सातदिन अगाडि नेपालबाट भारत गएका युवामा कोरोना देखियो
काठमाडौं । नेपालबाट केही दिन अगाडि मात्र भारत गएका युवामा कोरोना संक्रमण देखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतको हरियाणा राज्यको अम्बाला शहरका एक २१ वर्षीय युवामा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी अघिल्लो सातामात्र नेपालबाट भारत गएका थिए । उनलाई नेपालमै भाइरसको संक्रमण भयो वा भारत आएपछि भयो भन्ने चाँही खुलेको छैन । संक्रमित युवालाई हाल अम्बालाकै सिभिल अस्पतालमा भर्ना गरिएको छ । अस्पतालका चिफ मेडिकल अफिसर डा. कुलदिपले शनिबार साँझ आएको प्रयोगशाला रिपोर्टमा ती युवामा कोरोना पुष्टि भएको बताएका छन् । ‘उनी १९ मार्चमा नेपालबाट इण्डिगो एयरलाइन्सको विमान चढेर भारत आएका रहेछन् । परीक्षण गर्दा कोरोना पुष्टि भएको छ । अहिले उनको अवस्था भने सामान्य छ,’ डा. कुलदिपले भने । उनलाई कोरोना पुष्टि भएपछि नेपालबाट सँगै आएका अर्का युवाको पनि स्वास्थ्य परीक्षण गरिएको छ । तर, उनको रिपोर्ट आइसकेको छैन ।
चौधरी फाउन्डेसनले सात प्रदेशका ४८ केन्द्रमा सुरक्षा सामग्री बाँड्यो
काठमाडौं । चौधरी फाउन्डेसनले पहिलो चरणमा सातै प्रदेशका ४८ स्वास्थ्य केन्द्रमा कोभिड(१९ को रोकथाम र उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) वितरण गरेको छ । नेपालमा पीपीई अभाव भइरहँदा फाउन्डेसनले आफ्नै पहलमा अस्पताल, स्वास्थ्यचौकी, क्वारेन्टाइन र आइसोलेसन केन्द्रहरूमा वितरण गरिरहेको छ । धेरैभन्दा धेरै स्वास्थ्य केन्द्रहरूमा सुरक्षा सामग्री वितरण कार्य जारी राखिने चाैधरी फाउन्डेसनले जानकारी दिएकाे छ । पहिलो चरणको वितरण सकिएसँगै अब हाम्रो ध्यान परीक्षण किट, एन९५ मास्कलगायत अन्य अत्यावश्यक सामग्रीमा केन्द्रित छ । चीनका विभिन्न शहरमा तयार पारेर राखिएका यी सामान नेपाल आउनेबित्तिकै द्रुत्त गतिमा वितरण थालिने फाउन्डेसनकाे भनाइ छ । ‘हामीले भन्दै आएका छौं कि हामीले वितरण गरेका सामग्री देशको आवश्यकताका अगाडि थोरै हो । हामीले अझै धेरै स्वास्थ्य केन्द्रमा सुरक्षा सामग्री वितरण गर्ने लक्ष्य लिएका छौं । यो विषम परिस्थितिमा हरेक तह र तप्काले यस्तो सत्कार्यमा पहल गर्नु आवश्यक छ,’ फाउन्डेसनले भनेकाे छ । फाउन्डेसनले सुरक्षा सामग्री वितरण गरेका स्वास्थ्य केन्द्रहरूको प्रदेशगत विवरण प्रदेश १ १. अस्थायी कोरोना सेन्टर, विराटनगर २. मेची अस्पताल, भद्रपुर ३. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ४. उदयपुर जिल्ला अस्पताल प्रदेश २ ५. जानकी मेडिकल हस्पिटल, जनकपुर ६. प्रादेशिक केन्द्र अस्पताल, जनकपुर ७. स्वाप परीक्षण प्रयोगशाला, जनकपुर ८. नारायणी अस्पताल, वीरगन्ज ९. राजविराज अस्पताल, सप्तरी १०. कौडेना हेल्थपोस्ट, सर्लाही ११. मलंगवा अस्पताल, सर्लाही प्रदेश ३ १२. कान्ति बाल अस्पताल, काठमाडौं १३. त्रिवि शिक्षण अस्पताल, काठमाडौं १४. वीर अस्पताल, काठमाडौं १५. शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, टेकु, काठमाडौं १६. मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, काठमाडौं १७. