सार्क राष्ट्रबीच भिडियो कन्फ्रेन्स सुरुः माेदीकाे पहिलाे सम्बाेधन ओलीलाई

काठमाडौं । विश्‍वव्यापी  फैलिरहेको  कोरोना भाइरसविरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका प्रमुखबीच अहिले संयुक्त भिडियो संवाद भइरहेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा भइरहेको भिडियो संवादमा सार्क राष्ट्रका आठ देशका कार्यकारी प्रमुख सहभागी छन्। भिडियो संवादको सुरुवात गर्दै भारतीय प्रधानमन्त्री मोदीले भर्खरै मिर्गौला प्रत्यारोपण गरेर अस्पतालबाट डिस्चार्ज भएका नेपालका प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत गरे । ‘भर्खरै अप्रेशन गरेर आउनु भएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीजी यो भिडियो संवादमा सहभागी हुन आउनु भएकोमा धेरै धेरै धन्यवाद, हामी सबैकोतर्फबाट उहाँको स्वास्थ्य चाँडो भन्दा चाँडो पूर्ण ठीक होस् भन्‍ने कामना गर्दछु,’ सम्बोधनको सुरुमै मोदीले भने । उनले त्यसपछि अफगानिस्तानका नवनियुक्त राष्ट्रपति असरफ घानीलाई स्वागत गरे। मोदीले सम्बोधनका क्रममा सार्क राष्ट्रहरुबीच उस्तै उस्तै चुनौती रहेको बताए। जनता-जनताबीचको सम्बन्ध रहेका सार्क राष्ट्रले साझा समस्यासँग सामूहिक रुपमा जुध्नुपर्नेमा जोड दिए। यो कन्फ्रेन्समा मोदीसहित प्रधानमन्त्री केपी शर्मा ओली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, अफगान राष्ट्रपति अशरफ घानी, भुटानी प्रधानमन्त्री लोटे छिरिङ, माल्दीभ्सका राष्ट्रपति इब्राहिम माहम्मद सोलिह, श्रीलंकाली राष्ट्रपति गोताबाया राजपाक्षे सहभागी भएका छन् । पाकिस्तानका तर्फबाट भने स्वास्थ्य मामिलामा प्रधानमन्त्री इमरान खानका विशेष सल्लाहकार डा। जाफर मिर्जाले सहभागिता जनाएका छन् ।

मलेसियामा एकैदिन भेटियाे १ सय ९० जनामा कोरोनाकाे संक्रमण

मलेसिया । मलेसियाले आईतबार १ सय ९० जनामा कोरोनाको संक्रमण रिपोर्ट गरेको छ। यसमा धेरै संक्रमण मस्जिदमा भएको धार्मिक कार्यक्रममा फैलिएका बताईएको छ । यो नयाँ केस सहित मलेसियामा संक्रमण संख्या ४ सय २८ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ती मार्फत जनाएको छ । मन्त्रालयले सबै मस्जिदमा आएका मानिस र उनीहरुसँग सम्बन्धित मानिसहरुलाई १८ दिन क्वारेण्टाईनमा राख्ने बताएको छ । मलेसियन स्वास्थ्य अधिकारीहरुले फेब्रुअरी २७ तारिखको दिन भएको उक्त धार्मिक कार्यक्रममा १६ हजार मानिस सहभागी भएको जनाएको छ । यसमा १४ हजार ५ सय जना मलेसियन रहेको बताईएको छ ।

कोरोना पुष्टि भएपछिकाे सबै उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । काेराेना भएको पुष्टिभएपछिकाे उपचार खर्च सबै सरकारले बेहोर्न भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले आईतबार बसेकाे राष्ट्रिय सभाको बैठकमा काेराेना भएको पुष्टिभएपछिकाे उपचार खर्च सबै सरकारले बेहोर्न बताएका हुन् । उनले यो स्वास्थ्य मन्त्रालयको मात्र नभएर समग्र नेपाल सरकारको निर्णय भएको बताएका छन् । कोरोना देखिहाले उपचार खर्च कसले बेहोर्छ भन्ने धेरै जनाको चाँसोको विषय थियाे । सरकारले तोकेको अस्पतालमा बिरामीले उपचार गर्न चाहेको अवस्थामा सबै खर्च सरकारले बेहोर्न स्वास्थ्य मन्त्रालयका सुचना अधिकारी गणेश श्रीभास्तभले पनि बताएका छन् । उनी भन्छन्, ‘सरकारले तोकेका बाहेका अन्य स्वास्थ्य संस्थामा गरिएको उपचार खर्च भने सरकारले बेर्होेदैन । ’ बैठकमा बोल्दै मन्त्री ढकालले देशभरमा २ सय ३५ शैया आइसियु कोरोनाका बिरामीको उपचारका लागि तयारी अवस्थामा राखिएको पनि जानकारी दिए। उनका अनुसार उपत्यकामा १ सय २० र उपत्यकाबाहिर १ सय १५ गरी २ सय ३५ वटा आइसियु तयारी गरिएको छ। कोरोनाले विश्वबजारमा पारेको प्रभावले मानिसहरु त्रसित छन् । विश्व स्वास्थ्य संगठनले यसलाई गतसाता महामारी घोषण गरिसकेको छ । नेपालमा भने हालसम्म १ जनामा कोरोना देखिएर निको भईसकेपछि दोस्रो व्यक्तिमा कोरोना देखिएको छैन । यधपी नेपालीहरुमा कोरोनाकाे त्रास बढ्दो छ । सरकारको तयारीमा मानिसहरु विश्वास गर्न सकिरहेका छैनन तर सरकारले कोरोना विरुद्धका आफ्नो रणनितिहरु भने शुक्रबार प्रस्तुत गरिसकेको छ । संसारभर यस महामारीबाट जम्मा १ लाख ५६ हजार ८ सय ८० जना संक्रमित भईसकेका छन् । यस्तै ५ हजार ८ सय ३९ जनाको मृत्यु भईसकेको छ भने ७५ हजार ९ सय ३७ जना निको भएर घर फर्किसकेका छन् ।