चिकित्सक संघको आन्दोलन जारी, छैठौंदिन वीर अस्पताल परिषर भित्र ओपिडी सेवा संचालन

काठमाडौं । सरकारी चिकित्सक आन्दोलन शुरु भएको छैठौं दिन वीर अस्पताल परिषर भित्र ओपिडी सेवाको सुरुवात गरेका छन् । सरकारी चिकित्सक संघले विरामीको अवस्थालाई ध्यानमा राखि सेवा शुरु गरेको जानकारी दिँदै संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डे सरकारीले चिकित्सकहरुको माग सुनवाई नगरे सम्म आन्दोलन जारी रहने बताए । संघका अध्यक्ष डा. पाण्डेका अनुसार ‘सरकारी चिकित्सक संघमा आवद्ध डाक्टरहरु नेपालका ७७ वटै जिल्लामा जान तयार छौं, सरकारले सुदुर पश्चिम र कर्णाली एवंम विकट ठाँउका चिकित्सकलाई काठमाडौं ल्याइरहेको यो अवस्थामा अब समायोजन मान्न भनिरहेको छ, यदि सरकारले गरेको सो निर्णय मान्ने हो भने सुदरपश्चिम, कर्णाली एवंम विकट ठाँउमा सेवा थप्प हुन्छ त्यसकारण जनताका लागि यो आन्दोलन गरेका हौं ।’ संघका अध्यक्ष पाण्डेले भने ‘आन्दोलन भईरहदाँ सरकारले विरामीको विचल्ली भयो भन्ने कुरालाई ध्यान नदिई दमनको नीति ल्याई पुलिस प्रशासनको प्रयोग गरि चिकित्सक माथि अभद्र व्यवहार गरेको छ । के चिकित्सकलाई पिटेर जबजस्ती विरामीको उपचारमा लगाउन सकिन्छ त ?’ ६ दिनदेखि बन्द ओपिटी सेवा शुरु गर्दै टाढाबाट आएका विरामीलाई मध्यनजर गर्दै अस्पताल परिषरमा सेवा सुचारु गरिएको हो । सिन्धुलीका अल्सर तथा दमका रोगी ५९ वर्षिय विष्णुबहादुर पोख्रेल भन्छन् ‘यो आन्दोलनले म जस्ता धेरै बिरामी मारमा परिरहेका छन्, ९ दिनदेखि उपचारका लागि धाएको जानकारी गराए ।

नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकको ३ लाख ७५ हजार सहयोग

काठमाडौँ । नेपाल आँखा अस्पतालको ४५ औं वार्षिकोत्सवको उपलक्ष्यमा सिद्धार्थ बैंक लिमिटडले १५० जना मोतिया बिन्दु रोगीहरुको उपचारका लागि आर्थिक सहयोग स्वरुप ३ लाख ७५ हजार रुपैयाँ प्रदान गरेको छ । आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जाने योजना रहेको बैंकले जानकारी गराएको छ ।

गुणस्तरिय सेवा दिनलाई स्वास्थ्य संस्था पहिला आफैमा बलियो हुनुपर्छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले गुणस्तरिय सेवा दिनलाई स्वास्थ्य संस्था पहिला आफैमा बलियो हुनुपर्ने बताएका छन्। नेपाल आँखा अस्पताल त्रिपुरेश्वोरको ४५ औं वार्षिकोत्सव मन्त्री खतिवडाले स्वास्थ्य क्षेत्र राम्रो बनाउनको लागि सबैको सहयोग आवश्यक रहने कुरामा जोड दिँदै सरकारले सबै गर्दिन्छ भनेर आफुहरु केही नगरि बस्ने काम बन्द गर्न आग्रह गरे। स्वास्थ्य क्षेत्रको सुधारमा सरकारको मुख्य दायित्वो भएपनि सबैजनाको सहयोग आवश्यक रहेको उनले बताए। अस्पतालको ४५ औं वार्षिकोत्सवमा बोल्दै मन्त्री खतिवडाले नेपाल आँखा अस्पताल अन्य आँखा अस्पतालको जननी भएको र अस्पतालले आफुलाई भौतैक संरचना र उपकरणले युक्त बनाएको भन्दै प्रशंशा गरे। अस्पतालले वार्षिकोत्सवको अवसरमा आफ्नो उत्कृष्ट कर्मचारी, सामाजिक उत्तरदायित्वो निभाउने ४ वटा बैंक र निशुल्क आँखा दान गर्ने संस्थालाई सम्मान गरेको थियो। अस्पतालले वार्षिकोत्सवको अवसरमा ४५ जना मोतियाविन्दु भएका बिरामीको निशुल्क शल्यकृया गरेको छ। कार्यक्रममा उपचार गरिएको बिरामीको आँखाको पट्टी खोली अर्थमन्त्री खतिवडाले कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए। कार्यक्रममा अस्पतालका संस्थापक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रामप्रसाद पोखरेलले अन्धोपन हुनुको मुख्य कारणमा मधुमेह पनि भएकोले यसलाई ध्यान दिन जरुरी रहेको बताए। अस्पतालले वर्षभरि एक लाखभन्दा बढीलाई बहिरङ्ग सेवा र पाँच हजार बढी शल्यक्रिया गर्दै आएको छ।