कोरोना सङ्क्रमित ६५ वर्षीया वृद्धा भन्छिन्, ‘मेरो आत्मबल नै कडा छ’

काठमाडाैं । बागलुङ नगरपालिकाकी ६५ वर्षीया महिला नेपालबाट कान्छी छोरी भेट्न गत फागुन १४ गते बेल्जियम पुगेकी थिइन्। ती महिलाको एक महिना जति उतै घुम्ने रहर थियो भने छोरीको पनि धित मरुञ्जेल आमालाई घुमाएर नेपाल फर्काउने चाहना थियो। तर, विदेश पुगेको दुई सातामा नै चीन हुँदै विश्वभरि कोरोनाभाइरसको सङ्क्रमण बढ्न थाल्यो। धित मर्ने गरी घुम्ने घुमाउने चाहना थाती राखेर उनले नेपाल फर्किने सोच बनाइन् र तत्कालै नेपाल फर्किइन् पनि। कोरोनाभाइरस सङ्क्रमणको डरले घर त आइन् तर भाइरसले पछ्याउँदै घरसम्मै आइपुगेको उनलाई पत्तो भएन। गत चैत्र २० गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्वाब परीक्षणमा पोजिटिभ रिपोर्ट आयो अर्थात् आफूमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको समाचार आयो। सुरुमा पत्यार लागेन, तर नपत्याउने आधार पनि बाँकी रहेन। कसरी सर्‍यो सङ्क्रमण? झण्डै २०/२२ वर्षदेखि दमको रोगी समेत रहेकी उनी बेल्जियमबाट दोहा हुँदै कतार एअरवेजको क्यूआर ६५२ नम्बरको फ्लाइटमा नेपाल आएकी थिइन्। उनीसँगै एउटै विमानमा आएकी बागलुङ नगरपालिकाकै १९ वर्षीया किशोरीलाई कोरोनाभाइरस सङ्क्रमण भेटिएपछि ती ६५ वर्षीया महिलाको पनि स्वाब परीक्षण गरिएको थियो। त्यसबेलासम्म उनमा सङ्क्रमणको कुनै लक्षण समेत थिएन। तर, परीक्षणका क्रममा पोजेटिभ देखिएपछि अर्की किशोरीसहित उनी यही चैत २० गतेदेखि धौलागिरी अञ्चल अस्पतालको आइसोलेशन कक्षमा उपचाररत छिन्। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्। सङ्क्रमणको डर चैत ४ गते काठमाडाैं उत्रिएपछि उनलाई ज्वाईँ लिन एअरपोर्टमा पुगेका थिए। काठमाण्डाैंबाट यति एअरलाइन्सको उडानबाट पोखरा ओर्लिएपछि जीपमा यसअघि सङ्क्रमित भेटिएकी युवतीसँगै बागलुङसम्म उनीहरू आइपुगेका थिए। आएको दिन उनी छोरीको घरमा बसिन्। अर्को दिन घरमा पुगिन्। घरमा बस्दा गाउँका केही मानिस र बालबालिका पनि उनलाई भेट्न घरमा पुगेका थिए। उनीहरूलाई चकलेट पनि बाँडेको बताईन्। अस्पतालमा उपचाररत उनलाई रुघाखोकी, ज्वरो आउने कुनै पनि समस्या देखिएको थिएन। त्यसैले उनलाई सङ्क्रमण भएको अनुभव नै नभएको बताउँछिन्। उनी भन्छिन्, “मलाई कुनै लक्षण नै देखिएको थिएन, पहिलेदेखि नै दमको रोगी भएकाले यो रोग लागेपछि मर्छु की भन्ने चिन्ता नै छैन।” पहिले दम बढेर बस्न खान नहुने अवस्थामा अहिले बरु ठीक भए जस्तो भएको उनको अनुभव छ। “अस्पतालमा बसेको भएपनि मैले कुनै औषधी खाएकी छैन,” उनी भन्छिन्। “मेरो आत्मबल नै कडा छ, रोग लागेको छ भन्ने विश्वास नै छैन। आत्मबल भएकालाई त यो रोग पनि लाग्दो रहेनछ,” उनले थपिन्। बीबीसीबाट

