मौन महामारीका रुपमा फैलिँदैछ थाइराइड, दम्पत्तिलाई बच्चा जन्माउन सकस

काठमाडौं । काठमाडौंकी सदीक्षा ढुंगाना ६ महिनाकी सुत्केरी थिइन् । छोरा दूध चुस्दै थिए । एक्कासि उनलाई पहिलेको भन्दा फरक अनुभव हुन थाल्यो । चिसो हुने, केही काम नगर्दा पनि थकाइ लाग्ने, झर्को लाग्ने हुन थाल्यो । सुत्केरी हुँदा ६५ केजी तौलको शरीर एक्कासि ९० केजीमा पुग्यो । उनलाई सुत्केरी ज्यान यत्तिकै मोटायो होला भन्ने लाग्यो । तर, अस्वाभाविक तौल बढेपछि उनी अस्पताल पुगिन् । अस्पतालमा जाँच गर्दा थाहा भयो कि उनलाई थाइराइड भएको रहेछ । यो समस्या के हो ? कसरी भयो उनलाई थाहै थिएन । कहिल्यै नाम नसुनेको रोग लाग्यो भन्दा उनी डराइन् । तर, यो विषयमा थाहा भइसकेपछि सामान्य मनस्थितिमा आइन् । तर, ८ वर्ष भयो उनी यो रोगबाट मुक्त हुन सकेकी छैनन् ।   उनी ९ वर्षदेखि थाइराइडको थाइरोनम औषधी खाँदै आएकी छन् । ‘कहिले औषधीको मात्रा बढाउनुपर्छ, कहिले घटाउनुपर्छ,’  उनी भन्छिन्, ‘चिकित्सकले जीवनभर औषधी खानुपर्छ भनेको छ,  म त औषधी खाँदा खाँदा दिक्क भइसकें ।’ उदयपुर गाइघाटकी सरिता दाहालको पहिलो सन्तान छोरा थियो । अर्को सन्तान पाउने चाहनामा उनको दम्पत्ति लागे । तर, लामो समयसम्म पनि सन्तान जन्मेन । उनी जाँच गर्न जाँदा उनलाई थाइराइड भएको समस्या देखियो । उनले चिकित्सकको सल्लाहमा औषधी खाइन् । खानपान, नियमित, औषधी र शारीरिक व्यायमले उनलाई थाइराइड निको भयो । उनले दुई वर्षपछि फेरि अर्को छोरा जन्माएकी छन् ।  थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको आइभीएफ सेन्टरमा कार्यरत चिकित्सक डा. जला थापा थाइराइडको समस्याले बच्चा बस्न गाह्रो हुने बताउँछिन् । उनी कुनैपनि दम्पत्तिले बच्चा जन्माउने योजना बनाउनु अघि थाइराइड जाँच अनिवार्य गर्नुपर्ने बताउँछिन् ।  ‘कतिपय अवस्थामा दम्पतीले बच्चाको प्रयास गरिरहेका हुन्छन् । तर, भइरहेको हुँदैन । हामीकहाँ जाँचका लागि आउँदा थाइराइडको समस्या भएको पाइन्छ, आजभोलि यो समस्या महिला पुरुष दुवैमा देखिने गरिएको छ,’ उनले भनिन् ।   चुपचाप थाक्दै शरीर नेपाली जनस्वास्थ्यमा जटिल रुपमा देखिएको एउटा समस्या हो थाइराइड । अधिकांश नेपाली अहिले थाइराइडबाट पीडित भएका छन् । चिकित्सकहरू अहिले थाइराइड तीव्र रुपमा  फैलिँदै गएको बताउँछन् ।  विशेषगरी मधुमेहबाट प्रभावित र गर्भवती महिला यो समस्याबाट बढी प्रभावित छन् । उपत्यकामात्र होइन उपत्यका बाहिरका अस्पतालमा पनि यो समस्या देखिने गरेको चिकित्सक बताउँछन् । यो समस्या लिएर पहिलेको तुलनामा अहिले संख्या पनि बढेको शहिद मेमोरियल अस्पताल कार्यरत इन्डोक्राइनोलोजिष्ट डा. सुनिल चौधरी बताउँछन् ।  उनी भन्छन्, ‘ल्याबको सुविधा भएर पनि होला, मान्छे सचेत पनि हुन थाले थाइराइड जाँच गराउनेको संख्या बढेपछि यो बाट ग्रसितहरूको संख्या पनि बढेको पाइन्छ, पहिले भन्दा अहिले जाँच गराउनेको संख्या पनि बढको छ ।’ चिकित्सकका अनुसार थाइराईड मुख्यतया दुई किसिमको हुन्छ । एउटा हाइपो थाइराडिज्म, अर्को हाइपर थाइराइडिज्म । हाइपोमा हर्मेन कम निस्कने सम्भावना हुन्छ भने यसको लक्षण फरक हुन्छ  । यस्तै, हाइपर थाइराइडिज्म हर्मोनको उत्पादन बढी हुने गर्छ । यो समस्यामा उपचार भएन भने तौल कम हुँदै जान्छ भने मान्छे सुक्दै जान्छ । यसका साथै मुटुमा ब्रेनमा असर आउँछ भने आँखामा पनि समस्या निम्त्याउँछ ।  हाइपोको समस्यामा भएकाहरूमा भने तौल बढ्दै जाने, थकाइ लाग्ने, अल्छी लाग्ने हुँदै मोटोपना बढ्दै जाने लक्षण देखा पर्छ ।  डा. चौधरी दुवै समस्याको लक्षण मात्र नभइ उपचार समेत फरक–फरक हुने गरेको बताउँछन् ।  चौधरी कार्यरत कलंकीमा रहेको शहीद मेमोरियल र कुपोण्डोलमा रहेको मधुमेह तथा थाइराइड उपचार केन्दमा पनि यो थाइराइडको समस्या भएको व्यक्तिको संख्या धेरै आउने गरेको छ । थाइराइडको समस्या नेपालमा मात्र होइन विश्वभर बढ्दै गएको छ । यसमा जैवीक, सामाजिक पर्यावरणीय र जीवनशैलीका कारण विश्वमै बढ्दै गएको विज्ञहरू बताउँछन् ।  कतिपय व्यक्तिमा अत्याधिक आयोडिनको प्रयोग र कतिपयमा यसको कमीले थाइराइड देखिने भएकाले चिकित्सकहरू आयोडिनको असन्तुलित सेवनले यो समस्या देखिने गरेको बताउँछन् । पछिल्लो समय व्यक्तिको बदलिँदो खानपान र जीवनशैलीले पनि यसको बढावामा टेवा पुर्याइरहेको छ ।  फास्ट फुड, प्रोसेस्ड फुडले मेटाबेलोजिममा असर पर्दा पनि यो समस्या भइरहेको हुन्छ भने सेलेनियम, जिंक आइरन  जस्ता माइक्रोन्युट्रियन्टको कमीले हर्मोन उत्पादनमा अवरोध गर्दा यो समस्या हुन्छ । महिलाहरूमा हर्मोनको असन्तुलन, वातावरणीय प्रदूषण र रसायनको प्रभावले पनि यो समस्या देखिने चिकित्सकहरू बताउँछन् ।   महिलामा बढी असर  थाइराइडको समस्या पुरुषको तुलनामा महिलामा आठ गुणा बढी देखिने गरेको छ । बैज्ञानिक कारण स्पष्ट नभएपनि महिलामा थाइराइडको समस्या बढी देखिने गरेको छ । डा. चौधरी हर्मोनको असन्तुलनका कारण यो समस्या महिलामा बढी हुने बताउँछन् । महिलाहरुमा गर्भवती, महिनावारी, सुत्केरी अवस्थामा आउने हर्मोन गडबढीले यो समस्या बढी महिलामा हुने गर्छ ।  उनी भन्छन्, ‘पुरुषहरूको तुलनामा महिलाको शरीर हर्मोनको मामलमा ज्यादा संवेदनशिल हुन्छ, थाइराइडको समस्याबाट हर्मोन उत्पादनमा गडबढ हुने भएकाले त्यसको असर महिलाहरूको शरीरले तत्काल देखाइहाल्छ ।’  यसका साथै वातावरणी प्रभावले पनि महिलामा थाइरायिडको समस्या बढी हुन्छ ।  शरीरमा हुने स्ट्रोजन र प्रोजेस्ट्रोन हर्मोनको स्तर बद्लिदा थाइराइड हर्मोनको सन्तुलनमा गडबढी हुन्छ ।  