कोरोनाको आशंकामा पाटन अस्पतालमा भर्ना भएका एक जनाको मृत्यु
काठमाडौं । कोरोनाको आशंकामा पाटन अस्पतालमा भर्ना भएका एक जना बिरामीकाे मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार कोरोनाको आशंकामा पाटन अस्पतालको आइसीयूमा राखिएको उनको आज मृत्यु भएको हो । उनलाई हिजाे उच्च ज्वराे आएर अस्पताल भर्ना गरिएको थियो । धादिङका घर भएका उनकाे डाक्टरले काेराेनाकाे आशंकामा नमुना संकलन गरी परीक्षणाका लागि पठाइएकाे थियाे । पाटन अस्पतालका निर्देशक डा. विष्णु प्रसाद शर्माले हिजो अस्पतालमा भर्ना भएका उनलाई उच्च ज्वरोका कारण आइसीयूमा राखेकाे बताए । उच्च ज्वरो भएको कारण मात्र उनकाे कोरोना परीक्षणका लागि नमुना पठाइएको विकासन्यूजलाई बताए । उनको कोरोना परीक्षणका लागि नमुना पठाइएकोको उनले बताए । कोरोना लागे नलागेको भने पुष्टि भएको छैन ।
स्वास्थ्य सामग्री लिएर धनगढी गएकाे विमान बीचमै किन काठमाडाैं फर्कियाे ?
काठमाडौं । स्वास्थ्य सामग्री लिएर काठमाडाैंबाट धनगढी गएकाे जहाज बिचबाटै पुनः काठमाडाैं फर्केकाे छ । कोरोना भाइरसको संक्रमण रोक्ने प्रयासमा खटिएका स्वास्थ्यकर्मीका लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री तथा अरु सुरक्षात्मक सामग्रीसहित प्रदेश १ र धनगढीका लागि गएको सेनाको स्काई ट्रक बिचबाटै फर्किएको हाे । सरकारले आइतबार चीनबाट ल्याएको सामान प्रदेश १ र धनगढी लागि लिएर गएको सेनाको विमान त्यहाँ रहेको सामानको केमिकलमा शंका लागेपछि बिचबाटै फर्किएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । पिपिई, मास्क, सेनिटाइजरसहितका सामग्री लिएर स्काई ट्रक सोमबार बिहान त्यस तर्फ गएको थियो।
धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण शुरु, दैनिक १२ सय परीक्षण हुने
काठमाडौं । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाको परीक्षण शुरु भएको छ । प्रतिष्ठानमा शुरु भएको प्रयोगशालाबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने जनाइएको छ । गत आइतबारबाट कोरोना परिक्षण सुरु भएको हो । सङ्घीय सरकारको सहयोगमा शुरु गरिएको परीक्षण प्रयोशालाको प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरेका थिए । अहिलेसम्म कोरोनाको स्वाब परीक्षण काठमाडौंको टेकु अस्पतालमा मात्र हुँदै आएको थियो । सरकारका सात वटै प्रदेशमा ल्याब सञ्चालन गर्ने योजनाअनुसार प्रदेश १ मा बिपी प्रतिष्ठानमा शुरु गरिएको हो । मुख्यमन्त्री राई र सामाजिक विकासमन्त्री घिमिरेले प्रतिष्ठानको आइसोलेसन वार्ड, हेल्प डेस्क र यहाँको महामारीका बेला उपचार व्यवस्थापनबारे समेत जानकारी लिएका थिए । कोरोना ल्याब परीक्षण प्रक्रियाबारे प्रतिष्ठानको माइक्रोबायोलोजी विभागका चिकित्सक नारायण भट्टराईले जानकारी गराएका थिए । प्रतिष्ठानमा शुरु भएको ल्याबबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने भट्टराईले जानकारी दिए ।