चिनियाँ भाइरसको त्रासमा एसियाः एयरपोर्टमा हेल्थ डेस्क राखेर सतर्कता अपनाउँदै नेपाल

काठमाडौं । पछिल्लो समय चिनियाँ भाइरसको उनामले चिनिने कोरोनो भाइरस त्रासको रुपमा फैलिएको छ । चीनमा मात्र होइन एसियाली देशहरुमा यो भाइरसको संक्रमण फैलिएको बताइएको छ । सबै देशहरुले यो भाइरसबाट बँच्न सतर्कता अपनाएका छन् । यस अघि कतै विज्ञानमा पनि नपाइएको एउटा रहस्यात्मक भाइरस चीनमा भेटाइएको छ । हालै यो भाइरस जापान, थाइल्याण्ड र दक्षिण कोरियालगायतका देशहरुमा पनि देखा परेको छ ।  हालसम्म यो रोगबाट २ सयभन्दा बढी मानिस प्रभावित भइसकेको जनाइएको छ । यद्यपी बेलायतका विज्ञहरुले यसबाट प्रभावित हुनेको संख्या १७ सय पुगेको अनुमान गरेका छन् । के हो कोरोना भाइरस ? चिन र विश्व स्वास्थ्य संगठनले यो भाइरस नयाँ कोरोनो भाइरस भएको पुष्टि गरेका छन् । बिरामीहरुको भाइरसको नमुना लिएर ल्याबमा परिक्षण गरिएसँगै यो नयाँ भाइरस भएका उनीहरुले पुष्टि गरेका हुन् । यो भाइरसहरुको एउटा कारोनो भाइरस हो । यो भाइरसहरुमध्येको सातौं भएको बुझिएको छ । गम्भिर स्वासप्रश्वासका समस्याहरु कोरोनाभाइरसको कारण लाग्ने गर्दछ । ज्वरो, खोकी, स्वास फेर्नुमा कठिन हुनु यसको लक्षण हुन् ।  सन् २००२ मा यस भाइरसको एक प्रजाती सार्सको संक्रमणको कारण चिनमा ७ सय ७४ मानिसको मृत्यु भएको थियो भने ८ हजार ९८ मानिसहरु संक्रमित भएका थिए । यो रोगले विगतमा त्रास फैलाएको कारण पनि अहिले मानिसहरु डराइरहेका छन् । तर, चीन भने कोरोनो भाइरससँग लड्न आफुसँग प्रविधि भएको दावी गर्छ । के यो गम्भिर छ ? कोरोनो भाइरसले सामान्य ज्वरोदेखि मानिसको ज्यानै पनि लिन सक्छ । यो भाइरसले ठ्याक्कै यही गर्छ भन्ने अहिले सम्म भन्न नसकेपनि धेरै खालका लक्षण भने देखिन्छन् । एडिनबर्ग विश्वविद्यालयका प्रोफेसर मार्क वुलहाउस भन्छन्, ‘जब हामी नयाँ कोरोना भाईरस पत्ता लगाउँछौं तब हामी त्यसको लक्षण कत्तिको गम्भिर छ भन्ने कुरामा ध्यान दिन्छौं, यसको लक्षण चिसोको जस्तो देखिन्छ यद्यपी यो सार्स (कारोन ेभाईरसको एक प्रजाती) जति गम्भिर छैन ।’ कहाँ बाट आयो कोरोना भाइरस ? नयाँ भाईरसहरु समय समयमा पत्ता लागिरहेका हुन्छन् । तिनिहरु एक प्रजातिबाट दोस्रो प्रजातिमा पस्ने गर्छन् । उनीहरु चालै नपाई मानिसमा पनि पस्छन् । यो भाइरसको पनि प्राथमिक स्रोत जनावरहरु रहेको वैज्ञानिकहरुले बताएका छन् । मानिसको जनसंख्याको धेरै भएको कारण मानिस र जनवारसँगको सम्पर्क नजिक हुनाले चिनमा नै यो देखा परेको विशेषज्ञहरु बताउँछन् । कोरोना भाइरस एक मानिसबाट अर्कोमा सरेको कुनै पनि केस नभेट्टिएको चिनिँया अधिकारी बताउँछन् । यद्यपी, यो नयाँ भाईरसले फोक्सोमा समस्या देखाई खोकी र हाच्छिउँ लाग्ने हुनाले यो भाइरस एक व्यक्तिबाट दोस्रो व्यक्तिमा सर्दैन भन्न नसकिने विशेषज्ञहरु बताउँछन् । नेपालमा के छ अवस्था ? यो भाइरसबाट बँच्न नेपालले पनि सतर्कता अपनाएको छ । चीनमा देखिएको नयाँ कोरोना भाइरस नेपाल छिर्नबाट रोक्न स्वास्थ्य मन्त्रालय अन्तगर्तको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन विमानस्थलमा हेल्थ डेस्कलाई सक्रिय बनाइसकेको महाशाखा निर्दशक विवेक कुमार लालले बताएका छन् । हेल्थ डेस्कको माध्यमबाट प्रभावित राष्ट्रबाट आएका मानिसहरुको विवरण संकलन भइरहेको निर्देशक लालले बताए । यद्यपी कर्मचारी भने अझै अपुग भएको उनी बताउँछन् । हाल हेल्थ डेस्कमा चार जना खटेका छन् । कोरोनो भाईरसलाई जाँच्न सामान्य मेसिनले नै काम हुने बताइएको छ । यो भाइरसबाट बँच्नका लागि जिवित जनावहरुसँग सम्पर्क घटाउनु पर्ने डाक्टरहरु बताउँछन् । मासु र अण्डा खाँदा पनि राम्रोसँग पकाएर खान डाक्टरहरुले सुझाव दिएका छन् ।

सिद्धार्थ बैंकद्धारा निःशुल्क क्यान्सर जाँच शिविर

काठमाडौं । सिद्धार्थ बैंकले अन्नपुर्ण मिसाःपुचः र नेपाल क्यान्सर केयर फाउण्डेसनसँग सहकार्य गर्दै निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संयुक्त रुपमा आयोजना गरेको छ । बैंकले माघ ४ गते शनिबार काठमाडौं जिल्लाको ज्याठा, वडा नं २७ मा उक्त कार्यक्रम आयोजना गरी सम्पन्न गरेको हो । पाठेघर क्यान्सरको सचेतनाका साथ महिला स्वास्थको सुधारमा पहल गर्दै आयोजना गरिएको उक्त शिविरमा ९४ जना महिलाको पाठेघर परिक्षण गरिएको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आइरहेको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जानेछ । हाल बैंकले १८० वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०० एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

सानिमा बैंक र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच छुटसम्बन्धी सम्झौता

काठमाडौं । सानिमा बैंकका ग्राहकलाई ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको स्वास्थ्य उपचारमा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत बबि सिंह गड्तौला र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका प्रमुख मार्केटिङ्ग अधिकृत दिनेश पौडेलले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरुमा उपचारको क्रममा सहज रुपमा भुक्तानीका साथै अस्पतालका विभिन्न सेवा सुविधाहरुमा ७.५ % सम्म छुट प्राप्त गर्न सक्नेछन् ।