नेपाली बैज्ञानिकले विकास गरे अति सुक्ष्म-प्रकाशकीय चिप, स्वासप्रस्वासका बिरामीलाई उपयोगी
काठमाडौ । फुटुंग रिसर्च इस्टिच्यूटका बैज्ञानिकहरुले नेपालको पहिलो अती–सुक्ष्म–प्रकाशकीय चिपको विकास गर्न सफल भएका छन् । सो चिप नेपाली बैज्ञानिकहरुले नेपालमै सिमुलेशन (गणितिय) डिजाइन तथा भौतिक परीक्षण गरी निर्माण गरेका हुन् । स्वासप्रस्वासका बिरामीलाई उपयोगी हुने चिप बनाइएको हो । नेपाली बैज्ञानिकको यो उपलब्धीमा फ्रीवेयर, थ्रिडी प्रिन्टीङ प्रविधिको व्यापक विकास र प्रयोग र थोरल्याब्स (यूएसए), ल्यूमेरिकल (क्यानाडा) र लुसीडा फोटोनिक्स (बेल्जियम) लगाएतका कम्पनीहरुले फुटुङका बैज्ञानिकलाई सहयोग गरेका छन् । बुधबार राजधानीमा बैज्ञानिक संस्थाहरुले आफ्नो खोजको बारेमा समेत जानकारी दिएका छन् । कार्यक्रममा शिक्षा विज्ञान र प्रविधि मन्त्रालयका अधिकारीहरु, नास्टका तथा त्रिवि बैज्ञानिकहरु, समाज कल्याण परिषद्का अधिकारीहरु, अभियन्ता महाबिर पुन, चिकित्सकहरु, म्यान्चेस्टर विश्व विद्ययालयका प्राध्यापकहरु, वोल्ड इनोभेसन फोरम (जेनेभा) का अध्यक्ष लगायत स्वदेशी र विदेशी बिज्ञहरुले सहभागिता जनाएका थिए । प्राविधिक विकासका लागि छलफल गरेका छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेल उपस्थित थिए । कार्यक्रममा डाक्टर गोपाल लामाले नेपालमा बढ्दो वायू प्रदुषणले दमको रोग वृद्धीमा सघाउ पुर्याएको भन्दै आगामी दिनमा यसको औषधी खोज्न भन्दापनि सकेसम्म रोग नै नलाग्ने बातावरण निर्माण गर्न जोड दिनुपर्ने बताए । साथै, आगामी दिनमा फोक्सोको समस्याका लागि अती–सुक्ष्म–प्रकाशकीय चिप सहयोगी हुने बताए ।
सनराइज बैंकको स्वास्थ्य योजना अब भारतमा उपचार गराउँदा पनि लागू हुने
काठमाडौँ । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुुविधालाई मध्यनजर गर्दै हाल दिइरहेकको स्वास्थ्य बीमा योजना सुविधामा भारतका प्रमुख १५ वटा अस्पतालहरु पनि समावेश गरेको छ । स्वास्थ्य योजना अनुसार बचतकर्ताहरूले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च, बढीमा १ लाख रूपैयाँ वा बचत खातामा रहेको बार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी नगद दाबी गर्न सक्ने बैंकले जनाएको छ । चैत १ सालदेखि ग्राहकको सुुविधालाई मध्यनजर गर्दै बर्षमा ३ पटकसम्म बीमा दाबी गर्न सक्ने योजना अगाडी ल्याएको छ । साथै सनराइज बैंकका बचतकर्ताहरूले ५ लाखसम्मको दुर्घटना बिमा र १०० भन्दा बढी अस्पतालहरुमा २० प्रतिशतसम्म छुट दिदै आएको जनाएको छ । यसअघि सनराइज बैंकले भारत स्थित अपोलो, बीएलके सुपर स्पेशालिटी र नानाभाटी हस्पिटलसँग पनि सम्झौता गरेको थियो । सनराइज बैंकका सम्पूर्ण डेबिट तथा क्रेडिटकार्ड ग्राहकले यी अस्पतालको विभिन्न सेवा सुविधाहरुमा अधिकतम ५० प्रतिशतसम्म छुट पाउने छन् ।
चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ घाइते, ६ जनाको वयोधा अस्पतालमा उपचार हुँदै
काठमाडौँ । पुरानो वसपार्कबाट दक्षिणकाली रुटमा चल्ने ना३ख १४४४ नम्बरको यात्रुबाहक बस मंगलबार बिहान दुर्घटना भएको छ । दुर्घटनामा परी २४ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा चाल्नाखेल स्थित हात्तीवनमा सो बस दुर्घटना भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टका अनुसार बस हिलो सडकमा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका मध्ये हाल ६ जनाको बल्खु स्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ । उपचारका लागि पुगेका १५ जना मध्ये ६ जनाको अवस्था गम्भीर भएकाले भर्ना गरेर उपचार भइरहेको हो । बाँकी ९ जना सामान्य उपचार पछि घर फर्किएको बयोधा अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. शशी झाले बताए । हातको हड्डी भाँचिएको र टाउकोमा समेत चोट लागेकाले माइती थिङ, मञ्जु भट्टराई र अजय महर्जनलाई आइसीयूमा राखेर उपचार भइरहेको छ । आइसीयूमा राखेपनि उनीहरुको अवस्था गम्भीर नभएको डा. झाले बताए । बाँकी ३ जनाको भने जनरल वार्डमा राखेर उपचार भइरहेको छ ।