काेराेनाकाे शंकामा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु

काठमाडाैं ।  भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएकाे छ । उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो । उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ । उनको स्वाब परीक्षणका लागि मंगलबार विहान मात्र टेकु पठाइएको अस्पतालले जनाएको हाे ।

नेपालमा कोरोना परीक्षण विश्वसनीय छ: डब्लूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना भाइरस अर्थात कोभिड-१९ को परीक्षण विश्वसनीय भएको बताएकाे छ ।  संगठनका नेपाल प्रतिनिधि कोस भ्यानडेलयरले नेपालमा कोरोना परीक्षणको अवस्था सम्बन्धमा एक विज्ञप्ति जारी गर्दै नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोभिड(१९ का आशंकित व्यक्तिहरुको जाँच प्रक्रिया विश्वसनीय भएको र प्रयोगशालामा कार्यरत चिकित्सकहरुले उच्चस्तरीय दक्षता प्रदर्शन गरिरहेको बताएका छन् । नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा डब्लूएचओ नेपालले नेपालमा डा. जोनाथन आशक्रोफ्टको नेतृत्वमा बेलायती जनस्वास्थ्य र्‍यापिड सपोर्ट टिम परिचालन गरिएकोसमेत जनाइएको छ । नेपालमा उक्त टोलीले नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली १३ देखि २१ मार्च, २०२० सम्म सहयोग गरेको बताइएको छ ।

के हात धुन सबैले एउटै साबुन प्रयोग गर्दा किटाणु सर्छ ?

काठमाडौं । हातको फोहोर, किटाणुलाई सफा गर्नको लागि साबुन पानीलाई सबैभन्दा उपयुक्त सामाग्री मानिन्छ । खाना खानुअघि, खाईसकेपछि, चर्पी गईसकेकपछि जहिले पनि नियमित रुपमा साबुन पानीको प्रयोग गर्न विशेषज्ञहरु सल्लाह दिन्छन् । तर हामी सबैले एउटै साबुन प्रयोग गर्दा रोग त सर्दैन भन्ने हामी मध्ये धेरैको चाँसोको विषय हो । यस प्रश्नको उत्तर सन् १९६५ मा सार्वजनिक भएको थियो । उक्त अध्यन अनुसार एउटै साबुन प्रयोग गर्दा रोग नसर्न बताएको छ । वैज्ञानिकहरुले श्रखलावद्ध रुपमा ५ बिलियन ब्याक्टेरियाले हात फोहोर गरेका थिए । त्यो रोग लाग्ने ब्याक्टेरिया थियो । उनीहरुले एउटा साबुन प्रयोग गरेर हात धुए र सोही साबुन दोस्रो व्यक्तिलाई प्रयोग गर्नदिए । यसरी एउटै साबुन प्रयोग गर्दा उक्त ब्याक्टेरिया दोस्रो व्यक्तिमा सरेको पाईएन र उनीहरुले एउटै साबुन प्रयोग गर्दा किटाणुहरु नसर्ने पुष्टि गरे । यस्तै सन् १९८८ मा साबुन उत्पादनकर्ताले राखेका वैज्ञानिकहरुले https://www.ncbi.nlm.nih.gov/pubmed/?term=3402545 एउटै साबुन प्रयोग गर्दा किटाणुहरु नसर्न पुष्टि गरेको थियो । स्वास्थ्य विशेषज्ञहरु साबुन पानीले हात धुनु किटाणुको संक्रमणबाट बच्न सबैभन्दा उत्तम उपाय भएको बताउँछन् । त्यसैले मानिसहरुले किटाणुबाट बच्नलाई नगर्ने एक मात्र गल्ती भनेको साबुन पानीले हात नधुनु हो ।