३ घण्टा बढी काम गर्दैन सनक्रिम, गोरो छालालाई क्यान्सर हुने सम्भावना बढी: डा. स्मृति श्रेष्ठ
काठमाडौं। झरीको मौसम होस् वा चहकिलो घाम लागेको दिन, जाडो होस् वा गर्मी केही समय बाहिर बिताउँदा तपाईको संवेदनशिल छालालाई असर गर्ने गर्दछ। हामीलाई पहिलैबाट सनस्क्रिन क्रिम प्रयोग गर्नुपर्छ भन्ने सुन्दै आएका छौं तर अझै पनि यसले कसरी काम गर्छ र हाम्रो छालालाई कसरी बचाउँछ भन्ने कुरामा हामी अस्पस्ट छौं। घाममा हाम्रो छालाको मिल्ने साथी भनेर सनस्क्रिनलाई भनिन्छ। सनस्क्रिन क्रिमको प्रयोगले छालालाई धेरै हदसम्म घामका नकरात्मक विकिरणको प्रभावबाट बचाउँछ। घामका किरणहरु देखिने र नदेखिने हुन्छन्। त्यसमा धेरै मात्रामा युभी रे हुने गर्दछ। यि विकिरणहरुले सिधै छालाको बाहिरी सतहलाई असर पार्दै छालाको कोशीकाहरुको बिकास दरमा प्रभाव पार्दछ। घामको किरण र छाला सम्पर्कमा आउँदा छाला डड्नुको साथै पछि गएर छाला चाउरिने, बिग्रिने र छालाको क्यान्सर पनि हुनसक्ने सम्भावना हुन्छ। हाम्रो छाला हाम्रो शरीरको संवेदनशिल भाग हो। घामको प्रत्यक्ष प्रभाव जहिले पनि छालालाई परिरहेको हुन्छ। लामो समयसम्म घामसँग छाला सम्पर्कमा रहँदा छालामा रातो डाबरहरु देखिने, चिलाउने, फोका जस्तो आउने गर्दछ। कसरी सनस्क्रिन क्रिम छान्ने ? बजारमा धेरै संख्यामा विभिन्न ब्राण्डका सनस्क्रिन क्रिमहरु पाइने गर्दछ। त्यसमा कुन हाम्रो छालाको लागि उपयुक्त हुन्छ भन्ने हामीले प्रयोग गरेपछी मात्र थाहा पाउन सक्छौं। त्यसमाथी बजारमा नक्कली ब्राण्डका ब्युटी प्रडक्ट छ्यापछ्यापती पाईन्छन् जसकारण हामी अझै धेरै सजक रहनुपर्छ। यसमा हाम्रो राम्रो छनोट हुन सक्छ मेडिकेटेड सनस्क्रिन क्रिम। यो सजिलै औषधी पसलमा पाउन सकिन्छ। तपाईले औषधी पसलको मानिससँग आफ्नो छालाको प्रकारको बारेमा बुझेर त्यही अनुरुप म्र्डिकेटेड सनस्क्रिन प्रयोग गर्न सक्नुहुन्छ। मेडिकल सनस्क्रिनमा किन्दा हामीले उक्त सनस्क्रिनमा भएको तत्वो र त्यसको एसपिएफ हेर्नुपर्ने हुन्छ। एसपिएफ भन्नाले घामको संरक्षण कारक ब्र्टिस असोसेसियन अफ डर्मेटोलोजिस्टको अनुसार एउटा सनस्क्रिनको एस्पिफ कम्तिमा पनि ३० भन्दा कम एसपिएफको प्रयोग नगर्नु भन्दछ। यस्तै एसपिएफ ५० भन्दा माथिका बजारमा पाईने सनस्क्रिन क्रिमको प्रयोग नगर्न छाला रोग बिशेषज्ञहरु बताउँछन्। धेरै सनस्क्रिनहरुले प्रयोग गरेको आधाघण्टामा आफ्नो काम गर्न थाल्दछ भने केहीले प्रयोग गरेको ५ मिनेटमै आफ्नो काम सुरु गर्दछ। यस्तै कुनै पनि सनस्क्रिन क्रिमले ३ घण्टा भन्दा लामो समय काम भने गर्दैन। त्यसैले दिनमा ३ पटक समय मिलाएर हामीले सनस्क्रिन आफ्नो छालामा प्रयोग गर्नुपर्छ। यो एक पटक लाउँदा आदा चम्चा देखी एक चम्चा लगाउनु पर्दछ। यो अन्य मोस्टराईजर क्रिम जस्तो थोरै प्रयोग गरेर काम गर्ने क्रिम भने होईन। साथै कुनै पनि सनस्क्रिन पूरा सुरक्षा भने होईन त्यसैले घरबाहिर जाँदा जहिले पनि तपाई छालामा सनस्क्रिन र हातमा छाता बोकेर निस्किनुहोला। गोरो छालालाई क्यान्सर हुने सम्भावना बढी तपाईको छालाको रङले तपाईको