अब निजी प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने

काठमाडौं । अब निजी प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने भएका छन् । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले निजी प्रयोगशालाहरुले पनि कोरोना परीक्षण गर्न पाउने बताएका हुन् । निजी प्रयोगशालाको यसको लागि स्वास्थ्य मन्त्रालयसँग संम्पर्क गर्नुपर्ने बताएका छन् । हालसम्म सरकारी स्तरले मात्र कोरोना परीक्षण गरिरहेकोे थियो ।

नेपालमा कोरोना संक्रमितकाे संख्या ५२ पुग्यो

काठमाडौं । झापामा आइतबार साँझ थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५२ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ५० वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो। नेपालमा आइतबारसम्म काेराेना जितेर घर फर्किनेकाे संख्या १६ रहेकाे छ ।  हाल देशभर १७ हजार २५ जना क्वारेन्टीनमा रहेका छन् भने आइसाेलेसनमा १ सय १० रहेका छन् । हालसम्म नेपालमा  पिसिआर र आरडिटी विधिबाट ५१ हजार ३ सय ६६ वटा परीक्षण भएकाे छ ।

जहाँको ‘हाछ्यूँ’ बाट कोरोना संक्रमण शुरु भयो त्यहाँका सबै संक्रमित डिस्चार्ज

काठमाडौं । चाइना नेशनल हेल्थ कमिशनका प्रवक्ता मि फेंगले भनेका छन् कि वुहानमा कोरोना भाइरसबाट संक्रमित कुनै पनि विरामीहरु अस्पतालमा बाँकी छैनन् । सबैलाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको छ । वुहान चीनको त्यही शहर हो, जहाँबाट कोरोना भाइरसको संक्रमण शुरु भएको थियो । ‘स्वास्थ्यकर्मीहरुको कडा मेहनतको परिणाम बुहानमा भर्ना गरिएका सवै संक्रमित निको भएका छन्,’ मिले भनेका छन् । वुहानमा गत शनिवारसम्म संक्रमितहरुको कूल संख्या ४६ हजार ४ सय ५२ थियो । भनिँदैछ कि वुहानको ‘हाछ्यूँ’ बाट नै सारा दुनियाँमा महामारी फैलियो । अब यसै शहरका सवै संक्रमित निको भएर अस्पतालबाट बाहिर आएका छन् । संक्रमण फैलिएपछि चीनको हुबे प्रान्तको यो शहर ७६ दिनसम्म पूर्ण रुपमा बन्द गरिएको थियो । त्यहाँ पहिलो संक्रमित गत डिसेम्वरको मध्यतिर फेला परेका थिए । (श्रोतः बीबीसीडटकम)