कोरोना हेल्प डेस्कमा तोडफोड

काठमाडौं । कोरोना भाइरस चेकजान गर्न स्थापना भएको हेल्प डेस्कमा तोडफोड भएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंबर २ मा रहेको कोरोना हेल्प डेस्कमा तोडफोड भएको हो । गाउँपालिकाको शिखरकटेरीमा रहेको हेल्पडेक्स तोडफोड भएपछि प्रहरीले तोडफोडको आशंकामा दुईजनालाई पक्राउ गरेको छ ।

चीनमा फेरि बढ्यो संक्रमण, पहिलो पल्ट मृत्यु रोकिएपछि फेरि भयो शुरु

काठमाडौं । चीनमा सोमवारका दिन कोरोना भाइरसको संक्रमणबाट पहिलोपल्ट कुनै मृत्यु भएको थिएन । तर मंगलवार भने फेरी मृत्यु शुरु भयो । संक्रमणका मामलाहरु पनि बढेका छन् । चीनको नेशनल हेल्थ कमिशनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका ६२ नयाँ मामलाहरु अगाडि आएका छन् । यस बाहेक १३७ यस्ता मामला छन् जसको कुनै स्पष्ट लक्षण छैन । यो अघिल्लो दिनको तुलनामा धेरै हो । सोमवार कोरोना भाइरस संक्रमणका नयाँ मामलाहरु ३२ थिए र स्पष्ट लक्षण वाला मामलाहरु चाहिँ मात्र ३० थिए । चीनमा मंगलवार कोरोना भाइरसका कारण दुई जनाको मृत्यु भयो जबकि सोमवार पहिलो पल्ट मृत्युको कुनै घटना भएको थिएन । साइघाईमा एक जनाको र हूबे प्रान्तमा अर्को मृत्यु भएको भयो । हूबे प्रान्तमै वुहान शहर पर्दछ जहाँबाट पहिलोपल्ट कोरोना भाइरसको मामला अगाडि आएको थियो । (बीबीसी हिन्दीबाट)

लोमस फर्मास्युटिक्लले बनायो स्यानिटाईजर, घरघरमा पुर्याउने तयारी

काठमाडौं । लोमस फर्मास्युटिक्ल कम्पनीले ह्याण्ड स्यानिटाईजरको उत्पादन गरि बजारमा पठाउन सुरु गरेको छ । कम्पनीले स्यानिटाईजर उपभोक्ताको घरघरमा पुर्याउन अनलाइन बिक्रेतासगँ छलफल गरिरहेको जानकारी दिएको छ । केही दिन पछि कम्पनीले उत्पादन गरेको ह्याण्ड स्यानिटाईजर घरघरमा पुर्याउने पनि कम्पनीले जानकारी दिएको छ । विश्वमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि लोमस फर्मास्युटिक्लले डब्लुएचओको मान्यता अनुसार स्यानिटाईजर उत्पादन गरेको बताएको छ । सो फर्मास्युटिक्लले ह्याण्ड एक्स नामक स्यानिटाईजर बजारमा ल्याएको हो । कम्पनीले दैनिक १० हजार बोटल उत्पादन गरिरहेको छ । लोमस फर्मास्युटिक्लले उत्पादन गरेको सय एमएलको स्यानिटाईजरको बजार मूल्य १ सय ५० रुपैयाँ तोकेको छ । नेपाल सरकारका सबै सम्बन्धित निकायबाट अनुमती लिएर कम्पनीले उत्पादन सुरु गरेको हो ।