नर्भिक अस्पतालद्धारा स्वास्थ्य मन्त्रालयलाई ६० लाख बराबरको स्वास्थ्य सामाग्री सहयाेग
काठमाडौं । नर्भिक अस्पतालले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६० लाख बराबरको स्वास्थ्य सामाग्री सहयाेग गरेकाे छ । अस्पताल अध्यक्ष वसन्त कुमार चौधरीले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई ६० लाख बराबरको स्वास्थ्य जन्य सामाग्री सहयाेग गरेका हुन् । स्वास्थ्य सामाग्रीमा एन ९५ मास्क दुई हजार थान, थ्रि प्लाई सर्जिकल मास्क ४८ हजार थान र पिपिई, गाउन, फेस सिल्ड, डिस्पोजेबल क्याप र ग्लोबस सहितको एक हजार थान क्मपिल्ट मेडिकल सेट रहेको मन्त्रालयले जनाएको छ । वसन्त चौधरी फाउन्डेसनले सरकारको कोरोना कोषमा सहयोग स्वरुप ५० लाख प्रदान गरिसकेको छ । फाउन्डेसनले र अस्पतालले कोरोनाको त्रास बढेसँगै एक करोड सहयोग गर्न घोषण गरेको थियो । यस्तै, चौधरीले सरकारको आह्वान बमोजिम अस्पतालमा उपचाररत बिरामीहरुलाई २०७६ चैत मसान्तसम्मको बिलमा २० प्रतिशत छुट दिने पनि निर्णय गरेका बताएका छन् । अस्पतालले कोभिड १९ को उपचारमा फिभर किल्निक र आईसोलेसनमा निशुल्क उपचार हुने व्यवस्थाको गरेको चौधरील बताए । उक्त सामाग्री आवश्यकता अनसार आजै बागलुङ, पोखरा, बुटवल, धनगढी पठाईने र अन्य ठाउँमा पनि चाँडै पठाउने मन्त्रालयले जनाएको छ ।
अब बिरामी रिसिभ सेना र स्वास्थ्यकर्मीले गर्ने
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले सँगै संकटको अवस्थामा बिरामी रिसिभ गर्ने जिम्मा नेपाली सेना र स्वास्थ्यकर्मीलाई दिने निर्णय गरेकाे छ । काेराेना भाइरसकाे संक्रमण तथा शंका लागेका व्यक्तिकाे रिसिभ अब सेना र स्वास्थ्यकर्मीले गर्ने भएका हुन् । यस्तै, स्वास्थ्य सामग्री खरिद सरकारले गर्ने भएकाे छ । अब सरकार टु सरकार मार्फत सामान खरिद हुनेछ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको उच्चस्तरीय समिति बैठकले स्स्थ्य सामग्री प्रतिस्पर्धामार्फत खरिद गर्ने र अपुग भएमा सरकाररले सोझै खरिद गर्ने निर्णय गरेको हो। यस्तै, समितिले अहिले निर्धारण गरिएका क्वारेन्टाइन र राहतको मापदण्डलाई परिमार्जन गर्ने निर्णयसमेत गरेको छ। समितिले १४ दिनसम्म क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण भएपछि मात्रै घर जान दिने निर्णय गरेको छ।
सरकारले काेराेना राेकथामका लागि देशभर ५० हजार स्वास्थ्य स्वयंसेविका खटाउने
काठमाडाैं । सरकारले काेराेना राेकथामका लागि देशभर ५० हजार स्वास्थ्य स्वयंसेविका खटाउने निर्णय गरेकाे छ । विश्वभर फैलिरहेकाे काेराेना भाइरस (काेभिड १९) काे राेकथाम तथा नियन्त्रण गर्नकाे लासग सरकारले ग्रामीण स्वास्थ्य स्वयंसेविका खटाउने निर्णय गरेको हाे । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो ।