आजदेखि धरानको बीपी कोइराला अस्पतालमा कोरोना परीक्षण

काठमाडौं । आजदेखि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परिक्षण सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. विकास देवकोटाले आजदेखि धरान स्थित विपि कोईराला विज्ञान प्रतिष्ठानमा कोरोना जाँच सुरु भएको बताएका हुन् । उनले काेराेना परीक्षणका लागि किटजन्य सामाग्री पठाइसकेकाे बताए । हालसम्म काठमाडौंको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोनाको परीक्षण भइरहेको थियाे ।  

कोरोना लागेको भन्दै कञ्चनपुरमा सातजनालाई घरबाट निकालियो

काठमाडौं । सूदुरपश्चिमको कञ्चनपुरमा कोरोना भाइरस लागेको भन्दै सातजनालाई घरबाट निकालिएको छ । जिल्लाको बेलडाँडी गाउँपालिकाको एक गाउँमा उनीहरुलाई कोरोना लागेको भन्दै घरबाट निकालिएको बताइएको छ । उनीहरु केहीदिन अघि मात्रै भारतबाट घर फर्केका थिए । भारतमा कोरोना संक्रमण फैलिएको र उनीहरुलाई पनि कोरोना लागेको हुन सक्छ भन्दै घरबाट निकालिएको बताइएको छ । डडेलधुराको गन्यापधुरा गाउँपालिका १ कि खिमादेबी दमाईलगायत सात जना कोरोनाको त्रासका कारण भारतबाट आएर बेलडाँडी गाउँपालिका २ स्थित आफ्ना छोरी ज्वाँईका घरमा आएका थिए। तर, ज्वाँईका बुबाले उनीहरुलाई घरबाट निकालेका हुन् । खिमाका सम्धिसम्धिनीले कोरोना भाइरस (कोभिड(१९) ल्याएको भन्दै घरबाट निकालि दिएका थिए । उनीहरूदाई घरबाट निकलेपछि बेलडाँडी गाउँपालिका गन्यापधुरा गाउँपालिका प्रमुख नवल बहादुर मल्लसँग समन्वय गरेर घरसम्म नै पुर्याउने प्रबन्ध मिलाएको छ ।

लकडाउनको समयमा गर्भवतीलाई परामर्श चाहिए यी ३ नम्बरमा सम्पर्क गर्नुहोस्

काठमाडौं । लक डाउनको समयमा गर्भवतीहरुलाई मिडवाईफ सोसाईटी अफ नेपालले फोनमार्फत सेवा दिने घोषणा गरेको छ । सरकारले कोरोनाको त्रासलाई मध्यनजर गर्दै गरेको लकडाउनमा गर्भवती महिलालाई केही समस्या आइपरेको खण्डमा मिडवाईफ सोसाईटी अफ नेपालले फोनमार्फत सेवा दिने घोषण गरेका हो । कुनै पनि गर्भवती महिलाले परामर्श लिनको लागि रुकुमणी त्रिपाठीको नम्बर ९८४९२६३३५०, सबिता खड्काको नम्बर ९८४३२६६११५ र प्रशंसा बुढा लामाको नम्बर ९८२३०९८०३८ मा सम्पर्क गर्न सक्नेछन् ।