रातभरी हिडेर घर जान थाले काठमाडौंका मानिसहरु

काठमाडौं । सरकारले लकडाउनको समयावधि लम्ब्याएसँगै काठमाडौं नजिकै घर भएकाहरु हिडेर नै घर जान थालेका छन् । सरकारले लकडाउन थप गरे पछि पनि काठमाडौंसँग सिमाना जोडिएका जिल्लामा घर भएका मानिसहरु हिडेरै घर जान थालेका हुन् । उपत्यकामा बसोबास गर्दै आएका मकवानपुर, ललितपुर, नुवाकोट, काभ्रे, धादिङ र सिन्धुपाल्चोक घर भएकाहरु हिडेरै घर आफ्नो जान थालेका हुन् । आइतबार राति ११ बजे मकवानपुर हिडेर जान लागि ५ जनाको समूह तयार भयो । उनीहरुले भने ’दिउँसो हिड्न पाइदैन त्यसैले रातिको सयममा हिडेर घर जानलेका हौं । हामी ५ घन्टामा हाम्रो घर कुलेखानि पुग्छौं ।’ त्यस्तै, मकवानपुरको पालुग घर भएका दिदीभाई पनि गत शुक्रबार बिहान ३ बजे हिडेर घर गए । उनीहरु शनिबार बिहान ८ बजे घर पुग्ने लक्ष्य बोकेर काठमाडौंको मैत्रिनगरबाट आफ्ना घर हिडेका गएका हुन । उनीहरुसगैँ हिडेर घर जानेको यात्रुहरुको लर्को थियो । बिहानै ३ बजे हिडेका उनीहरु ८ बजेको समयमा भीमफेदी पुगिसकेका थिए । हिडेर हेटौंडा पुगेका विक्रम दाहाले विकासन्यूसगँ भने हाम्रो बाजेहरुले हिडेर काठमाडौं लगायतका ठाउँमा आवतजावत गर्ने गरेका थिए भन्ने सुनेको थिए । तर पहिलो पटक म पनि काठमाडौंबाट हिडेर हेटौंडा आँए ।’ काठमाडौंबाट आउँदा छोटा बाटोहरु प्रयोग गरेर घर गएको दाहाले बताए । काठमाडौबाट बुधबार हिडेर सिमारा घर जाने तयारीमा छन् मनोज दाहाल । उनीसगैँ काठमाडौंको कोठामा बस्ने धादिङका मिलन बजगाई गत मंगलबार हिडेर घर गएका उनले बताए । सर्वासाधारण रातभरी हिडेर घर जानु आफैमा जोखिम छ । उद्योगमा काम गर्दा गर्दै विभिन्न सहरमा मानिसहरु घर जान नपाएर काठमाडौंमा नै बसेका थिए । काठमाडौंमा काम गर्ने मानिसहरु हिडेरै घर जान थालेका हुन । सरकारले गत १० गते साझ लकडाउनको घोषणा गरेपछि सर्वसाधारणहरु विभिन्न सहरमा बस्न बाध्य भएका हुन् । सरकारले पुनः लकडाउनलाई बढाएर २५ गतेसम्म पुर्याको छ । काम गर्दागदै विभिन्न सहरमा रहेका कामदाहरु हिडेरै घर जानुभन्दा सरकारले घर जान चाहेका सर्वासधरणहरुलाई केही व्यवस्था गर्नसके राम्रो हुन्छ की ?

रामेछापमा बोलेरो जिप दुर्घटना, २ को मृत्यु, ३० जना घाइते

काठमाडौं । रामेछापको खाडाँदेवी गाउँपालिकामा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको मृत्यु र ३० जना घाइते भएका छन् । बा १४ च ९४९८ पिकअप बोलेरो जिप भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै गर्दा दुर्घटना भएको छ । जिप सडकदेखि करिब १ सय मिटर तल खसेर दुर्घटना भएको हो । घाइते भएकामध्ये दोरम्बा गाउँपालिका ३ का ४० वर्षीय गोपीलाल पहारी र सोही गाउँपालिका २ की २५ वर्षीया संगिता पहरीको उपचारको क्रममा मृत्यु भएको हो ।

अब कोरोना जाँचको रिपोट एक घण्टामा नै

काठमाडौं । राष्ट्रियज नस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएको पिसिआर मेसिनको प्रयोग गरेर १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने जनाएको छ । प्रदेशमा पनि  जडान गरेपछि कोरोना परीक्षण सहज हुने छ । सरकारले चीनबाट पाँचवटा पिसिआर मेसिन ल्याएकोमा चार प्रदेशमा वितरण गरिने छ । प्रयोगशालाका निर्देशक डा. रुना झाले जो कोहीको पनि कोरोना परिक्षण गराउन सक्ने र एक दिनमा धेरै व्यक्तिहरुको स्वास्थ्य परिक्षण गराउन सकिने बताए । सरकारले पीसीआर मसिन ३० हजार रिएजेन्ट ल्याएको छ । एउटा रिएजेन्टले एक जनाको नमुना परिक्षण गराउन सकिने छ । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत आइतवार देखी परिक्षण सुरु गरिएको छ भने पोखरा , जनकपुर , हेटौडामा समेत परिक्षण सुरु गराउने तयारी भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।