नेपालमा कोरोना देखिए पछि डराउन थाले मानिस, विश्वभर त्रास फैलाएको भाइरसबाट कसरी बच्ने ?
काठमाडौं । नेपालमा पनि कोरोना भाइरस देखिए पछि धेरै मानिसहरु डराउन थालेका छन् । कोरोना भाइरससँग डराउनुभन्दा पनि सतर्क रहनु आवश्यक छ । फ्रान्सबाट फर्केकी एक नेपाली महिलामा यो संक्रमण देखिएको हो । विश्वभर कोरोना भाइरसको त्रास फैलिहरको बेला नेपालमा पनि कोराना भाइरस देखिएको छ । विश्वभर ३ लाख ३८ हजारभन्दा बढी मानिसमा देखिएको यो संक्रमणबाट करिब १ लाख मानिस निको भएर घर फर्किसकेका छन् भने २ लाख १४ हजारभन्दा बढी मानिसमा यो भाइरसको सामान्य मात्र संक्रमण छ । यो भाइरसले १४ हजारभन्दा धेरैको ज्यान लिइसकेको छ । त्रास फैलिन नदिन सरकारले गरेको निर्णयहरु पालना गर्दै व्यक्ति पनि सुरक्षित रहन आवश्यक छ । कोरोनाको संक्रमण नफैलियोस भनेर सरकारले विद्यालय, लामो दूरीको यातायात लगायत संक्रमण फैलिने क्षत्रहरु बन्द गरिसकेको छ । कोरोना भाइसरबाट कसरी बाच्ने ? रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो । नियमित साबुन पानीले हात धुने, सकेसम्म घर बाहिर ननिस्किने, सार्वजनिक स्वास्थ्य सुझावको पालना, प्रतिरक्षा क्षमता बढाउने र शान्त रहन सकेमा कोरोना भाइरस फैलिदैन । के हो त कोरोना भाइरस ? कोरोना भाइरस जनवारबाट सर्ने एक भाइरस हो । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । कोरोना भाइरस विभिन्न प्रकारका छन् । कसरी थाहा पाउने कोरोना भाइरस ? सुरुमा समान्य रुघाखोकी लागछ । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।
नेपालमा थप एक जनालाई देखियो कोरोना
काठमाडाैं । नेपालमा थप एक जनालाई काेराेना देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले एक जनामा काेराेना देखिएकाे बताएका हुन् । उनले साेमबारकाे पत्रकार सम्मेलनमा थप एक जनामा काेराेना देखिएकाे बताएका हुन् । फ्रान्सबाट कतार हुँदै आएकी ती महिलामा हिजाे साँझ मात्र काेराेना पाेजेटिभ देखिएकाे उनले बताए । अहिले टेकु अस्पतालमा उपचार भइरहेको जानकारी दिए । १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको संक्रमण आइतबार साँझ पुष्टि भएको मन्त्री ढकालले जानकारी दिए। फ्रान्समा पढ्न गएकी ती विद्यार्थीकाे नाम, ठेगाना खुलाउनु राम्राे नहुने मन्त्री ढकालले बताए । ‘उनको परिवारलाई क्वारेन्टाइनमा राखेका छौं र उनी सँगै जहाजमा आएका अन्य मानिस कहाँ-कहाँ छन्? भनेर खोजी गर्दैछौं’, पत्रकार सम्मेलनमा मन्त्री ढकालले भने। याेसँगै हालसम्म नेपालमा काेराेनाकाे दुई केस देखा परेका छन् । पहिलाे ससंक्रमित भने निकाे भएर घर गईसकेका छन् ।
सरकारकाे करोना कोषमा नर्भिक तथा बसन्त चौधरी फाउन्डेसनले १ करोड सहयोग गर्ने
काठमाडौं। सरकारद्वारा घोषणा गरिएको ‘कोरोना कोष’ मा नर्भिक तथा बसन्त चौधरी फाउन्डेसनले एक कराेड रूपैयाँ सहयोग गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि घोषणा गरिएको उक्त काेषमा फाउन्डेसनले साे मात्राकाे सहयाेग गर्न लागेकाे हाे । बसन्त चाैधरीले ट्विटर मार्फत उक्त रकम बराबरकाे सहयोग गर्ने घोषणा गरेका हुन् । ‘नर्भिक तथा बसन्त चौधरी फाउन्डेसनको तर्फबाट सहयोग स्वरूप ५० लाख नगद तथा थप ५० लाख बराबरको जरुरी मेडिकल सप्लाइज उपलब्ध गराइने घोषणा गर्दछौं।’ उनले ट्विटरमा लेखेका छन् । मन्त्रिपरिषद्को आइतबार साँझको बैठकले कोरोना संक्रमणका विरूद्ध ५० करोडको कोषको घोषणा गरेको थियो। सो कोषमा मन्त्रीहरूबाट एक महिनाको पारिश्रमिक योगदान गर्ने बताइएको थियो।