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर १८. माइती नेपाल, गौशाला, काठमाडौं १९. कोरोना उपचार केन्द्र, चितवन २०. चितवन जिल्ला अस्पताल २१. जिल्ला जनस्वास्थ्य कार्यालय, हेटौंडा २२. विपद् व्यवस्थापन केन्द्र, काठमाडौं २३. सशस्त्र प्रहरी बल, बलम्बु, काठमाडौं २४. मध्यपुर ठिमी अस्पताल, भक्तपुर २५. शीर मेमोरियल अस्पताल, काभ्रे २६. गुञ्जवान अस्पताल, टाँडी, चितवन २७. धादिङ जिल्ला अस्पताल २८. मुग्लिन हस्पिटल, चितवन प्रदेश ४ २९. मध्यबिन्दु अस्पताल, कावासोती ३०. प्राथमिक स्वास्थ्यचौकी, दुम्कौली, नवलपुर ३१. पिताउन्जी स्वास्थ्यकेन्द्र, नवलपुर ३२. सहज अस्पताल, गैंडाकोट ३३. मातृशिशु मितेरी अस्पताल, कास्की ३४. पर्वत जिल्ला अस्पताल ३५. बागलुङ जिल्ला अस्पताल ३६. गोरखा जिल्ला अस्पताल प्रदेश ५ ३७. भीम अस्पताल, भैरहवा ३८. लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देही ३९. आयुर्वेद अस्पताल, दाङ ४०. प्रदेश प्रहरी अस्पताल, नेपालगन्ज ४१. पाल्पा जिल्ला अस्पताल ४२. रेउघा अस्पताल, रोल्पा ४३. बर्दिया जिल्ला अस्पताल ४४. देवदह क्वारन्टिन सेन्टर, रुपन्देही प्रदेश ६ ४५. रुकुम पश्चिम अस्पताल ४६. सुर्खेत जिल्ला अस्पताल प्रदेश ७ ४७. कैलाली जिल्ला अस्पताल ४८. महेन्द्रनगर जिल्ला अस्पताल
कोरोना उपचारः डब्लुएचओले शुरु गर्यो मानवीय परीक्षण, यी हुन् प्रयाेग भएका चार औषधि
काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड १९)को उपचारका लागि औषधिको मानवीय परीक्षण गरेको छ । संगठनले आधिकारिक रुपमा पहिलो पटक कोरोनाको औषधि परीक्षण गरेको जनाएको हो । संगठनले कोरोनाको औषधि पहिलो पटम स्पेन र नर्वेमा सुरु गरेको बताइएको छ । कोरोनाको औषधि पत्ता लाग्ने वा नलाग्ने यो परीषणले पनि बताउने छ । यदि यो परीक्षण सफल भयो भने विश्व यो मकहामारीबाट सफलता पाउने छ । त्यसो त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी औषधिहरु आधिकारीकरुपमा सिफारिस हुनु अघि नै यी औषधिहरुले कोरोना भाइरस मर्छ भन्दै पटक पटक सार्वजनिक मञ्चमा भन्दै आएका थिए । उनका ती भनाईहरुको सर्वत्र आलोचना भइरहेका बेला डब्लूएचओले यी औषधिमाथि परिक्षण शुरु गरेको हो । विज्ञहरुले यस सम्बन्धि थप परिक्षणहरु आवश्य रहेको भन्दै अहिले नै हतारिएर यी औषधि प्रयोग नगर्न सुझाव दिइरहेको थिए । विश्व स्वास्थ्य संगठनका अधिकारीहरुले कोरोना भाइरस विरुद्ध कुनै औषधि प्रमाणित नभईसकेको हुनाले जथाभावीरुपमा गरिदै आएका प्रयोगहरुलाई रोक्न अनुरोध गरिरहेका छन् । कुन कुन औषधि प्रयोग गरिए ? विश्व स्वास्थ्य संगठनले मलेरियाको उपचारमा प्रयोग गरिने औषधि लगायत ४ वटा औषधिहरुको परिक्षण प्रयोग गरेको हो । ती औषधिहरुमा मलेरियामा प्रयोग गरिने क्लोरोक्वाइन र हाइड्रोक्सिक्लोरोक्वाइन, रम्दिसिभिर नामक एन्टिभाइरल समिश्रण एचआइभी एड्सको औषधिकोरुपमा प्रयोग गरिने लोपिनाभिर र रिटोनाभिरहरुलाई परिक्षणको रुपमा प्रयोग गरिएको हो । क्लोरोक्वाइन र यसको डेरिभेटिभ औषधि हाइड्रोक्सिक्लोरोक्वाइन दशकौँदेखि प्रयोगमा रहँदै आएका औषधि हुन् । कोरोना भाइरसमा यिनीहरुको प्रभावकारिताबारे फ्रान्समा गरिएको एउटा अध्ययनमा केहि सकारात्मक लक्षण देखिएपछि विश्व स्वास्थ्य संगठन थप परिक्षणका लागि उत्साहित बनेको हो । भारत, चीन र अमेरिकामा रम्दिसिभिरको प्रयोग गरिएको र त्यसले केहि आशातित नतिजाहरु दिएको भन्ने समाचारहरु पनि सार्वजनिक भइरहेका छन् । डब्लूएचओका नयाँ रोग हेर्ने विभागका प्रमुख डाक्टर मारिया भाङ केकोहोभले अहिलेसम्म कुनै पनि औषधिको पुनः परिक्षण नसकिएको र सबै औषधिहरु क्लिनिकल ट्रायल जारी रहेको बताइएको छ ।