एकिन तथ्यांक छैन नेपालमा अधिकांश नेपालीको समस्या थाइराइड भएपनि यो समस्याबाट कति नेपाली पीडित छन् भन्ने एकिन तथ्यांक पाइँदैन । विभिन्न स्वास्थ्य संस्थाले गरेका अध्ययनले अवस्था डर लाग्दो देखाउँछ । एक वर्ष पहिले समुदायमा आधारित गरेको एक अध्ययनले करिब ४.३२ जनसख्या यो समस्याबाट प्रभावित भएको देखाएको छ । यसमा पनि पुरुष भन्दा महिलाको दर बढी देखिएको छ ।   जसमा ७२.४१ प्रतिशतमा सवक्लिननिक हाइपो थाइरायडिज्म अर्थात थाइराइड ग्रन्थीले सामान्यभन्दा कम कम हर्मोन उत्पादन गरिरहेको हुन्छ तर लक्ष्ण स्पष्ट देखिएको हुँदैन । १३.७ मा प्राथमिक हाइपो थाइरायडिज्म देखिएका १३.७ हाइपर थाइरायडिज्म पाइएको थियो । पूर्वी नेपालमा गरिएको एक अध्ययनले ३९ प्रतिशत बिरामीहरूमा कुनै न कुनै प्रकारको थाइराइडको विकार भएको देखाएको थियो । जसमा १६.४९ प्रतिशत स्पष्ट रुपमा हाइपो थाइराइडिज्म, १६.६ प्रतिशतमा सबक्लिनिक हाइपो थाइराइडिज्म,४.०४ प्रतिशतमा हाइपर थाइरायडिज्म र २.९ प्रतिशतमा सबक्लिनिकहाइपर थाइरायडिज्म भएको पाइएको थियो । यस्तै सूदूरपश्चिममा गरिएको एक अध्ययनले २४.८ प्रतिशतमा थाइराइडको समस्या भएको देखाएको छ । जसमा १४.९ प्रतिशतमा हाइपर थाइराइडिज्म र ९.९ मा बक्लिनिक हाइपर थाइरायडिज्म रहेको देखाएको छ । यो तथ्यांकले पनि नेपालमा थाइराइड एक जनसंख्याको जोखिमका रुवपमा रहेको देखाएको छ । यि बाहेक विभिन्न स्वास्थ्य संस्थाले आ आफ्नो संस्थामा गरेको अध्ययनले पनि अवस्था डर लाग्दो देखाएको छ । के हो थाइराइड ? थाइराइड मानव शरीरमा हुने एउटा ग्रन्थी हो । यो हाम्रो घाँटीको बीचमा पुतली आकारको हुन्छ ।  दायाँ बायाँ हुने ग्रन्थीलाई मासुले जोडेको हुन्छ । यसले हर्मोन निकाल्ने भएकोले ग्रन्थी भनिएको हो ।  यसले शरीरमा दुर्य किसिमको हर्मोन उत्पादन गर्छ एउटा टी थ्री, अर्को टी फोर । यी हर्मोनले शरीरको मेटाबोलिज्म अर्थात ऊर्जा उत्पादन, शरीरको तामान, मुटुको गती, पाचन प्रर्णालीदेखि मस्तिष्कको विकास र मासिक चक्रलाई नियन्त्रीत गर्छ । गो ग्रन्थी आफै सक्रिय हुँदैन ।  टाउकोमा रहेको पिटुयुटरी ग्रन्थीले टीएसएच हर्मोन उत्पादन गर्छ ।  यसले थाइराइड ग्रन्थीलाई टी थ्री र टी फोर उत्पादन गर्न सन्देश दिन्छ । यदि टी थ्री टी फोर कम भयो भने टीएसएच बढ्छ, यदि धेरै भयो भने आयो भने टीएसएच घट्छ  । टी थ्री र टी फोर हर्मोनले शरीरमा हुने क्रियाकलापलाई नियन्त्रण गर्छ ।   यो समस्या भएका बिरामीहरूको घाँटी दुख्दै जान्छ । एउटा ग्रन्थीले उत्पादन गर्ने  टी थ्री र टी फोर  हर्मोनको काम एउटै हो । दुई किसिमको हुने थाइराइडको उपचार पनि अलग अलग हुन्छ ।  उपचार नहुँदा यसले जोखिम निम्त्याउँछ भने मानिसक असुन्तलन पनी हुन्छ । हाइपरलाई उपचार नगर्दा मुटुको धड्कन बढ्दै जाने हुन्छ ।  