हो जुन पाचन प्रकृयामा मद्दत पुर्याउछ। डिहाइड्रेसन भएका व्यक्तिहरुले नरिवलको पानीबाट अत्यन्त लाभ उठाउन सक्छन्। नरिवल पानीले शरीरमा गुमाएको इलेक्ट्रोलाइट र प्लाज्मा ब्यालेन्स पुनर्स्थापना गर्ने काम गर्छ। ३. कपाल झर्न राेक्छ, छिटाे बुढाे भइँदैन नरिवलमा साइटोकिन र लौरिक एसिड पाइन्छ । यसले उमेर विरोधी गुणहरू भएको मानिन्छ। यसले छालाको पीएचलाई ब्यालेन्स गर्न मद्दत गर्दछ। यसले छालाको प्राकृतिक चमक ल्याउन मद्दत गर्दछ। नरिवल पानीले छालालाई पोषण दिनुको साथै छालालाई संक्रमणबाट बच्न मद्दत गर्छ। यसले कपाललाई आवश्यक पोषण दिएर राम्रो बनाउँछ। ४‍. डिप्रेसनबाट मुक्ति रिबाफ्लाभिन, प्याथोजेनिक एसिड र थिआमिन तीन यस्ता भिटामिन हुन् जुसले व्यक्तिमा तनाव र डिप्रेसनलाई कम गर्न मद्दत गर्दछ। यी महत्त्वपूर्ण भिटामिनहरु नरिवल पानीमा पाइन्छ जसले तपाईंको मुडलाई ताजा बनाउँदछ। ५. शरिरकाे ताैल घटाउन कम-क्यालोरी भएको पेय पदार्थ हुनाले नरिवल पानी डाइटमा भएका र केही वजन घटाउन चाहने व्यक्तिहरूको लागि स्वस्थ विकल्प हो। ६. शरिर मजबुद बनाउन क्यल्सियमको उत्कृष्ट स्रोत रहेको नरिवल पानीले तपाईंको हड्डीलाई मजबूत र स्वस्थ राख्न मद्दत गर्दछ। नरिवल पानी पोटासियमको राम्रो स्रोत भएकोले मांसपेशीको पीडालाई कम गर्न सहयाेग गर्दछ। ७. मिर्गाैलाकाे पत्थरी गायव नरिवल पानी मिर्गाैलाकाे पत्थरीको समस्या समाधान गर्न एक प्राकृतिक तरिका हो। नरिवल पानीमा धेरै मात्रामा पाइने पोटासियमले पत्थरीलाई निको पार्नुको साथै फेरि पत्थरी नहुने सुनिश्चित गर्छ। ८. सन्तुलित रक्तचाप नरिवल पानी उच्च रक्तचाप भएको मानिसको लागि वरदान नै हो। नरिवल पानीमा पाइने पोटासियम र म्याग्नेसियम जस्ता मिनिरलहरुको साथै भिटामिन-सी ले रक्तचाप स्वस्थ राख्न मद्दत गर्दछ। ९. माइग्रेनकाे दुखाईमा कमी नरिवल पानीमा पाइने म्याग्नेसियमले माइग्रेनको दुखाई कम गर्न मद्दत गर्दछ।

त्रिकोणले गलेश्वर आश्रमलाई दियो थेरापी मेसिन

काठमाडौं । त्रिकोण एडभरटाइजिङ सर्भिसले तनहुँको देवघाटस्थित गलेश्वर आश्रमलाई थेरापी मेसिन सहयोग स्वरुप उपलब्ध गराएको छ । कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले आश्रमका प्रमुख महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी लाई मंगलबार कम्पनीकै कार्यालयमा आयोजित एक कार्यक्रममा उक्त उपकरण हस्तान्तरण गरेका हुन् । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रमलाई थेरापी मेसिन उपलब्ध गराएको उनले बताए । ‘यसबाट आश्रमलाई औषधोपचारका क्रममा आवश्यक पर्ने थेरापीगर्न मद्दत मिल्छ,’प्रबन्ध निर्देशक अर्यालले भने, ‘हामीले लामो समयदेखि नै निरन्तरतादिइरहेको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेका हौं । भविष्यमा पनि यस्ता कल्याणकारी कार्य जारी राख्छौं । उक्त आश्रममा ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । आश्रम प्रमुख स्वामी आत्मानन्द गिरीले उक्त सहयोगका लागि कम्पनीलाई धन्यवाद ज्ञापन गर्दै उक्त उपकरणले थेरापी आवश्यक पर्ने बिरामीलाई सहयोग पुग्ने बताए ।