के हो क्वारेन्टाईन ? विकसित देशले सबै नागरिकलाई सरकारी क्वारेन्टाईनमा राख्छन् ?

काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बिहीबार अब कुनै पनि नागरिकलाई कोरोनाको संक्रमणको आशंकामा सरकारले क्वारेन्टाईनमा नराख्ने भनेपछि उनको आलोचना भएको छ । अब नागरिकहरु आफै घरमै सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने भनेपछि स्वास्थ्यमन्त्री ढकाल र सरकारको आलोचन बढेको हो । सामाजिक संजालमा मन्त्री ढकालको यो अभिव्यक्तिको सबैभन्दा धेरै आलोचना भएको छ । संसदमा पनि यो विषयमा प्रश्न उठेको छ । तर, सेल्फ क्वारेन्टाईनमा आशंका लागेका मानिसहरु बस्नुपर्ने विश्व स्वास्थ्य संगठनको नीतिमै उल्लेख गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैले आफ्ना नागरिकलाई कोरोना लागेको आशंकामा सेल्फ क्वारेण्टाईनमा बस्नु भनेर आग्रह गर्ने नेपाल मात्र पहिलो देश होइन । नेपालबाहेक अमेरिका, बेलायत, ईटाली, ईरानजस्ता धेरै राष्ट्रले आफ्ना नागरिकलाई सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह गरेका छन् । क्वारेन्टाईन भनेको के हो ? यदि कसैलाई पनि क्वारेन्टाईनमा राखिन्छ भने यसको मतलब उ कोरोना भाईरसबाट संक्रमित भएको भन्ने होइन । क्वारेन्टाईन भनेको यस्तो ठाउँ वा अवस्था हो, जहाँ कुनै पनि रोग भएको आशंका अर्थात पुष्टि नभएको अवस्थामा मानिस वा जनावरलाई राखिन्छ । क्वारेन्टाईनमा रोग पुष्टि नभएको तर संक्रमण रोगको आशंकमा भएका मानिसहरुको हिँडडुल प्रतिबन्ध गर्नको लागि राखिन्छ । फ्लु जस्तो लक्षण देखाएकाहरुलाई सामान्यत १४ दिनसम्म क्वारेन्टाईनमा बस्न भनिन्छ । कोरोना संक्रमण भइसकेपछि लक्षण देखिन १४ दिनसम्म लाग्ने विशेषज्ञहरु बताउँछन् । सरकारले चीनबाट उद्धार गरेका विद्यार्थीलाई १४ दिन क्वारेन्टाईनमा राख्यो । उनीहरु कसैमा पनि कोरोन भएको पुष्टि नभएको र चीनबाट आएका कारण शंकाको आधारमा क्वारेन्टाईनमा राखिएको हो । तर, जनमानसमा कोरोनाको शंका लागेकालाई सरकारले नै उद्धार गरी सुरक्षा दिनुपर्छ भन्ने एक प्रकारको भ्रम परेको छ । क्वारेन्टाईनमा बस्नु भन्नाले तपाई आफ्नो परिवारको सदस्य र भाँडामा सँगै बसेका साथीसँग नबस्नु भन्ने पनि होइन । एउटै घरमा बेग्लै कोठामा बेग्लै सामान प्रयोग गरेर पनि कोरोना शंका लागेका व्यक्ति बस्न सकिन्छ । क्वारेन्टाईनमा बस्नु भनेको सकेसम्म अत्यावश्यक व्यक्तिहरुसँग मात्र भेट्ने, मास्क प्रयोग गर्ने, आफ्नो सामानहरुको प्रयोग आफै मात्र गर्ने, घरमा प्रत्यक्ष सम्पर्कमा आउने सामाग्रीहरुलाई सफा राख्ने भन्ने हो । क्वारेन्टाईनले जिवनशैलीमा ल्याउने सबैभन्दा ठुलो परिवर्तन भनेको यसले हिँडडुललाई बन्द गर्दछ । क्वारेन्टाईन र आईसोलेसनबीचको फरक आईसोलेसन भन्नाले कुनै पनि कोरोना संक्रमित व्यक्तिलाई राखेर उपचार गरिने स्थान हो । उक्त व्यक्तिले अन्य कुनै पनि व्यक्तिलाई भाईरस नसारी निको हुनको लागि आईसोलेसनमा राखिन्छ ।

कोराेनासँग लड्ने सरकारका यस्ता छन् ५ योजना

काठमाडौं । नेपालमा एकैपटक धेरै व्यक्तिमा कोरोना देखिएको अवस्थामा काम गर्नको लागि तयार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । बिहिबार मन्त्रालयले कोरोनाको संत्रलमण देखिए केके काम गर्ने भन्ने योेजना प्रस्तुत गर्दै एकै पटक सय केस देखिएको अवस्थामा  पनि काम गर्न तयार भएकाे बताएका हाे । महामारीको रुपमा कोरोना फैलिएमा सरकारले नेपालबाट हुने हवाई उडान महामारीको अवधिभर स्थगन गर्ने, स्थलगत आवगमनको अन्तर्राष्ट्रिय नाकाहरु बन्द गर्ने, अत्यावश्यक सामाग्री बाहेक सबै आयात निर्यात बन्द गर्ने, संक्रमण भएको बासस्थान बन्द गर्ने जस्ता योजना बनाएकाे मन्त्रालयका प्रवक्ता विकास देवकाेटाले बताए । सरकारकाे याेजनाहरु यस्ता रहेका छन् १‍‍‌‍. पकेट एरिया लकडाउन गर्ने– बासस्थान, निश्चित समुदाय, बस्ती गाउँ, टोल, वडा, पालिका प्रदेश समेत । २. कोभिड १९ प्रभावित मुलुकहरुमा नेपालबाट हुने उडानहरु महामारी अवधिभरको लागि स्थगन गर्ने । ३‍. स्थलगत आवगमनको अन्तराष्ट्रिय नाकाहरु बन्द गर्न । ४. अत्यावश्यक सामाग्री बाहेक अन्य वस्तुहरुको आयात निर्यात महामारी अवधिभर बन्द गर्न । देशभरका सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा संक्रमितको प्रभावकारी उपचारको लागि जनशक्ति आवश्यक उपकरण र प्रविधिहरुको अधिकतम परिचालन गर्न योजना ५. अत्याआवश्यक परेमा फिल्ड तथा मोबाईल अस्पतालहरुको स्थापना गरी उपचार गरिने योजना बनाईएको ।

ग्राण्डी हस्पिटलमा ज्वरो मापनपछि मात्र प्रवेश

काठमाडौं । ग्राण्डी इन्टरनेशनल हस्पिटलले सम्पूर्ण बिरामीहरु तथा आगन्तुकहरुको ज्वरो मापन गरेर मात्रै हस्पिटल प्रवेश गर्ने व्यवस्था मिलाएको छ । कोरोना भाईरस संक्रमणबाट सचेतना अपनाउंदै हस्पिटलले बुधवारदेखि यस्तो व्यवस्था गरेको हो । ज्वरो मापन गर्दा उच्च तापक्रम भएको पाइएमा छुटृै कक्षमा राखेर उपचार तयारी गर्ने समेत हस्पिटलले शुरु गरेको छ ।