नेपालमा थाइराइड रोग सरकारी स्वास्थ्य प्राथमिकताको रुपमो खासै परेको पाइँदैन । तर, यससँग सम्बन्धीत केही पहल भनेको भएको छ । थाइराइड  आयोडिनको कमीले लाग्ने भएकोले सरकारले आयोडिन नुन कार्यक्रम सञ्चालन गरेको छ । पहिले ढिके नुनको प्रयोग गरिरहेका अधिकांश नेपाली अहिले आयोडिन नुनको प्रयोग गर्न थालेका छन् । चिकित्सकहरू यो पनि थाइराइड रोकथामको एक कदम भएको बताउँछन् ।  तर, जनस्वास्थ्यका कार्यक्रमहरुमा भने थाइराइड परीक्षण छुटेको छ । प्राथमिक स्वास्थ्यकेन्द्रमा समेत थाइराइड परीक्षणको सुविधा छैन । भएका निजीर सरकारी अस्पतालमा पनि थाइराड जाँच महंगो पर्छ । निजी अस्पतालहरूले थाइराइड जाँचको लागिमात्र पाँच सयदेखि ८ सयसम्म शुल्क लिने गर्छन् ।  जनस्वास्थ्य विज्ञ भन्छन्, ‘नेपालमा थाइराइड जाँच अझैपनि लक्जरी टेस्ट जस्तो देखिन्छ । जब कि यो बेशलाईन स्वास्थ्य सेवा हुनुपर्ने हो ।’ थाइराइड जनस्वास्थ्य समस्या हो तर नेपालको नीतिमा अझै प्राथमिकतामा परेको छैन ।     

गण्डकी सरकारको पहलमा प्रदेशभर १३ अस्पताल स्तरोन्नति, आर्थिक भार नपर्ने

गण्डकी । गण्डकी प्रदेश सरकारले प्रदेशका नौ वटा अस्पताल स्तरोन्नति गर्ने निर्णय गरेको छ । सोमबारको प्रदेश मन्त्रिपरिषद् बैठकले ती अस्पतालको दरबन्दी र शय्या सङ्ख्या निर्धारण गरी स्वीकृत गरको हो । स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकका अनुसार प्रदेश सरकारले यसअघि दुई आयुर्वेद अस्पतालसहित चार अस्पताल स्तरोन्नति गरेको छ । स्तरोन्नति गरिएका १३ वटै अस्पतालको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) पनि स्वीकृत भइसकेको छ । तेह्रवटै अस्पतालमा करारमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीको तलबभत्ता अस्पतालको आन्तरिक स्रोतबाटै भइरहकामा दरबन्दी थप गर्दा मन्त्रालयलाई अतिरिक्त आर्थिक भार पर्ने छैन । बागलुङस्थित धवलागिरि प्रादेशिक अस्पतालमा स्वीकृत शय्याको सङ्ख्या एक सय पुगेको छ । यसअघि उक्त अस्पतालमा स्वीृकत शय्याको सङ्ख्या ५० थियो । कास्कीस्थित मातृशिशु मितेरी र जनरल तथा सरुवा रोग अस्पतालको शय्या सङ्ख्या २५ बाट ५० पुर्याइएको छ । नवलपुरको मध्यविन्दु प्रादेशिक अस्पताललाई १५ बाट एक सय, प्रदेश अस्पताल मुस्ताङ र मनाङलाई १५ बाट २५, पर्वत, स्याङ्जा र तनहुँको दमौली अस्पताललाई १५ बाट ५० शय्यामा स्तरोन्नति गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेश अस्पताल बुर्तिबाङमा ५० र प्रदेश अस्पताल आँपपिल गोरखामा १५ बाट २५ शय्या पुर्याइएको छ । बागलुङस्थित धवलागिरि आयुर्वेद अस्पताल, कास्कीस्थित गण्डकी आयुर्वेद अस्पतालमा २५ शय्याको व्यवस्था हुनेछ । प्रदेश अस्पताल गोरखा, लमजुङ र म्याग्दी यसअघि नै ५० शय्यामा सञ्चालित छन् । प्रदेश सरकारले गोरखाको आँपपिपल र बागलुङको बुर्तिबाङ अस्पताल सञ्चालन गरिरहेको छ । यसै वर्ष कास्कीस्थित गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धवलागिरि