छालालाई घामको किरणले कत्ति असर गर्छ र गर्दैन भन्ने निर्घारण गर्दछ। सबै प्रकारको छालालाई घामका विकिरणहरुले प्रभाव पार्ने भएता पनि गोरो छाला भएका मानिसलाई कालो छाला भएका मानिसको दाँजोमा बढी प्रभाव पार्ने गर्दछ। कालो छालामा मेलानोसाईट्स भन्ने तत्वो बढी हुनेगर्छ जसले मेलानिन उत्पादन गर्दछ। मेलानिन यस्तो तत्वो हो जसले युभी रे हरुलाई रोक्ने गर्दछ जसकारण कालो छाला भएका मानिसहरु घाममा सजिलै डढ्छन् तर घामको विकिरणको प्रभाव कम हुने गर्दछ। मेलानिन बढी भएको कारण कालो छाला भएका मानिसहरुको गोरो छाला भएका मानिसको दाँजोमा कम चाउरी पर्ने र क्यान्सर हुने सम्भावना कम हुन्छ। ( छाला रोग बिशेषज्ञ डा. स्मृति श्रेष्ठसँगको कुराकानीमा आधारित )
आनको २९ औं वार्षिकोत्सव मनाइयो, २२ जनाले गरे रक्तदान
काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले बिहीबार आफ्नो २९औँ वार्षिकोत्सव मनाएको छ । आनले आफ्नो वार्षिकोत्सव नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा कार्यालय भवन परिसर शान्तिनगरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । सो अबसरमा निःशुल्क स्वास्थ्य शिविरबाट ८० जना व्यक्तिहरू लाभान्वित भए भने रक्तदानबाट २२ पिन्ट रगत संकलन गरिएको थियो । काठमाडौँ महानगरपालिका वडा नं ३१ का अध्यक्ष नारायणप्रसाद भण्डारीको स्वास्थ्य परीक्षण गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । उनले आनले यस्ता कार्यक्रमहरुको आयोजना गरी आफ्नो सामाजिक दायित्व पूरा गरेको बताउँदै आनले समग्र वडाको विकासमा पुर्याएको योगदानको पनि प्रशंशा गरेका थिए । यसका साथै मेडिसिटि अस्पतालका महाप्रबन्धक विजय रिमाल र योगिक समाज नेपालका अध्यक्ष पुरुषोत्तम अधिकारीले पनि आनले सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत सामाजिक काममा खेलेको भूमिका प्रति प्रशंसा गरेका थिए । आनका अध्यक्ष रबिन्द्रकुमार रिजाल ‘शशी’ले जनहितका लागि आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । कार्यक्रममा आनका वर्तमान तथा पूर्व पदाधिकारी तथा विज्ञापन व्यवसायसँग सम्बन्धित विभिन्न साझेदारहरूको पनि उपस्थिति थियो ।
सलाम एयरको कार्यक्रममा ७५ जनाले गरे रक्तदान
काठमाडौँ । आइएमई ट्राभल्स जिएसए भई विगत सेप्टेम्बरदेखि संचालनमा रहेको सलाम एयरको आयोजनामा लाजिम्पाटस्थित कार्यालय प्रङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा कूल पचहत्तर (७५) जनाले रक्तदान गरेका थिए । दुर्लभ रक्त समुह भएका भोला सापकोटा, पर्यटन व्यवसायी तथा उक्त व्यवसायसँग सम्बद्ध कर्मचारी लगायत सलाम एयर तथा आइएमई ट्राभल्सका कर्मचारीहरुले रक्तदान गरेका थिए । रक्तदान जस्तो पबित्र सामाजिक कार्यमा सरिक हुने सवैलाई अध्यक्ष ढकालले धन्यवाद दिए । सलाम एयरलायन्सले आफ्नो सामाजिक उत्तरदायित्वको भावनालाई मध्येनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको आइएमई ट्राभल्स तथा सलाम एयर काठमाडौँका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले बताए ।