स्वास्थ्य बीमाका लागि गाउँगाउँमा बिमितको नाम दर्ता

लहान । स्वास्थ्यबीमा कार्यक्रमअन्तर्गत सिरहाका गाउँगाउँमा बीमितको नाम दर्ता शुरु गरिएको छ । यही फागुन २ गतेदेखि सिरहामा स्वास्थ्यबीमा कार्यक्रम लागू भएको हो । स्वास्थ्यबीमा कार्यक्रम लागू भएपछि स्वास्थ्यबीमा बोर्ड लहान शाखाले जिल्लाका सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बीमितको नाम दर्ता गर्ने कार्य शुरु गरिएको हो । स्थानीय तहका सम्पूर्ण वडामा एक/एक सहजकर्ता परिचालन गरी बीमाको महत्व, यसको प्रक्रिया र बीमा कार्यक्रमबाट प्राप्त हुने सुविधाका बारेमा प्रचारप्रसार गर्नुको साथै बीमा गराउनेको नामसमेत दर्ता गर्ने कार्य भइरहेको स्वास्थ्य बीमा बोर्ड लहान शाखाका बीमा अधिकारी भोगेन्द्र साहले जानकारी दिए । सहजकर्तामार्फत दर्ता भएको बीमितको नामलाई चैतबाट कम्प्युटरमा दर्ता गरिने र अहिले नाम दर्ता गराएका बीमितलाई आउँदो जेठबाट बीमा सेवा उपलब्ध गराइने बीमा अधिकारी साहले बताए । पाँच जनाको परिवारले वार्षिकरूपमा प्रतिपरिवारले रु दुई हजार ५०० को प्रिमियम तिरे स्वास्थ्य उपचारवापत वार्षिक ५० हजारको स्वास्थ्यबीमा पाइने व्यवस्था छ । पाँचभन्दा बढी सदस्य भएमा प्रतिसदस्यले वार्षिक ४२५ का दरले थप प्रमियम तिर्नुपर्ने र सुविधा थैलीमा १० हजार थपिने जनाएको छ । रासस

रक्तदाताबाट संकलन गरिएको रगतमा एचआईभी भेटियो

काठमाडौं। १ बर्षमा रक्तदाताले बिरामीलाई दिईएको एकहजार दुईसय १० वटामा रगतको परिक्षण गर्दा एउटामा एचआईभी र अर्कोमा भिरिङ्गगी भेटिएको छ। बुधबार राष्ट्रिय हेमोभिजिलेन्स वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रमले प्रतिवेदनमा उक्त कुरा उल्लेख गरेको हो। स्याम्पल ब्लड मध्ये १२ वटा शंकास्पद भएर जाँच्दा एउटामा एचआईभी भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अन्तर्गतको रक्तसञ्चार ब्यूरो प्रमुख डा. रेखा मानन्धरले बताईन्। रक्तदाताले रगत दान गरेदेखि बिरामीमा चढाउने बेलासम्ममा अध्ययन गर्नको लागि सरकारले १ बर्ष अघी ‘हेमोभिजिलेन्स’ कार्यक्रम शुरु गरेको थियो। यस कार्यक्रमको लागि परोपकार प्रसुती गृह र नेपाल क्यान्सर अस्पताल ब्लड स्याम्पल पठाउँदै आएको कार्यक्रम संचालिका समेत रहेकी डा. रेखाले बताईन्। कार्यक्रममा रगत संकलन गरेर पठाउने परोपकार प्रसुती गृह र नेपाल क्यान्सर अस्पताललाई कदरपत्र प्रदान गरिएको थियोे।

पूर्व मुमा बडामहारानी रत्नराज्यलक्ष्मी बिरामी, नर्भिक अस्पतालमा उपचार हुँदै

पूर्व मुमा वडामहारानी रत्नराज्यलक्ष्मीदेवि शाह बिरामी परेपछि मंगलबार उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।  उनी गत एक सातादेखि रुघा, खोकी लागेर अस्वस्थ थिइन् । साथै पूवै मुमा बडामहारानीलाई हालपातलो दिशा हुने र पिसाब कम हुने समस्या पनि देखिएको अस्पालतले जनाएको छ । पूर्व मुमा वडामहारानीको विस्तृत स्वस्थ्यजाँच शुरु गरिएइको र उनलाई डा. खगेन्द्रबहादुर श्रेष्ठ, डा. मृगेन्द्रराज पाण्डे,डा. मधु घिमिरे र डा. ब्रजेन्द्र श्रीबास्तवको प्रत्यक्ष रेख देखमा उपचार शुरु गरिएको अस्पतालका  नायब महाप्रवन्धक आरपी मैनालीले जनाएका छन् ।