हङ्गेरीमा चार भन्दा बढी बच्चा जन्माउनेले जीवनभर आयकर तिर्नै नपर्ने
हङ्गेरी। हङ्गेरीका प्रधानमन्त्रीले चार वा सोभन्दा बढी बच्चा पाउने आमाहरूलाई आजीवन आयकर मिनाहा गरिने घोषणा गरेका छन्। बच्चा जन्माउने दर बढाउने योजना सार्वजनिक गर्दै प्रधानमन्त्री भिक्टोर ओर्बानले त्यस्तो बताएका हुन्। आप्रवासनमाथि निर्भर नभइ हङ्गेरीको भविष्य रक्षाका निम्ति त्यो एउटा उपाय भएको प्रधानमन्त्रीले उल्लेख गरे। उनको दक्षिणपन्थी राष्ट्रवादी सरकार खासगरी मुस्लिम आप्रवासीहरूको विरोध गर्दै आएको छ। औसत हङ्गेरीको जनसङ्ख्या प्रतिवर्ष ३२ हजारले घटिरहेको छ र युरोपेली मुलुकहरूमा बच्चा जन्मिने औसत सङ्ख्याभन्दा त्यहाँ कम छ। सरकारी योजना अनुसार युवा दम्पतीहरूलाई ३६ हजार अमेरिकी डलर निर्ब्याजी ऋण उपलब्ध गराइनेछ र उनीहरूले तीनवटा बच्चा पाएपछि उक्त रकम मिनाहा गरिनेछ। ओर्बानले भने, “पश्चिमका लागि” युरोपमा बच्चा जन्मिने दर कम भएपछि त्यसको जवाफ आप्रवास रहिआएको छ। “एउटा बच्चा घट्दा त्यसको बदलामा एकजना आप्रवासी आउँदा हुनेरहेछ।” “तर हङ्गेरीका जनता फरक ढङ्गले सोच्छन्। हामीलाई अरूको सङ्ख्या चाहिएको होइन। हामीलाई हङ्गेरीकै बच्चा चाहिएको हो।” प्रधानमन्त्री ओर्बानले आफ्ना योजनाहरू सार्वजनिक गरिरहँदा बुडापेस्टमा उनको सरकारका योजनाहरूको विरोधमा प्रदर्शनहरू भइरहेका थिए। करिब दुई हजार मानिसहरू प्रधानमन्त्री कार्यालय अगाडि जम्मा भएका थिए र अरू मानिसहरूले डान्यूब नदीमाथिको पुलमा अवरोध खडा गरेका थिए। ओर्बानको भाषणका क्रममा सबैभन्दा बढी ताली त्यतिबेला बजेको थियो जब उनले जन्मदर बढाउने सातवटा योजनाको घोषणा गरे। सरकारी योजनाका थप बुँदाहरू यसप्रकार छन्: आगामी तीन वर्षमा २१ हजार शिशु केन्द्र खोलिने स्वास्थ्य सेवामा थप साढे २ अर्ब डलर खर्च गरिने आवासमा सहुलियत सातवटा सीट भएका गाडी किन्दा राज्यले सघाउने “हङ्गेरी अमर रहोस् र हङ्गेरीका मानिसहरू अमर रहून्” भन्दै ओर्बानले आफ्नो भाषण टुङ्ग्याएका थिए। अरू देशले के गर्छन् प्रोत्साहनका लागि ? तुलनात्मक रूपमा कम जन्मदर भएका अरू पनि देशमा आमाहरूलाई अतिरिक्त रकमका साथै विभिन्न सुविधाहरू दिने गरिएको छ। दशकौँयता रुसमा जन्मदर घट्दो क्रममा छ। सन् १९९१ मा १४ करोड ९० लाख जनसङ्ख्या रहेकोमा सन् २०१८ मा १४ करोडमा झरेको छ। त्यसपछि अति गरीब परिवारलाई सघाउन भन्दै सन् २०१८ को मार्चमा सरकारले बच्चा १८ महिनाको नहुञ्जेल प्रतिमहिना १५२ देखि १६७ अमेरिकी डलर उपलब्ध गराउने घोषणा गर्यो। ( बिबिसीबाट साभार गरिएको )
नेपालमै पहिलो पटक ५४ वर्षीया महिला टेस्ट ट्यूब बेबीको माध्यमबाट आमा बनिन्
काठमाडौं। काठमाडौंको पुल्चोक स्थित अल्का अस्पतालको आईभीएफ फर्टिलिटी सेन्टरबाट ४ बर्षदेखी महिनावारी सुकेर बसेकी ५४ वर्षेको महिलाले टेस्ट ट्युब बेबीको माध्यमबाट जुडुवा बच्चा जन्माएकी छिन्। सम्भवतः ४ बर्षदेखी महिनावारी सुकेर ५४ वर्षेको महिलाले टेस्ट ट्युब बेबी जन्माएको यो नै नेपालको लागि पहिलो त्यस्तो केस हो। स्त्री रोग विशेषज्ञ डाक्टर नुतन शर्माको र उनको टिमले सफल रुपमा आईतबार जुडुवा बच्चाको शल्यकृया गरेका हुन्। के हो आईभीएफ ? आईभीएफ महिलाहरु मा कृत्रिम गर्भाधान गराउने स्वास्थ्य विज्ञानको एक प्रविधी हो। यसलाई बाँझोपन कम गर्ने प्रभावकारी प्रविधी मानिन्छ। यस प्रक्रिया मा कुनै महिला को अण्डाशय बाट अण्डलाई अलग गरेर त्यसलाई टेष्ट ट्युबमा शुक्राणु सँग निशेचित गराइन्छ। यसपछि निषेचित अन्डा महिलाको गर्भाशय मा राखिन्छ। विश्व मा पहिलो पल्ट यस प्रक्रिया को प्रयोग बेलायतमा पैट्रिक स्टेपो र रबर्ट एडवर्डस ले गरेका थिए। उनीहरूको यस प्रक्रिया ले जन्मेको बच्चाको नाम लुईस ब्राउन थियो जसको जन्म २५ जुलाई, १९७८ मा मेनचेस्टर मा भएको थियो। भारत मा पहिलो पल्ट डाक्टर सुभाष मुखोपाध्याय ले यस प्रक्रिया को प्रयोग गरेका थिए। आज यो प्रविधी नि-सन्तान दम्पत्तीहरुको लागि एक नयाँ आशा को किरण भएको छ। नेपालमा टेष्ट ट्युब बेबीको प्रविधि भित्र्याउने डाक्टर भोला रिजाल हुन्। अहिले नेपालको विभिन्न ठाउँमा यो प्रविधी अप्नाईएको छ।
सांग्रिला डेभलपमेन्ट बैंक र ब्लुक्रस हस्पिटलबीच स्वास्थ्य–उपचार सम्बन्धी सम्झौता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र ब्लुक्रस हस्पिटलबीच बैंकका कर्मचारी, शेयरधनी तथा ग्राकहवर्गहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा यस विकास बैंकको भिसा डेविट कार्ड प्रयोगकर्ताहरुले बैंकको हाल संचालनमा रहेका ८० वटै शाखाका ग्राकहरुलाई ब्लुक्रस हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने छन । यसरी बैंकले आफ्ना ग्राकहरुलाई बैंकि¨ सेवाको अतिरीक्त ब्लुक्रस हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सम्बन्धी विभिन्न उपचारहरुमा पनि विशेष छुट दिनेछ ।