कोरोना संक्रमितलाई के कस्तो औषधी दिएर उपचार गरिदैछ नेपालमा ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट हाल सारा संसार आक्रान्त भैरहेको छ । नेपालमा पनि गत १० माघमै कोभिड १९ को पहिलो संक्रमण देखिएको थियो । नेपालमा संक्रमितको संख्या यो समाचार तयार पार्दासम्म ९ पुगेको छ । पछिल्लो केही दिनयताको तथ्यांकले संक्रमण बढ्दो क्रममा रहेको संकेत गर्छ । नेपालमा पुष्टी भएका ९ जना संक्रमितमध्ये १ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने बाँकी ८ जनाको अस्पतालमा उपचार भैरहेको छ । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सरकारी अधिकारीहरुले बताएका छन् । नेपालमा हालसम्म कोरोनाको संक्रमणका कारण कसैको पनि मृत्यु भएको पुस्टी भएको छैन । संसारभरको तथ्यांक हेर्ने हो भने पनि करिब ११ लाख संक्रमित हुँदा ५५ हजारभन्दा बढीको मृत्यु तथा करिब २ लाख ५० हजारको उपचारपछि निको भएका अहिलेसम्मको तथ्यांकले देखाउँछ । तर, कोरोना भाइरसको औषधी भने हालसम्म पत्ता लागेको छैन । औषधी बनाउनको लागि संसारभरका हजारौँ बैज्ञानिकहरु दिनरात अनुसन्धान गरिरहेका छन् । तर हालसम्म कुनै ठोस निस्कर्षमा पुग्न नसकेको समाचारहरु आइरहेका छन् । कोरोना संक्रमितको उपचारको लागि हरेक देशले आआफ्नै उपचार पद्दति अपनाएका छन् । कोरोना भाइरस विरुद्धको औषधी वा कोरोना संक्रमण विरुद्ध खोप वा औषधी पत्ता नलागे पनि विश्वभर यो संक्रमण भएर प िनिको हुनेहरुको संख्या ठूलो छ । अधिकांश देशले संक्रमितको उपचार खर्च राज्यको तर्फबाट नै बेहोरेका छन् । औषधी उपचारको व्यवस्था राज्यले नै मिलाएको छ । नेपालमा कसरी भइरहेको छ उपचार ? हालसम्म नेपालमा देखापरेका संक्रमण त्यस्तो गम्भीर प्रकृतिको नभएको, ज्वरो, खोकी जस्ता साधारण समस्या मात्र देखिएकाले पारासिटामोल लगायतका सामान्य औषधीबाट उपचार भैरहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीे बताउँछन् । संक्रमितलाई भाइरसको कारण हुनसक्ने सेकेन्डरी इन्फेक्सनबाट बच्नका लागि केही एन्टिवायोटीकहरु समेत प्रयोग गरिएको, हालसम्म कोरोनाको संक्रमणका कारण भेण्डिलेटरमा उपचार गर्नुपर्ने अबस्था नआएको, ओसेल्टामिभेर, रिटोनाभेर जस्ता एन्टिरेट्रो भाइरलहरु समेत लक्षण तथा सरुवाको रोग प्रतिरोधात्मक क्षमता बृद्धीको लागि प्रयोग गर्ने गरिएको छ । अन्य केही मुलुकमा प्रयोगमा रहेको हाइड्रो अक्सीक्लोरोक्विनको घातक साइडइफेक्ट रहेको कारण प्रयोगमा नरहेको र कोरोना उपचारको लागि नेपालमा आफ्नै गाइडलाइन तयार गरेर देशैभर समान उपचार पद्धति लागू गरिएको डा. राजभण्डारीे बताउँछन् । त्यस्तै युनिभसिर्टी अफ नटिङ्गमका भाइरोलोजिस्ट प्रा. जोनाथन वाल्ट जर्नलमा लेख्छन् ‘कोरोना भाइरसको सटिक औषधी नबन्दासम्मका लागि उपचारको उपलब्ध बिकल्प भनेको लक्षणको आधारमा गरिने उपचार नै हो । स्वासप्रस्वासमा समस्या उत्पन्न भए अक्सिजन मास्क तथा कृत्रिम स्वासप्रस्वास (भेन्डिलेटर) को प्रयोग, अस्थिर रक्तचापको लागि इन्ट्राभेनस ट्रिप, पखालाको लागि पुनर्जलीय उपचार तथा दुखाइ अत्याधिक भए पेनकिलरको प्रयोग गरिने उपचार नै हो । अन्ततः भाइरससँग लड्ने तथा भाइरसलाई हराउने भनेको मानव शरीरले नै हो ।’ अव प्रश्न उठ्न सक्छ कि लक्षणको आधारमा उपचार हुने तथा भाइरसलाई मानव शरीरले नै हराउने गर्दछ भने कोरोना बिरुद्धको औषधी किन आवस्यक पर्यो त ? त्यसको लागि हामीले यो बुझ्न आवश्यक छ कि लक्षणको आधारमा गरिने उपचार शतप्रतिसत सफल छैन । कोरोना संक्रमणको फैलावट अत्यन्त तीब्र छ । तथ्यांकलाई नै हेर्दा २ लाख ५० हजारको उपचार पश्चात निको हुँदा ५५ हजारभन्दा धेरैको मृत्यु भैसकेको छ । त्यसैले कोरोना बिरुद्धको औषधी अत्यावश्यक छ ।

सुदुरपश्चिममा लकडाउनलाई थप कडाई गर्ने

काठमाडौं । सुदुरपश्चिम सरकारले लकडाउनलाई थप कडाइने गर्ने भएको छ । कोरोना भाइरस (कोभड- १९) को संक्रमण बढ्दै गएपछि आज बसेको मुख्यमन्त्रीकाे अध्यक्षतामा काेराेना नियन्त्रण, व्यवस्थापना तथा समन्वय निर्देशक समितिकाे बैंठकले सो निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता तथा कानुन मन्त्री प्रकाश शाहले सुदुरपश्चिममा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि लकडाउन थप प्रभावकारी बनाउन खोजिएको बताए । हालसम्म नेपालमा ९ जनामा  कोरोना भाइरसको पोजेटिभ देखिएको छ भने सुदुरपश्चिमकाे मात्र  ४ जना संक्रमित रहेका छन् । आज मात्रै ३ जनामा भाइरस देखिएको पुष्टि भईसकेको छ । प्रदेश नं. सातमा मुख्यमन्त्रीकाे अध्यक्षतामा आज बसेको काेराेना नियन्त्रण, व्यवस्थापना तथा समन्वय निर्देशक समितिकाे बैंठकले गरेका यस्ता छन् निर्णयहरू :