कोरोना अपडेटः निको हुनेको संख्या ७ लाख १७ हजार नाध्यो
काठमाडौं । आज विहानसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २६ लाख ३७ हजार ६ सय ७३ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ८४ हजार २ सय १७ जनाको मृत्यु भइसकेको छ भने ७ लाख १७ हजार ६ सय २५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ४७ हजार ६ सय ७६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ८ लाख ४८ हजार ९ सय ९४ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २१ हजार ३ सय ७० पुगेको छ भने अहिलेसम्म ६८१ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ४५ जना संक्रमित भएका छन् भने ७ जना निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार: वल्डोमिटर)
थप दुई जना पुरुष कोरोना मुक्त, नेपालमा निको हुनेको संख्या ७ पुग्याे
काठमाडौं । नेपालमा थप दुई कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ७ पुगेको छ । बुधबार कोरोना संक्रमित दुई पुरुषहरु निको भएर एकजना घर गईसकेको र दोस्रो डिस्चार्जको तयारीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् । कैलालीको सेती प्रादेशीक अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र शुक्रराज ट्रपिकल अस्पतालमा उपचाररत ३२ वषिर्य पुरुष कोरोना मुक्त भएका हुन् । कैलालीका पुरुष १९ दिनपछि निको भएर घर गएका छन् भने शुक्रराजका ३२ वर्षिय पुरुष २९ दिनपछि निको भएर डिस्चार्ज हुने क्रममा रहेको देवकोटाले बताए । १४ चैतमा भारतबाट ब्रह्मदेवव हुँदै नेपाल आएका कैलालीका पुरुष क्वारेन्टाइनमा बसेका थिए । २२ चैतमा र्यापिड टेस्टमा पोजिटिभ देखिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । यस्तै ३२ वर्षिय धादिङका पुरुष दुबईबाट आएका थिए । उनलाई चैत १२ गते कोरोना पोजेटिभ देखिएको थियो । टेकु अस्पतालबाट नै यसअघि दुईजना, धनगढीस्थित सेती अस्पतालबाट दुई जना र बाग्लुङस्थित धौलागिरी अस्पतालबाट एक जना डिसचार्ज भएर घर गइसकेका छन्। हालसम्म नेपालमा काेराेना लागेर कसैकाे मृत्यु भने भएकाे छैन। नेपाल हाल काेराेना संक्रमणकाे दोस्रो चरणमा छ । बुधबारसम्म नेपालमा काेराेना संक्रमितकाे संख्या ४५ पुगेकाे छ ।
कोरोनाको ३ नयाँ संक्रमित थपिए
काठमाडौं । कोरोनाको ३ नयाँ संक्रमित थपिएका छन् । काभिड-१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख डा. विकास देवकोटाले कोरोनाको ३ नयाँ संक्रमित थपिएकाे बताएका हुन् । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ३ जनाकाे नतिजा पाेजेटिभ अाएकाे हाे । तीनैजना संक्रमित २४, ६० र ७२ वर्षिय पुरुष रहेकाे उनले जानकारी दिए। हिजाेमात्र एकैदिनमा उदयपुरका ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको थियाे । यहीसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४५ पुगेकाे छ जसमा ७ जना निकाे भएर घर गइसकेका छन् ।