आयुर्वेद अस्पताललाई पनि अन्तरङ्ग सेवासहित २५ शय्याको सुविधायुक्त आयुर्वेद अस्पतालका रुपमा स्तरवृद्धि गरिएको हो । हाल ती अस्पतालको वार्षिक आम्दानी ६६ करोड रहेको मन्त्री पाठकले बताए। नयाँ व्यवस्था अनुसार हरेक अस्पतालले आफ्नो आम्दानीको १५ प्रतिशत रकम अस्पताल सुदृढीकरण कोषमा छुट्याउनुपर्ने छ । कोषको रकम प्रदेश अस्पताल र स्थानीय स्वास्थ्य संस्थाको सुदृढीकरणमा खर्च गर्न नयाँ व्यवस्था भएको हो । रासस

मनसुनअघि महामारी रोकथामका लागि स्वास्थ्यमन्त्री पौडेलका ६ निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् शुरु हुनु अघि नै आवश्यक पूर्व तयारी तथा रोकथामका लागि तयारी थालेको छ । वर्षायाम शुरु हुने बेला विभिन्न संक्रमण, रोग तथा महामारी देखिने सम्भावना भएकाले समयमै पूर्व तयारी प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी बैठक राखेर समयमै प्रतिकार्य तथा रोकथामका लागि विभिन्न छ निर्णय गरेका हुन् ।  मन्त्री पौडेलले स्वास्थ्य अधिकारीहरुसमक्ष विपद् आइ सके पछि मात्र तात्ने परम्परा रोक्न समयमै सम्भावित समस्या पहिचान गरेर तयारीका साथ महामारीको स्थिती नियन्त्रणबाट बाहिर जान नदिनका लागि आवश्यक सबै सहयोगका लागि आफू तयार रहेको बताएका थिए ।  सोहीअनुसार विपद् प्रतिकार्य तथा महमामारी नियन्त्रणमा संलग्न स्वास्थ्य अधिकारीहरुसँग मन्त्री पौडेलले डाकेको बैठकले पूर्व तयारीको काम थालिहाल्ने निर्णय गरेको हो । अब महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार सम्भावित महामारी हुने स्थानको पहिचान गरी सरसफाई र शुद्ध पानीको प्रयोग र व्यवस्थापनका लागि आवश्यक तयारी गर्नेछ ।  साथै, शुद्ध पानीको प्रयोगका लागि स्थानीय तहसम्मै प्रभावकारी सूचना सामग्री सम्प्रेषणका लागि समेत राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले काम थाल्नेछ ।  मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तहका द्रुत प्रतिकार्य समूहसँग भर्चुअल बैठक गरेर आवश्यक जानकारी संकलन तथा तयारी अघि बढाउनेछ । महाशाखाले सातै प्रदेशमा स्वास्थ्यजन्य विपद् नियन्त्रणका लागि तालिमप्राप्त व्यक्तिको विवरण अद्यावधिक गरेर आवश्यकताअनुसार खटाउने व्यवस्था गर्नेछ । यसैगरी, राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र तथा राष्ट्रिय/प्रादेशिक स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रसँग आवश्यक समन्वय गरी आवश्यक तयारी तथा प्रतिक्रियाका कामहरु समेत अघि बढाइने भएको छ ।  मन्त्री पौडेलको प्रतिबद्धताअनुसार संक्रामक रोग ऐन २०२० लाई बदलिंदो परिस्थिती तथा आवश्यकताअनुसार संसोधन गर्नका लागि समेत स्वास्थ्य सेवा विभागले एक साताभित्र आवश्यक तयारी गरेर मन्त्रालयमा पेश गर्ने समेत बैठकले निर्णय गरेको छ ।