सरकारले स्थापना गरेकाे कोरोना कोषमा इसेवाको ५ लाख सहयोग

काठमाडाैं । ‘इसेवा’ले कोरोना भाइरस संक्रमण तथा रोकथाम लागि सञ्चालित कोषमा ५ लाख रुपैयाँ सहयाेग गर्ने भएकाे छ । अनलाइन भुक्तानी ‘इसेवा’ले काेराेनाकाे जाेखिम न्यूनिकरणका लागि साे रकम सहयाेग गरेकाे जनाएकाे छ । सरकारले आइतबारबाट सुरु गरेको ‘कोरोना भाइरस संक्रमण,नियन्त्रण तथा उपचार कोष’मा ५ लाख रुपैयाँ जम्मा गरिसकेको इसेवाले जनाएको छ।

कोरोना उपचारको क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीई बनाउने जिम्मा महाविर पुनलाई

काठमाडौं । कोरोना भाइरसको उपचारको क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्नुपर्ने अत्यावश्यक सामाग्री सुरक्षा उपकरण बनाउने जिम्मा राष्ट्रिय आविस्कार केन्द्रले पाएको छ । काेराेना भाइरसको जाँच र उपचार गर्ने क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्नुपर्ने पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट अर्थात पीपीई बनाउने जिम्मा राष्ट्रिय आविस्कार केन्द्रले पाएको हो । टिचिङ अस्पताल र विपि कोईराला ईन्स्टिच्युट अफ हेल्थ धरानबाट राष्ट्रिय आविस्कार केन्द्रकाे उपकरण बनाउने जिम्मा पाएको महाविर पुनले फेसबुक स्टाटसमार्फत बताएका हुन् ।

कोरोना रोकथाम गर्न सुदूरपश्चिम प्रदेश सरकारले छुट्यायो साढे ११ करोड

काठमाडाैं । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि ११ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा मंगलबार बसेको सुदूरपश्चिम प्रदेश सरकारको आकस्मिक बैठकले कोरोना रोगको रोकथामका लागि बजेट बिनियोजन गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले ८८ वटा स्थानीय तहलाई कोरोना भाइरसको रोकथामका लागि सशर्त अनुदान दिने निर्णय अनुसार, उपमहानगरपालिकालाई ५ लाख नगरपालिकालाई ४ लाख र गाउँपालिकालाई ३ लाख रुपैयाँ दिइनेछ । यस्तै, बैठकले मन्त्रिपरिषदका सदस्यहरूको एक महिनाको पारिश्रमिक प्रदेश राहत कोषमा राख्ने निर्णय पनि गरेको छ ।